काठमाडौं । काठमाडौं विश्वविद्यालमा मेकानिकल इञ्जिनियरिङमा अध्ययनरत विद्यार्थीको संस्था एसोसिएसन अफ मेकानिकल इञ्जिनियरिङ स्डुडेन्ट्स (एम्स) को आयोजनामा ‘अभियन्ता-२६’ हुने भएको छ । ‘अभियन्ता-२६’ अन्तर्गत मुख्य कार्यक्रम आगामी पुस ७ र ८ गते धुलिखेलस्थित विश्वविद्यालय प्रांगणमा हुने र त्यसअघि पनि विविध इभेन्टहरू आयोजना गरिने बताइएको छ । जसअनुसार मंसिर १२ देखि १४ गतेसम्म अल नेपाल गो-कार्ट प्रतिस्पर्धा आयोजना गरिने एम्सका अध्यक्ष आदर्श श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै मंसिर १८ मा वर्कसप अन टुल्स, मंसिर २१ र २२ मा ट्रेनिङ अन ट्रेनर, मंसिर २५ मा इस्केप रुम, मंसिर २७ र २८ मा मेकाथन, मेक पोडकास्ट र पुस २ र ३ मा क्याड प्रतिस्पर्धा आयोजना गरिने उहाँले बताउनुभयो । कार्यक्रम संयोजक निर्भिक भण्डारीका अनुसार अभियन्ता-२६ अन्तर्गत नै असोज १६ मा मेक-रन सम्पन्न भइसकेको छ । ‘अभियन्ता-२६’ अन्तर्गतका कार्यक्रम विश्वविद्यालयका विद्यार्थी, उद्यमी-व्यवसायी र अन्य सर्वसाधारण समेत गरी ३५ सयभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । कार्यक्रममार्फत् मेकानिकल इञ्जिनियरिङमा अध्ययनरत विद्यार्थीले आफ्नो क्षमता प्रदर्शन गरी प्रतिष्ठित उद्योग व्यवसायमा पहुँच पुर्याउन सक्ने विश्वास लिइएको छ ।
एम्सको आयोजनामा ‘अभियन्ता-२६’ हुँदै

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






