काठमाडौं । पिके निर्माण सेवा प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रकाश विश्वकर्मालाई आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङले सम्मान गरेको छ । आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङको कार्य क्षेत्रअन्तर्गत आर्थिक वर्ष २०८१/०८२ को आय विवरणअनुसार दोस्रो बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएकाले राष्ट्रिय कर दिवसका अवसरमा निर्माण व्यवसायी विश्वकर्मालाई सम्मान गरिएको कम्पनीले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले उहाँलाई सम्मान प्रदान गर्नुभएको थियो । सम्मानले आफूलाई अझ व्यावसायिक भई पूर्वाधार क्षेत्रमा संलग्न हुन प्रेरणा मिलेको विश्वकर्माले बताउनुभएको छ ।
पिके निर्माण सेवाका विश्वकर्मा सम्मानित

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






