Monday, November 16, 2026||
MultiKhabarMultiKhabar
काठमाण्डुपाटी

काठमाण्डुपाटी

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from काठमाण्डुपाटी.

Headlines from काठमाण्डुपाटी

कावासोतीमा यात्रुबाहक बस दुर्घटना, २५ जना घाइते
Latest NewsJust now

कावासोतीमा यात्रुबाहक बस दुर्घटना, २५ जना घाइते

कावासोती – नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रुबाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। प्रहरीका अनुसार सोमबार बिहान करिब ६ः४० बजे धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा पूर्व–पश्चिम राजमार्गमा पल्टिएको हो। दुर्घटनामा बसमा सवार २५ जना यात्रु सामान्य तथा मध्यम घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि […] ...

काठमाण्डुपाटी
छठ घाट तोडफोड आरोपमा दुईजना पक्राउ, वडाध्यको नेतृत्वमा तत्कालै पुनः व्यवस्थापन गरियो
Latest NewsJust now

छठ घाट तोडफोड आरोपमा दुईजना पक्राउ, वडाध्यको नेतृत्वमा तत्कालै पुनः व्यवस्थापन गरियो

सुनसरी- सुनसरीको हरिनगर गाउँपालिका–६ घुस्कीस्थित छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–६ निवासी १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जहुर मियाँ रहेका छन्। प्रहरीका अनुसार आइतबार राति साढे ११ बजेतिर अर्णमा घाटमा भक्तजनले साँझको छठ पूजा सकेर घर फर्किएपछि अपरिचित […] ...

काठमाण्डुपाटी
इंग्ल्यान्डसँग स्तब्ध भयो विश्व च्याम्पियन स्पेन, ४३ खेलको अपराजित यात्रा अन्त्य
SportsJust now

इंग्ल्यान्डसँग स्तब्ध भयो विश्व च्याम्पियन स्पेन, ४३ खेलको अपराजित यात्रा अन्त्य

म्याड्रिड – इंग्ल्यान्डले विश्व च्याम्पियन स्पेनलाई उसकै घरेलु मैदानमा हराएको छ। यूईएफए नेसन्स लिगमा स्पेनलाई ३–२ गोलले पराजित गर्दै इंगल्यान्डले सनसनीपूर्ण जित निकालेको हो । यससँगै स्पेनको लगातार ४३ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ। आइतबार राति म्याड्रिडस्थित वान्डा मेट्रोपोलिटानो रंगशालामा भएको समूह ए३ को खेलमा इंग्ल्यान्डले तीन गोलको अग्रता बनाएर पनि अन्तिम समयसम्म संघर्ष […] ...

काठमाण्डुपाटी
आज यी तीन प्रदेशमा हुनेछ हल्का वर्षा र हिमपात
Latest NewsJust now

आज यी तीन प्रदेशमा हुनेछ हल्का वर्षा र हिमपात

काठमाण्डु – हाल देशभर पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीका कारण मुलुकका हिमाली तथा पहाडी भूभागमा बादल लाग्नुका साथै तराई क्षेत्रमा तुवाँलो देखिएको छ। बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सोमबार दिउँसो आंशिक बदली रहने छ । महाशाखाका अनुसार कोशी प्रदेशको हिमाली तथा […] ...

काठमाण्डुपाटी
वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ
Latest News6h ago

वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आईतबार कुटाकुट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले झैझगडाको विषयमा वडा प्रहरी कार्यालय अगाडि २ पक्षबिच झगडा भएपछि भीमदत्त नगरपालिका–५ का ५ जना र भीमदत्त नगरपालिका–१७ का १ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए । […] ...

काठमाण्डुपाटी
इजाजत नभएका बन्दुक बरामद
Others6h ago

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानबाट आईतबार इजाजत नभएका ४ थान भरुवा बन्दुक बरामद गरिएको छ । देवीस्थानको पन्थोकमा लुकाएर राखेको अवस्थामा भेटिएका बन्दुकलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बरामद गरेको हो । बरामद भएका बन्दुकलाई बेनी ल्याएर थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताए । उनका अनुसार वन्यजन्तुको अवैध चोरीशिकारी […] ...

काठमाण्डुपाटी
स्थानीय चुनाव चैत कि बैशाखमा ? रवि काठमाण्डु फर्किएपछि टुंगो लाग्ने
Politics7h ago

स्थानीय चुनाव चैत कि बैशाखमा ? रवि काठमाण्डु फर्किएपछि टुंगो लाग्ने

काठमाण्डु – स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिनुअघि नै निर्वाचन सम्पन्न गर्ने तयारीमा निर्वाचन आयोग र सरकार लागेको छ । स्थानीय तहमा जनप्रतिनिधिविहीनताको अवस्था सिर्जना हुन नदिन २०८४ बैशाखभित्रै चुनाव गरिसक्ने तयारी छ । तर स्थानीय चुनाव चैत वा बैशाख कुन महिना गर्ने भन्ने अन्तिम टुंगो लागिसकेको छैन । आगामी चुनावबारे छलफल गर्न निर्वाचन आयोगले मंसिर […] ...

काठमाण्डुपाटी
पोखराको विशाल चुनौती पछ्याएको काठमाण्डु १६९ रनमा समेटियो, ५५ रनले पराजित
Sports7h ago

पोखराको विशाल चुनौती पछ्याएको काठमाण्डु १६९ रनमा समेटियो, ५५ रनले पराजित

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) बाट बाहिरिइसकेको पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजलाई ५५ रनले पराजित गरेको छ । पोखराको विशाल चुनौती पछ्याएको काठमाण्डु १६९ रनमा समेटिएको छ । काठमाण्डु १९ दशमलव ५ ओभरमा अलआउट हुँदै पराजित भएको छ । आईतबार भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजलाई २२५ रनको विशाल लक्ष्य दिएको थियो । कीर्तिपुरस्थित […] ...

काठमाण्डुपाटी
उपराष्ट्रपति यादवद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा
Latest News7h ago

उपराष्ट्रपति यादवद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा

ललितपुर – उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वको मुख्य दिन आईतबार साँझ ललितपुरको कुपोन्डोल र सानेपास्थित राम मन्दिर राजतीर्थ पुगेर अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिएका छन् । उपराष्ट्रपति यादवले पहिला कुपोन्डोलमा पुगेर र त्यसपछि सानेपास्थित राम मन्दिर राजतीर्थ फूटबल खेल मैदान अगाडि बागमती खोला किनारमा छठको पूजा गरेका हुन् । राजतीर्थमा छठ पूजामा सहभागी हुन […] ...

काठमाण्डुपाटी
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : शिक्षामन्त्री पोखरेल
Latest News8h ago

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : शिक्षामन्त्री पोखरेल

काठमाण्डु – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न भौतिक पूर्वाधारको पुन:संरचनासँगै विद्यालय तहको पाठ्यक्रममै जलवायु शिक्षालाई अनिवार्य रूपमा समावेश गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन् । टर्कीको अन्ताल्यामा आयोजित जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–३१) अन्तर्गत ‘एन्टाल्या कार्ययोजना प्रोटोकल: हरित शिक्षाको केन्द्रमा बालबालिका, युवा र शिक्षकहरू’ विषयक उच्चस्तरीय मन्त्रीस्तरीय उद्घाटन सत्रको समूहगत […] ...

काठमाण्डुपाटी
हिमाली जिल्ला म्याग्दीमा मनाइयो छठ पर्व
Latest News8h ago

हिमाली जिल्ला म्याग्दीमा मनाइयो छठ पर्व

म्याग्दी – हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा आईतबार छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराईबासी नेपाली र भारतीय नागरिकले बेनीमा छठ पर्व मनाएका हुन् । जलजला गाउँपालिका–३ स्थित कालीगण्डकी नदी किनारमा मिथिलाञ्चलवासीले छठी देवीको पूजाआजा र नदीमा गएर अर्घ दिएका छन् । सूर्यदेवको उपासना गरेर हरेक वर्षको कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भएर […] ...

काठमाण्डुपाटी
सुर्खेतबाट रारा जाँदै गरेको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु
Latest News9h ago

सुर्खेतबाट रारा जाँदै गरेको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाण्डु – सुर्खेतबाट रारा तालतर्फ जाँदै गरेको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आईतबार मुगुको छायानाँथ रारा नगरपालिका–७ टोप्लास्थित कच्ची सडक खण्डमा बा१७च १८६४ नम्बरको हाइलक्स गाडी दुर्घटना हुँदा २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार यात्रुबाहक गाडी सडकबाट अन्दाजी ६०० मिटर तल खसेको छ । दुर्घटनामा काठमाण्डुको […] ...

काठमाण्डुपाटी
चार मन्त्रीसहित ४० जनासम्मको टोली लिएर भारत जाँदै प्रधानमन्त्री बालेन
Politics9h ago

चार मन्त्रीसहित ४० जनासम्मको टोली लिएर भारत जाँदै प्रधानमन्त्री बालेन

काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमणका लागि मंसिरमा भारत जाने तयारीमा छन्। तर अझैसम्म दुवै पक्षबाट भ्रमणको औपचारिक मिति र कार्यतालिका सार्वजनिक भइसकेको छैन। सरकारी स्रोतका अनुसार प्रधानमन्त्री शाह मंसिरको पहिलो साता भारत जाने तयारीमा छन्। उनको भ्रमण तीनदेखि चार दिनसम्म हुन सक्ने छ। भ्रमणलाई परिणाममुखी बनाउन परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ। […] ...

काठमाण्डुपाटी
सभापति लामिछानेद्वारा मुजेलियाको छठघाटमा पूजा आराधना
Politics9h ago

सभापति लामिछानेद्वारा मुजेलियाको छठघाटमा पूजा आराधना

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित छठघाटमा पुगेर पूजा आराधना गरेका छन् । रास्वपा सभापति लामिछाने यसअघि जनकपुरधामस्थित गङ्गासागर पोखरीको छठघाटमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा आराधना गरेपछि अहिले मुजेलियास्थित छठघाट पुगेका हुन् । जनकपुरधामका तालतलैया घाटहरू सजावटसहित आकर्षक रहेको, व्रतालुहरू पूजाआजामा रमाइरहेको तथा छठ पर्वलाई लक्षित गरी धनुषा […] ...

काठमाण्डुपाटी
शतकबाट एक रनले चुके कुशल भुर्तेल, सामराको पनि विस्फोटक ८९ रन
Sports9h ago

शतकबाट एक रनले चुके कुशल भुर्तेल, सामराको पनि विस्फोटक ८९ रन

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सका कुशल भुर्तेल शतक बनाउन एक रनले चुकेका छन्। उनले ५१ बलमा ८ चौका र ८ छक्कासहित ९९ रन बनाए। त्यस्तै, पोखराका अर्का ओपनर युवराज सामराले पनि उत्कृष्ट ब्याटिङ गर्दै ८९ रन जोडे। उनले ५५ बलमा ८ चौका र ५ छक्का प्रहार गरे। भुर्तेल र सामराले […] ...

काठमाण्डुपाटी
प्लेअफबाट बाहिरिसकेको पोखराले बनायो एनपीएलकै कीर्तिमानी उच्च स्कोर, काठमाण्डुलाई २२५ रनको पहाड
Sports9h ago

प्लेअफबाट बाहिरिसकेको पोखराले बनायो एनपीएलकै कीर्तिमानी उच्च स्कोर, काठमाण्डुलाई २२५ रनको पहाड

काठमाण्डु- यस सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) बाट बाहिरिइसकेको पोखरा एभेन्जर्सले इतिहासमै सर्वाधिक रन बनाएको छ। आइतबार भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजलाई २२५ रनको विशाल लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाएको हो। यो एनपीएल इतिहासकै अहिलेसम्मको उच्च […] ...

काठमाण्डुपाटी
राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घ्य दान
Latest News10h ago

राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घ्य दान

काठमाण्डु – छठ पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिको गुह्येश्वरीस्थित वाग्मती किनारमा निर्माण गरिएको छठी माताको प्रतिमामा पूजा आराधनासहित अर्घ्य दान गरेका छन् । प्रथम महिला सविता पौडेलसहित छठ पूजा स्थल पुगेका राष्ट्रपति पौडेलले छठी माताको प्रतिमामा पूजा आराधना गरी गौरीघाट क्षेत्रको छठ पर्वको उद्घाटन गरेका थिए । राष्ट्रपति पौडेलले उद्घाटन गरेसँगै गुह्येश्वरी गौरीघाट क्षेत्रमा […] ...

काठमाण्डुपाटी
काठमाण्डुविरुद्ध पोखराको आक्रामक ब्याटिङ, युवराज सामरा र कुशल भुर्तेलको अर्धशतक
Sports10h ago

काठमाण्डुविरुद्ध पोखराको आक्रामक ब्याटिङ, युवराज सामरा र कुशल भुर्तेलको अर्धशतक

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजविरुद्ध आक्रामक ब्याटिङ गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर काठमाडौंले पहिले बलिङ गर्ने निर्णय गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको पोखराले १४.२ ओभरमा १ विकेट गुमाएर १६३ रन बनाएको छ। पोखराका युवराज साम्रा र कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्। साम्रा ४५ […] ...

काठमाण्डुपाटी
सिक्किमको आकाशमा चिनियाँ सैन्य विमान छिरेको दाबी, आउटलुकले लेख्छ : २५ मिनेटसम्म भारतमाथि उडिरह्यो
Latest News10h ago

सिक्किमको आकाशमा चिनियाँ सैन्य विमान छिरेको दाबी, आउटलुकले लेख्छ : २५ मिनेटसम्म भारतमाथि उडिरह्यो

नयाँदिल्ली- भारतको सिक्किम राज्यस्थित आकाशमा चिनियाँ सैन्य विमानले हवाई क्षेत्र उल्लंघन गरेको दाबी सार्वजनिक भएको छ। नोभेम्बर १२ को बिहान करिब ८ बजे भारतीय क्षेत्रमा प्रवेश गरेको भनिएको उक्त विमान भारतीय वायुसेनाको पटकपटकको चेतावनीका बाबजुद करिब २० देखि २५ मिनेटसम्म त्यही क्षेत्रमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतीय सञ्चारमाध्यम ‘आउटलुक इन्डिया’ले शनिबार प्रकाशित गरेको विशेष […] ...

काठमाण्डुपाटी
स्थानीय चुनावबारे छलफल गर्न राजनीतिक दलहरूलाई निर्वाचन आयोगमा बोलावट, मंसिर ४ गते बैठक
Latest News10h ago

स्थानीय चुनावबारे छलफल गर्न राजनीतिक दलहरूलाई निर्वाचन आयोगमा बोलावट, मंसिर ४ गते बैठक

काठमाण्डु – निर्वाचन आयोगले आगामी निर्वाचनबारे छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई छलफलमा बोलाएको छ । आयोगका आयुक्त गुरुप्रसाद वाग्लेले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई मंसिर ४ गते हुने छलफलमा बोलाउन पत्राचार गरिएको जानकारी दिए । सरकारले आगामी फागुन महिनामा स्थानीय तह निर्वाचन गर्न तयारी गरिरहेका बेला दलहरूलाई छलफलमा बोलाएको हो । प्रतिनिधिसभा निर्वाचन […] ...

काठमाण्डुपाटी