Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
काठमाण्डुपाटी

काठमाण्डुपाटी

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from काठमाण्डुपाटी.

NEPAL NEWS FROM काठमाण्डुपाटी

Loaded 20 articles
प्रहरीको निगरानी छल्न दिल्लीका प्रदर्शनकारीले अपनाए नयाँ उपाय
ताजा खबरJust now

प्रहरीको निगरानी छल्न दिल्लीका प्रदर्शनकारीले अपनाए नयाँ उपाय

एजेन्सी– भारतको राजधानी नयाँदिल्लीमा चुनावी प्रदर्शनका क्रममा प्रहरीले धरपकड बढाएपछि युवा प्रदर्शनकारीहरूले निगरानीबाट बच्दै आन्दोलन जारी राख्न नयाँ रणनीति अपनाएका छन् । उनीहरूले मुखुन्डो लगाउने, प्रहरीका सवारीसाधनको गतिविधि पत्ता लगाउने र पक्राउ परेकालाई सहयोग गर्न डिजिटल सञ्जाल परिचालन गर्ने गरेका छन् । जन्तर मन्तरस्थित मुख्य प्रदर्शनस्थलमा अवरोध गर्न दशौँ हजार सुरक्षाकर्मी परिचालन गरिएपछि प्रदर्शनकारीहरू अन्य […] ...

काठमाण्डुपाटी
इजरायलसँगको व्यापार घाटा घटाउने, तीन वर्षमा १० मिलियन डलर लगानी र २० हजार पर्यटक भित्र्याउने
ताजा खबरJust now

इजरायलसँगको व्यापार घाटा घटाउने, तीन वर्षमा १० मिलियन डलर लगानी र २० हजार पर्यटक भित्र्याउने

काठमाण्डु- इजरायलका लागि प्रस्तावित नेपाली राजदूत सुरेशकुमार कर्णले दुई देशबीचको सम्बन्धलाई आर्थिक, प्राविधिक र कूटनीतिक रूपमा परिणाममुखी बनाउने महत्त्वाकांक्षी कार्ययोजना अघि सारेका छन्। मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकमा कार्ययोजना प्रस्तुत गर्दै कर्णले दुई देशबीचको ६६ वर्ष लामो मैत्रीपूर्ण सम्बन्धलाई मापनयोग्य उपलब्धिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्। उनको कार्ययोजनामा इजरायली लगानी आकर्षित गर्ने, […] ...

काठमाण्डुपाटी
खगेन्द्र सुनारको दाबी, ‘ममाथिका सबै आरोप झुटा हुन्, एआई प्रयोग गरेर अडियो बनाइयो’
राजनीतिJust now

खगेन्द्र सुनारको दाबी, ‘ममाथिका सबै आरोप झुटा हुन्, एआई प्रयोग गरेर अडियो बनाइयो’

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका सबै आरोप झुटा भएको दाबी गर्दै सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारसँग आग्रह गरेका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुनारले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफू निरन्तर प्रहार र विभिन्न आरोपको सिकार भइरहेको बताएका छन्। आफूसँग जोडेर एक महिलासँगको अडियो संवाद सार्वजनिक […] ...

काठमाण्डुपाटी
उपत्यकामा प्रहरीको ‘स्वीप अपरेसन’, ९८ जना पक्राउ
OthersJust now

उपत्यकामा प्रहरीको ‘स्वीप अपरेसन’, ९८ जना पक्राउ

काठमाण्डु– काठमाण्डु उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको ‘स्वीप अपरेसन’का क्रममा ९८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार असोज २६ गतेदेखि २७ गते बिहान ६ बजेसम्म सञ्चालन गरिएको उक्त अभियानमा ९८ जना पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये ७६ पुरुष र ११ महिला रहेको जिल्ला प्रहरी परिसरले जनाएको […] ...

काठमाण्डुपाटी
ट्रम्पका लागि ३५ सय करोडको दाउ लगाउँदै मस्क, अमेरिकी मध्यावधि चुनावमा पैसाको महाखेल
ताजा खबरJust now

ट्रम्पका लागि ३५ सय करोडको दाउ लगाउँदै मस्क, अमेरिकी मध्यावधि चुनावमा पैसाको महाखेल

काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई आगामी मध्यावधि निर्वाचनमा जिताउन अर्बपति इलन मस्कले ठूलो रकम खर्च गरिरहेका छन्। सन् २०२६ को मध्यावधि निर्वाचनलाई लक्षित गर्दै मस्कले रिपब्लिकन पार्टी र उसका उम्मेदवारहरूको समर्थनमा हालसम्म अर्बौँ रुपैयाँ खर्च गरिसकेका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार मस्कले सन् २०२६ को जुलाईदेखि सेप्टेम्बरसम्म तीन महिनामा रिपब्लिकन पार्टीलाई २७ करोड ६० […] ...

काठमाण्डुपाटी
खगेन्द्र सुनारलाई सुदन किरातीको सुझाव, ‘राजीनामा दिएर छानबिनमा सघाउनुस्’
राजनीतिJust now

खगेन्द्र सुनारलाई सुदन किरातीको सुझाव, ‘राजीनामा दिएर छानबिनमा सघाउनुस्’

काठमाण्डु- श्रम संस्कृति पार्टीका वरिष्ठ नेता एवम् पूर्वसांसद सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई पदबाट राजीनामा दिएर आफूमाथि उठेका प्रश्नको निष्पक्ष छानबिनमा सहयोग गर्न आग्रह गरेका छन्। किरातीले सांसद पद सत्ता र ओहोदाको साधन मात्र नभई नागरिकको भरोसा र सार्वजनिक नैतिकताको सर्वोच्च मानकसमेत भएको उल्लेख गरेका छन्। उनले अनुहार परिवर्तन हुँदैमा […] ...

काठमाण्डुपाटी
कांग्रेस महाधिवेशन : २५ समूह बनाएर मतगणना गरिँदै
राजनीतिJust now

कांग्रेस महाधिवेशन : २५ समूह बनाएर मतगणना गरिँदै

काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ । कांग्रेस १५औँ महाधिवेशन केन्द्र्रीय निर्वाचन समितिका अनुसार मतगणना व्यवस्थित र पारदर्शी रूपमा भइरहेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा २५ वटा समूह बनाएर विभिन्न पदको मतगणना एकसाथ अघि बढाएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए । […] ...

काठमाण्डुपाटी
रियाद विमानस्थलमाथि हुथीको निशाना, साउदीले थाल्यो हवाई रक्षा प्रणालीमाथि अनुसन्धान
ताजा खबरJust now

रियाद विमानस्थलमाथि हुथीको निशाना, साउदीले थाल्यो हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी भएको हुथी आक्रमण रोक्न हवाई रक्षा प्रणाली किन असफल भयो भन्ने विषयमा अनुसन्धान सुरु गरेको छ। क्षेत्रीय अधिकारीहरूका अनुसार इरान समर्थित यमनका हुथी विद्रोहीले गरेको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्। नाम नखुलाउने […] ...

काठमाण्डुपाटी
खगेन्द्रलाई रास्वपाको डण्डा- औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन
राजनीतिJust now

खगेन्द्रलाई रास्वपाको डण्डा- औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारका विषयमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा उठेका गम्भीर प्रश्नप्रति ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका महामन्त्री विपिन आचार्यले एक विज्ञप्ति जारी गर्दै सांसद् सुनारको विवादास्पद विषयमा पार्टीको ध्यानाकर्षण भएको जनाएका हुन् । सुनारमाथि महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की […] ...

काठमाण्डुपाटी
बडादसैँ : २४ घण्टामा ५६ हजार ८०९ जनाले काठमाण्डु छाडे
ताजा खबरJust now

बडादसैँ : २४ घण्टामा ५६ हजार ८०९ जनाले काठमाण्डु छाडे

काठमाण्डु– बडादसैँ नजिकिएसँगै काठमाण्डु उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन् । काठमाण्डु उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी […] ...

काठमाण्डुपाटी
महिलालाई खगेन्द्र सुनारको अश्लील गाली र धम्की, रास्वपा सांसद नै आक्रोशित
ताजा खबरJust now

महिलालाई खगेन्द्र सुनारको अश्लील गाली र धम्की, रास्वपा सांसद नै आक्रोशित

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार एक महिला पूर्वसांसदलाई लक्षित गरी अश्लील टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको भनिएको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका छन्। घटनालाई लिएर आफ्नै पार्टीका सांसददेखि प्रमुख प्रतिपक्षी दलका नेतासम्मले आलोचना गरेका छन्। सोमबार जनआस्था साप्ताहिकले उक्त अडियो सुनारको भएको दाबीसहित सार्वजनिक गरेको हो। केही वर्षअघि रेकर्ड गरिएको […] ...

काठमाण्डुपाटी
कांग्रेस महाधिवेशन : महिला खुलातर्फ सर्वाधिक मत वासनालाई , उर्मिला दोस्रो
राजनीतिJust now

कांग्रेस महाधिवेशन : महिला खुलातर्फ सर्वाधिक मत वासनालाई , उर्मिला दोस्रो

काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला खुला)तर्फ वासना थापा सर्वाधिक मतसहित पहिलो स्थानमा रहेकी छन्। ४ हजार ६८९ मत गणना हुँदा थापाले ३ हजार ४८४ मत प्राप्त गरेकी छन्। दोस्रो स्थानमा रहेकी उर्मिला थपलियाले २ हजार ६४७ मत पाएकी छन् भने निमा गिरी २ हजार ६२० मतसहित तेस्रो स्थानमा छिन्। त्यस्तै, कुसुमदेवी थापाले […] ...

काठमाण्डुपाटी
कांग्रेस सहमहामन्त्री खुलामा रामहरि खतिवडा निरन्तर अगाडि, अजयबाबु दोस्रोमा पछ्याउँदै
राजनीतिJust now

कांग्रेस सहमहामन्त्री खुलामा रामहरि खतिवडा निरन्तर अगाडि, अजयबाबु दोस्रोमा पछ्याउँदै

काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडा पहिलो स्थानमा रहेका छन्। दुई पदका लागि भएको प्रतिस्पर्धामा खतिवडाले २ हजार १७८ मत प्राप्त गरेका छन्। ५ हजार ८९ मत गणना हुँदा अजयबाबु शिवाकोटी १ हजार ५५६ मतसहित दोस्रो स्थानमा छन्। डिल्लीराम सुवेदीले १ हजार २९४ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहँदा देवेन्द्रराज कँडेलले […] ...

काठमाण्डुपाटी
कांग्रेस जनजाति खुला केन्द्रीय सदस्यमा तीर्थ लामा सर्वाधिक मतसहित पहिलो
राजनीतिJust now

कांग्रेस जनजाति खुला केन्द्रीय सदस्यमा तीर्थ लामा सर्वाधिक मतसहित पहिलो

काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (आदिवासी जनजाति खुला) तर्फ तीर्थ लामा सर्वाधिक मतसहित पहिलो स्थानमा रहेका छन्। सार्वजनिक मतगणना विवरणअनुसार लामाले १ हजार ५६५ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका डा। प्रेमध्वज लामाले ९२३ मत पाएका छन् भने ई. अनुप श्रेष्ठ ८९७ मतसहित तेस्रो स्थानमा छन्। त्यस्तै, कर्मा छिरिङ शेर्पाले ८७८ मत […] ...

काठमाण्डुपाटी
विश्वकप लिग–२ : आज नेपाल र ओमान भिड्दै
खेलकुदJust now

विश्वकप लिग–२ : आज नेपाल र ओमान भिड्दै

काठमाण्डु– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलामा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। अल अमेरत क्रिकेट ग्राउन्डको मिनिस्ट्री टर्फ–१ मा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ। नेपालले शृङ्खलाको पहिलो खेलमा क्यानडालाई पराजित गर्दै सुखद सुरुवात गरेको थियो। उक्त खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले उत्कृष्ट शतक […] ...

काठमाण्डुपाटी
नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
ताजा खबरJust now

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाण्डु– नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रमा उल्लेख छ । देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष […] ...

काठमाण्डुपाटी
कांग्रेस महाधिवेशन : परिवर्तनको जनादेश कि पुनर्जागरणको अधुरो यात्रा ?
राजनीतिJust now

कांग्रेस महाधिवेशन : परिवर्तनको जनादेश कि पुनर्जागरणको अधुरो यात्रा ?

नेपालको नेपाली कांग्रेस लोकतान्त्रिक आन्दोलनको प्रमुख ऐतिहासिक शक्ति हो । राणा शासनविरुद्धको संघर्षदेखि बहुदलीय प्रजातन्त्रको स्थापना, लोकतन्त्रको पुनःस्थापना र गणतान्त्रिक संविधान निर्माणसम्म कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । तर इतिहासको गौरव वर्तमानको सफलताको ग्यारेन्टी होइन । विगतमा जनताको विश्वास जितेको पार्टीले वर्तमानमा पनि त्यही विश्वास कायम राख्छ भन्ने हुँदैन । इतिहासले सम्मान दिलाउन […] ...

काठमाण्डुपाटी
गम्भीर विवादमा रास्वपा सांसद खगेन्द्र सुनार, बाहिरियो महिलामाथि दुर्व्यवहार र ब्ल्याकमेलिङको अडियो
ताजा खबर8 hours ago

गम्भीर विवादमा रास्वपा सांसद खगेन्द्र सुनार, बाहिरियो महिलामाथि दुर्व्यवहार र ब्ल्याकमेलिङको अडियो

काठमाण्डु– पछिल्लो समय प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि विभिन्न आरोप लगाएर चर्चामा आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार गम्भीर विवादमा परेका छन्। उनलेे बागमती प्रदेशकी एकजना महिला सांसदमाथि अश्लील गालीगलौज र धम्की दिएको अडियो जनआस्था अनलाइनले सोमबार सार्वजनिक गरेको छ। जुन अडियोमा उनलेे ती महिला सांसदलाई अनेकन आर्थिक दबाब दिँदै निजी जेसुकै गरिदिने […] ...

काठमाण्डुपाटी
तनावै तनावमा अस्ताए विजय पौडेल, अन्तिम समयसम्म खोजिरहेका थिए ऋण
ताजा खबर9 hours ago

तनावै तनावमा अस्ताए विजय पौडेल, अन्तिम समयसम्म खोजिरहेका थिए ऋण

काठमाण्डु– आइतबार दिउँसो १२ बजेर ३७ मिनेट। नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको मोबाइलमा एउटा फोन आयो। फोन गर्ने व्यक्ति थिए, पूर्वसांसद तथा वामपन्थी नेता डा. विजय पौडेल। पाण्डे गृहमन्त्री चितवनमा थिए। पौडेलले फोनमा एकजना व्यक्तिसँग आफ्नो सम्बन्धबारे सोधे। ती व्यक्तिसँग पाण्डेको सम्पर्क नभएको धेरै भइसकेको जवाफ पाएपछि पौडेलले ‘ए!’ भने र फोन राखे। […] ...

काठमाण्डुपाटी
रामगोपालपुरले जित्यो उद्घाटन खेल
ताजा खबर9 hours ago

रामगोपालपुरले जित्यो उद्घाटन खेल

सिरहा – गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नगरस्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाराको महागढीमाई नगरपालिकालाई ३४ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको रामगोपालपुरले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १६५ रन बनाएको थियो । १६६ रनको लक्ष्य पछ्याएको महागढीमाईले १३१ रन मात्र बनाउन सक्यो । हारसँगै महागढीमाई प्रतियोगिताबाट बाहिरिएको […] ...

काठमाण्डुपाटी