
त्रिविलाई ‘डिजिटल र रिसर्च युनिभर्सिटी’ बनाउने योजना, परीक्षा प्रणालीदेखि प्रशासनसम्म सुधार गरिने
काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनामा सुधार गर्दै विश्वविद्यालयलाई ‘डिजिटल र रिसर्च युनिभर्सिटी’का रूपमा विकास गर्ने योजना अघि सारेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा डिजिटल सेवा विस्तार, परीक्षा प्रणालीको आधुनिकीकरण, अनुसन्धान प्रवर्द्धन, प्रशासनिक पुनःसंरचना र वित्तीय सुधारलाई प्राथमिकता दिइएको छ । त्रिविका सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय ...










