Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न भएको आरोपमा १३ जना पक्राउ

लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न भएको आरोपमा १३ जना पक्राउ

11/1/2026, 7:25:42 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न भएको आरोपमा १३ जना पक्राउ

काठमाडौं – प्रहरीले लागुऔषधविरुद्ध देशका विभिन्न जिल्लामा सञ्चालन गरेको कारबाहीका क्रममा १३ जनालाई पक्राउ गरेको छ । शुक्रबार र शनिबार गरिएको छुट्टाछुट्टै कारबाहीमा ब्राउनसुगरजस्तो देखिने पदार्थ, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने नियन्त्रित औषधि, नगद तथा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँका दुई स्थानबाट तीन जना, झापा र सुनसरीबाट दुई–दुई जना तथा पर्सा, लमजुङ र बर्दियाबाट एक–एक जना पक्राउ परेका छन् । त्यस्तै, कैलालीका दुई स्थानबाट तीन जना पक्राउ परेका हुन् । प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–६ चुच्चेपाटीबाट ब्राउनसुगरजस्तो देखिने चार ग्राम २५० मिलिग्राम पदार्थ र २० हजार २०० रुपैयाँ नगदसहित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ का ३९ वर्षीय छिरीङ शेर्पा पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–३२ जडिबुटीबाट पनि छ ग्राम ७४० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् । पूर्वी नेपालमा पनि प्रहरीले लागुऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ। झापाको झापा गाउँपालिका–५ खयरबारीबाट एक ग्राम ९५ मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित बाह्रदशी गाउँपालिका–२ का २४ वर्षीय खड्ग राजवंशी र वडा नं। १ का २५ वर्षीय चैतन हेमरम पक्राउ परेका छन् । सुनसरीको कोशी गाउँपालिका–१ लौकही केराबारीबाट दुई ग्राम १७० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुहबी नगरपालिका–३ का ३४ वर्षीय दीपक परियार र उदयपुरको बेलका नगरपालिका–३ का ३२ वर्षीय बलबहादुर थापा पक्राउ परेका छन् । वीरगञ्जमा प्रहरीले चिकित्सकको सिफारिसमा मात्र प्रयोग गर्न पाइने नियन्त्रित औषधिसहित एक जनालाई पक्राउ गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–१६ बसपार्कबाट डाइजेपाम २७ एम्पुल, फेनारगन २९ एम्पुल र बुप्रेनोर्फिन २८ एम्पुलसहित धादिङको ज्वालामुखी गाउँपालिका–२ का २० वर्षीय निमा लामा शेर्पा पक्राउ परेका हुन् । कैलालीको धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित गोकुलेश्वर चौलानी होटलको कोठा तलासी गर्दा १२७ मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ बरामद भएको छ । उक्त पदार्थसहित डोटीको जोरायल गाउँपालिका–२ का २५ वर्षीय अमरबहादुर कुँवर पक्राउ परेका छन्। त्यस्तै, भजनी नगरपालिका–३ कुसुमघाटबाट एक ग्राम ५० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् । उनीहरूमध्ये रोशन सार्कीले प्रयोग गरेको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । गण्डकी प्रदेशको लमजुङमा पनि नियन्त्रित औषधिसहित एक जना पक्राउ परेका छन्। बेँसीसहर नगरपालिका–१ देउरालीडाँडाबाट डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगन १०–१० एम्पुलसहित बेँसीसहर नगरपालिका–८ भुलभुलेका ३० वर्षीय सुजन तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ । त्यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णाली पुलबाट दुई ग्राम ७१० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित बाँकेको कोहलपुर नगरपालिका–९ का २१ वर्षीय सुशील परियार पक्राउ परेका छन्। प्रहरीले पक्राउ परेका सबैमाथि लागुऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

अमेरिकामा 'करी' भित्र्याउने भारतीय सेफ, जो पछि रहस्यमय रूपमा हराए
ताजा खबरJust now

अमेरिकामा 'करी' भित्र्याउने भारतीय सेफ, जो पछि रहस्यमय रूपमा हराए

काठमाडौँ । सन् १९०१ मा एक भारतीय सेफले अमेरिकामा सम्भवतः पहिलो भारतीय रेस्टुराँ खोलेका थिए । रञ्जी स्माइल अमेरिकी खानपानको क्षेत्रमा प्रभाव पार्ने सबैभन्दा रोचक र रहस्यमय व्यक्तित्वमध्ये एक थिए... ...

रातोपाटी
खाँडाचक्र नगरपालिकाको भवन निर्माणका क्रममा खसेको पहिरोले स्थानीयको घर नै जोखिममा (तस्बिरहरू)
ताजा खबरJust now

खाँडाचक्र नगरपालिकाको भवन निर्माणका क्रममा खसेको पहिरोले स्थानीयको घर नै जोखिममा (तस्बिरहरू)

कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले स्थानीयको घर नै जोखिममा परेको छ । खाँडाचक्र–१ मान्मा सेरापाटामा निर्माणाधीन भवनको जग खन्दा गत भदौमा पहिरो खसेको थियो ।... ...

रातोपाटी
एनपीएल : आज जनकपुर र पोखरा भिड्ने
ताजा खबरJust now

एनपीएल : आज जनकपुर र पोखरा भिड्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आइतबार जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुने भएको छ । त्रिवि क्रिकेट मैदानमा आइतबार साँझ ५ बजे यी दुई टिमबीच आमने-सामने हुनेछन् । जनकपुर आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई पराजित गरेर जितको सुरुवात गरेको थियो । पोखरा एभेन्जर्स भने पहिलो खेलमा सुदूरपश्चिम ...

केन्द्रबिन्दु
‘अब आफ्नै जग्गाको मालिक भयौँ’
ताजा खबरJust now

‘अब आफ्नै जग्गाको मालिक भयौँ’

सन्तोष दहितदाङ, कात्तिक १५ गते । “अब आफ्नै जग्गाको मालिक भयौँ’ भन्दै लालपुर्जा हातमा लिएर खुसीका आँसु पुछ्दै हुनुहुन्थ्यो गढवा गाउँपालिका–३, गोबरडिहाका मङ्गलप्रसाद कुमाल । झन्डै दु... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play