
ओमानविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै
काठमाडौं।आइसिसी विश्वकप क्रिकेट लिग–२ को एक दिवसीय शृङ्खलाअन्तर्गत आज ओमानविरुद्धको खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको छ। ओमानको अल अमेरत ग्राउन्डमा भर्खरै भएको टसमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको हो। यससँगै ओमानले भने पहिला फिल्डिङ गर्नेछ। जारी शृङ्खलामा नेपाल र ओमान दोस्रो जितको खोजीमा रहेका छन्। यही असोज २६ गते भएको पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गर्दै ...






















