Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

दशौं राष्ट्रिय खेलकुद : कर्णालीको प्रतिष्ठा र क्षमताको परीक्षा

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशौं राष्ट्रिय खेलकुद : कर्णालीको प्रतिष्ठा र क्षमताको परीक्षा
Photo / Coverage: हिमालय टाइम्स

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना भइरहेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेशको खेलकुद क्षमता, पूर्वाधार र व्यवस्थापकीय दक्षता परीक्षण गर्ने महत्त्वपूर्ण अवसर बनेको छ । तर, प्रतियोगिता सुरु भएसँगै घरेलु टोलीको कमजोर प्रदर्शन, पूर्वाधार अभाव र व्यवस्थापनका चुनौती पनि सतहमा देखिएका छन् । मंसिर ८ गतेदेखि विभिन्न खेल सुरु भइसकेको प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते प्रधानमन्त्री बालेन्द्र शाहले वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा गर्ने कार्यक्रम छ । मंसिर २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी छन् । ३२ खेलका ३८४ इभेन्टमा एक हजार ३३७ पदकका लागि करिब सात हजार २०० देखि सात हजार २६० खेलाडी प्रतिस्पर्धामा उत्रनेछन् । खेलाडीको आवास तथा व्यवस्थापन सहज बनाउन राखेपले उद्घाटनअघि नै केही खेल सञ्चालन गरेको हो । प्रतियोगिताको मुख्य आकर्षण करिब १० हजार दर्शक क्षमताको कर्णाली प्रदेश रंगशाला बनेको छ । एक अर्ब ५९ करोड ४७ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण भएको रंगशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल मैदान, आठ लेनको एथलेटिक्स ट्र्याक र बहुउद्देश्यीय खेल संरचना छन् । प्रतियोगिताले यस पूर्वाधारको उपयोगसँगै संरक्षण र दीर्घकालीन सञ्चालनको चुनौती पनि प्रदेशसामु ल्याएको छ । उद्घाटन समारोहमा कर्णालीका १० वटै जिल्लाको मौलिक संस्कृति, भेषभूषा, देउडा, हुड्के नाच र राउटे समुदायको सांस्कृतिक पहिचान प्रस्तुत गर्ने तयारी छ । दैलेखको पञ्चकोशी क्षेत्रको प्राकृतिक ज्वालालाई ओलम्पिक टर्चसँग जोडेर कर्णालीको धार्मिक तथा पर्यटकीय पहिचान प्रवर्द्धन गर्ने योजना पनि छ । प्रतियोगिता सञ्चालनका लागि आवास, यातायात, स्वास्थ्य र सुरक्षाको जिम्मेवारीमा प्रदेश सरकारले समन्वय गरिरहेको छ । सुरक्षाका लागि करिब दुई हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ । खेलाडी, प्रशिक्षक र प्राविधिक जनशक्तिका लागि सुर्खेतसहित विभिन्न जिल्लामा आवासको व्यवस्था मिलाइएको छ । तर, सबै खेल कर्णालीमै सञ्चालन गर्न नसक्नु प्रदेशको पूर्वाधार सीमाको संकेत बनेको छ । ३२ मध्ये २३ खेल सुर्खेतमा हुनेछन् भने बाँकी खेल दैलेख, कालीकोट, सल्यान, पश्चिमरुकुम तथा लुम्बिनी प्रदेशका बाँके र बर्दियामा सञ्चालन भइरहेका छन् । पौडी र सुटिङजस्ता खेलका लागि आवश्यक पूर्वाधार नहुँदा केही प्रतिस्पर्धा प्रदेशबाहिर गर्नुपरेको हो । यता, घरेलु मैदानमा कर्णालीको सुरुवाती प्रदर्शन पनि अपेक्षाअनुसार हुन सकेको छैन । महिला बास्केटबलमा नेपाल प्रहरीसँग ५२–१९ अंकले पराजित भएको कर्णाली महिला क्रिकेट र पौडीमा समेत प्रभावकारी प्रदर्शन गर्न असफल देखिएको छ । पौडीमा बागमती प्रदेशले सबैभन्दा बढी पदक जितेर अग्रता लिएको छ । राखेपले प्रतियोगिताका लागि ४४ करोड १० लाख रुपैयाँ बजेट स्वीकृत गरे पनि व्यवस्थापन र सञ्चालन खर्च बढेर ७२ करोड रुपैयाँसम्म पुग्न सक्ने अनुमान गरेको छ । यस संस्करणमा स्वर्णसँगै रजत र कांस्य पदक विजेतालाई पनि नगद पुरस्कार दिने व्यवस्था गरिएको छ । कर्णालीका लागि यो प्रतियोगिता खेलकुद आयोजनामा आफ्नो क्षमता देखाउनेमात्र नभई पर्यटन, संस्कृति र स्थानीय अर्थतन्त्र प्रवर्द्धन गर्ने अवसर पनि हो । विभिन्न जिल्लामा खेल सञ्चालन हुँदा होटल, यातायात, खानपान र स्थानीय व्यवसायमा आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ । यद्यपि प्रतियोगिताको वास्तविक सफलता उद्घाटन समारोहको भव्यता र पदक तालिकाले मात्र निर्धारण गर्नेछैन । निर्माण भएका खेल पूर्वाधारको संरक्षण, स्थानीय खेलाडीलाई नियमित प्रशिक्षण, प्रशिक्षकको व्यवस्था र जिल्लास्तरमा खेलकुद विस्तार गर्न सकेमात्रै यसको दीर्घकालीन उपलब्धि हासिल हुनेछ । घरेलु मैदानमा कमजोर सुरुवात र सबै खेल आफ्नै प्रदेशमा सञ्चालन गर्न नसक्नुले कर्णालीका चुनौती उजागर गरेका छन् । त्यसैले दशौं राष्ट्रिय खेलकुद कर्णालीका लागि प्रतियोगिता सम्पन्न गर्ने अवसरमात्रै नभई खेलकुदको भविष्य निर्माण र प्रदेशको प्रतिष्ठा प्रमाणित गर्ने परीक्षा बनेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अमेरिकी र अस्ट्रेलियन डलरसहित महँगिए यी मुद्रा
Latest NewsJust now

अमेरिकी र अस्ट्रेलियन डलरसहित महँगिए यी मुद्रा

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।  हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको थियो। आज अमेरिकन डलर १ को खरिद... ...

नेपालखबर
एम्सको आयोजनामा ‘अभियन्ता-२६’ हुँदै
Latest NewsJust now

एम्सको आयोजनामा ‘अभियन्ता-२६’ हुँदै

काठमाडौं । काठमाडौं विश्वविद्यालमा मेकानिकल इञ्जिनियरिङमा अध्ययनरत विद्यार्थीको संस्था एसोसिएसन अफ मेकानिकल इञ्जिनियरिङ स्डुडेन्ट्स (एम्स) को आयोजनामा ‘अभियन्ता-२६’ हुने भएको छ । ‘अभियन्ता-२६’ अन्तर्गत मुख्य कार्यक्रम आगामी पुस ७ र ८ गते धुलिखेलस्थित विश्वविद्यालय प्रांगणमा हुने र त्यसअघि पनि विविध इभेन्टहरू आयोजना गरिने बताइएको छ । जसअनुसार मंसिर १२ देखि १४ गतेसम्म अल नेपाल गो-कार्ट प्रतिस्पर्धा आयोजना गरिने एम्सका अध्यक्ष आदर्श ...

हिमालय टाइम्स
एनएमबीलाई दुई अवार्ड
Latest NewsJust now

एनएमबीलाई दुई अवार्ड

काठमाडौं । एनएमबी बैंकले प्रतिष्ठित भिसा लिडरसिप कन्क्लेभमा दुर्ई महत्त्वपूर्ण अवार्ड प्राप्त गरेको छ । डिजिटल भुक्तानी र ग्राहकमुखी बैंकिङ सेवामा पुर्‍याएको उत्कृष्ट योगदानको कदर गर्दै बैंकलाई एक्सिलेन्स इन प्रोडक्ट इन्नोभेसन, एक्सिलेन्स इन कन्जुमर डेबिट काडर््स बिजनेस-प्रिन्सिपल क्लाइन्ट अवार्डबाट सम्मान गरिएको हो । सम्मानले ग्राहकको दैनिक वित्तीय कारोबार अझ सरल, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यसाथ आफ्ना डिजिटल सेवा निरन्तर परिष्कृत गर्दै ...

हिमालय टाइम्स
जोन्टा क्लबको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान
Latest NewsJust now

जोन्टा क्लबको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान

काठमाडौं । जोन्टा क्लब काठमाडौंले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान काठमाडौंको वसन्तपुरमा सार्वजनिक कला स्थापनाको अनावरण गर्दै सुरु गरेको छ । अभियान उद््घाटन काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको उपस्थितिमा भएको थियो । तीन युवा नेपाली महिला कलाकार अमिषा महर्जन, निर्विता शाक्य र अमिषा केसीले वरिष्ठ कलाकार कपिलमणि दीक्षितको मार्गदर्शनमा तयार पारेको उक्त कला स्थापनाले महिला तथा किशोरीले ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement