
एनपीएलमा जनकपुर बोल्ट्सको अर्को जित, पोखरा लगातार दोस्रोपटक पराजित
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आइतबार सम्पन्न खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको छ । जनकपुरले दिएको १४८ रनको लक्ष्य पछाएको पोखराले २० ओभरमा ९ विकेट गुमाउदै १३८ रन बनाएको थियो । पोखराका लागि कप्तान कुशल भुर्तेलले ३५ रन बनाए भने विपिन आचार्यले २०, विपिन खत्रीले १७ र किरण ठगुन्नाले १५ रन बनाएका थिए । त्यस्तै जनकपुरका बलर मोईन ...



















