Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

वनपासवर्डको आन्तरिक प्रणालीमा ह्याकरको पहुँच, ग्राहकका पासवर्ड भने सुरक्षित

Share:WhatsAppFacebookX (Twitter)Telegram
वनपासवर्डको आन्तरिक प्रणालीमा ह्याकरको पहुँच, ग्राहकका पासवर्ड भने सुरक्षित
Photo / Coverage: टेक्नोलोजी खबर

पासवर्ड व्यवस्थापन सेवा प्रदायक कम्पनी वनपासवर्डले आफ्नो आन्तरिक प्रणालीमा ह्याकरले अनधिकृत पहुँच बनाएको पुष्टि गरेको छ। घटनामा केही ग्राहकको व्यक्तिगत विवरण चोरी भए पनि उनीहरूका पासवर्ड र अन्य गोप्य विवरणमा पहुँच नपुगेको कम्पनीले जनाएको छ। क्यानडाको टोरन्टोमा मुख्यालय रहेको कम्पनीले बुधबार सार्वजनिक गरेको विवरणअनुसार गत नोभेम्बर १९ मा आफ्नो प्रणालीमा अनधिकृत पहुँच भएको पत्ता लागेको थियो। ह्याकरले कम्पनीका एक कर्मचारीको कर्पोरेट गिटहब खातामा पहुँच बनाएका थिए। कम्पनीले आफ्नो स्रोत कोड भण्डारण र साझेदारी गर्न गिटहब प्रयोग गर्दै आएको छ। ती कर्मचारीको पहुँच प्रयोग गरेर ह्याकरले कम्पनीका आन्तरिक सर्भरमा खराब कोड राखेका थिए। त्यसपछि १पासवर्डका केही ग्राहकको विवरण डाउनलोड गरिएको कम्पनीले जनाएको छ। चोरी भएका विवरणमा ग्राहकको नाम, आफ्नो खाता खोल्न प्रयोग गर्ने इमेल ठेगाना, खाता सिर्जना गरेको मिति र पछिल्लोपटक लगइन गरेको समय समावेश छन्। कम्पनीका अनुसार ग्राहकका पासवर्ड भण्डारण हुने भल्टमा भने ह्याकरको कुनै पनि समयमा पहुँच पुगेको थिएन। १पासवर्डले ग्राहकको खाता पासवर्ड र गोप्य कुञ्जीसमेत हेर्न वा पहुँच गर्न नसक्ने जनाएको छ। ती गोप्य कुञ्जी प्रयोगकर्ताका पासवर्डलाई इन्क्रिप्ट गरेर सुरक्षित राख्न प्रयोग गरिन्छन्। यस घटनाबाट कम्पनीका मोबाइल एप, डेस्कटप एप तथा ब्राउजर एक्सटेन्सनमा कुनै असर नपरेको पनि १पासवर्डले स्पष्ट पारेको छ। ह्याकरले कर्मचारीको कर्पोरेट खातामा कसरी पहुँच बनाए भन्ने विषय भने खुल्न सकेको छैन। घटनाबारे थप जानकारी माग्दा कम्पनीका प्रवक्ताले तत्काल प्रतिक्रिया दिएका थिएनन्। टेकक्रञ्चका अनुसार कम्पनीले कति ग्राहकको विवरण चोरी भयो र प्रभावित ग्राहकलाई यसबारे जानकारी गराइएको छ वा छैन भन्ने पनि खुलाएको छैन। ह्याकरले कम्पनीसँग कुनै रकम वा अन्य माग राखेका छन् कि छैनन् भन्ने विषयसमेत स्पष्ट भएको छैन। १पासवर्डका अनुसार विश्वभर लाखौँ व्यक्ति र २ लाखभन्दा बढी व्यवसायले यसको सेवा प्रयोग गर्दै आएका छन्। प्रयोगकर्ताले आफ्ना पासवर्ड, लगइन विवरण, भुक्तानी कार्डसम्बन्धी जानकारीलगायत गोप्य सूचना सुरक्षित राख्न यो सेवा प्रयोग गर्छन्। साइबर सुरक्षा विज्ञहरूले अनलाइन खाताका लागि बलिया पासवर्ड निर्माण गर्न र तिनको व्यवस्थापन गर्न पासवर्ड म्यानेजर प्रयोग गर्न लामो समयदेखि सुझाव दिँदै आएका छन्। The post वनपासवर्डको आन्तरिक प्रणालीमा ह्याकरको पहुँच, ग्राहकका पासवर्ड भने सुरक्षित appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
चिनियाँ एआई कम्पनी मिनिम्याक्समा पठाइएको गोप्य डाटा अनधिकृत पक्षको पहुँचमा पुगेको अनुसन्धानकर्ताको दाबी
TechnologyJust now

चिनियाँ एआई कम्पनी मिनिम्याक्समा पठाइएको गोप्य डाटा अनधिकृत पक्षको पहुँचमा पुगेको अनुसन्धानकर्ताको दाबी

चिनियाँ कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी मिनिम्याक्समा प्रयोगकर्ताले पठाएको गोप्य डेटा अनधिकृत व्यक्तिहरूको पहुँचमा पुगेको साइबर सुरक्षा अनुसन्धानकर्ताले बताएका छन्। प्रयोगकर्ताले आफ्नो डेटा भण्डारण नगर्न वा नराख्न अनुरोध गरे पनि त्यस्तो घटना भएको अनुसन्धानकर्ताको दाबी छ। अमेरिकी साइबर सुरक्षा कम्पनी ड्रागोसका प्रमुख अनुसन्धान अधिकृत एचडी मुरले रोयटर्ससँग कुरा गर्दै मिनिम्याक्समा पठाइएका केही निजी वेब लिंक अनधिकृत पक्षले खोलेको बताएका छन्। मुरले नोभेम्बर १९ ...

टेक्नोलोजी खबर
अमेरिकी चिप प्रतिबन्ध र एआई मोडेलको ज्ञान नक्कल गर्ने प्रविधिमाथिको कारबाहीले चिनियाँ एआई विकासमा चुनौती थप्ने
TechnologyJust now

अमेरिकी चिप प्रतिबन्ध र एआई मोडेलको ज्ञान नक्कल गर्ने प्रविधिमाथिको कारबाहीले चिनियाँ एआई विकासमा चुनौती थप्ने

चिनियाँ कम्पनी जेडएआई आफ्नो अर्को प्रमुख एआई मोडेल विकास गर्ने निर्धारित समयभन्दा पछाडि परेको छ। त्यस्तै, प्रतिस्पर्धी कम्पनी मुनसट एआईले विदेशबाट कम्प्युटिङ क्षमता प्राप्त गर्न नपाएमा प्रमुख मोडेल सार्वजनिक गर्ने समयावधि छ महिनाबाट बढेर एक वर्ष वा त्योभन्दा लामो हुन सक्ने अनुमान गरेको यस विषयसँग परिचित व्यक्तिहरूले बताएका छन्। यसअघि सार्वजनिक नभएका यी विवरणले अमेरिकी एआई कम्पनी ओपनएआई र एन्थ्रोपिकले ज्ञान ...

टेक्नोलोजी खबर
अष्ट्रेलियाले पारित गर्यो अनलाइन प्लेटफर्महरूको लागि ‘डिजिटल ड्युटी अफ केयर’
TechnologyJust now

अष्ट्रेलियाले पारित गर्यो अनलाइन प्लेटफर्महरूको लागि ‘डिजिटल ड्युटी अफ केयर’

अष्ट्रेलियाको संसदले अनलाइन सेवाहरूको लागि ‘डिजिटल ड्युटी अफ केयर’को परिचय दिने कानून पारित गरेको छ। जसमा सामाजिक सञ्जाल, गेमिङ, एप र एआई च्याटबोट प्रदायकहरू लगायतका प्लेटफर्महरूले प्रयोगकर्ताहरूलाई गम्भीर हानिकारक सामग्री र आचरणबाट जोगाउने जिम्मेवारी लिनुपर्ने व्यवस्था गरिएको छ। कानूनले न्यूनतम सुरक्षा मापदण्डहरू स्थापित गर्दछ र सेवाहरूलाई तिनीहरूको सामग्री, सुविधाहरू र उपकरणहरूबाट उत्पन्न हुने जोखिमहरूलाई सम्बोधन गर्न आवश्यक छ। एसोसिएटेड प्रेसका अनुसार, यो ...

टेक्नोलोजी खबर
नेपालले बेलायतसँगको आर्थिक सहकार्यलाई थप विस्तार गर्नुपर्ने
TechnologyJust now

नेपालले बेलायतसँगको आर्थिक सहकार्यलाई थप विस्तार गर्नुपर्ने

१० मंसिर, काठमाडौं। बेलायत (लन्डन)स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीले नेपाल र बेलायतबीचको व्यापार तथा लगानी सम्बन्ध अझै सम्भावनाअनुसार विस्तार हुन नसकेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित युके–नेपाल व्यापार मञ्चलाई सम्बोधन गर्दै उनले नेपाल र बेलायतबीच ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरमा बलियो सम्बन्ध रहे पनि द्विपक्षीय व्यापार वार्षिक करिब ३० करोड पाउन्डमा सीमित रहेको बताए […] The post नेपालले बेलायतसँगको ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement