Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

जोन्टा क्लबको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान

Share:WhatsAppFacebookX (Twitter)Telegram
जोन्टा क्लबको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । जोन्टा क्लब काठमाडौंले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान काठमाडौंको वसन्तपुरमा सार्वजनिक कला स्थापनाको अनावरण गर्दै सुरु गरेको छ । अभियान उद््घाटन काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको उपस्थितिमा भएको थियो । तीन युवा नेपाली महिला कलाकार अमिषा महर्जन, निर्विता शाक्य र अमिषा केसीले वरिष्ठ कलाकार कपिलमणि दीक्षितको मार्गदर्शनमा तयार पारेको उक्त कला स्थापनाले महिला तथा किशोरीले समाजमा खुलेर व्यक्त गर्न नसकेका र चुपचाप सहन बाध्य भएका भावनात्मक तथा सामाजिक पीडा उजागर गरेको छ । ‘उनका धेरै झोला छन्, सबैले देख्छन् तर सबैभन्दा गह्रौँ झोला कसैले देख्दैन, जुन उनी एक्लै बोकेर हिँडिरहेकी हुन्छिन्’ भन्ने अवधारणामा आधारित उक्त कलाले महिला तथा किशोरीले भोग्ने डर, दमन, दोषारोपण र चार भित्ताभित्र सीमित पीडाका कथा प्रस्तुत गरेको छ । जसले हिंसाका विषयमा मौनता तोड्न, आफ्ना अनुभव खुलेर व्यक्त गर्न र महिला तथा किशोरीमाथि हुने हिंसा अन्त्यका लागि सामूहिकरूपमा अघि बढ्न समाजलाई प्रेरित गर्ने उद्देश्य राखेको छ । महिला हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्न र अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकतामाथि जोड दिँदै काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘काठमाडौं महानगरपालिकाले जोन्टा क्लबसँग महिला हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानमा सहकार्य गरेर महिला हिंसासम्बन्धी जनचेतना जगाउने र सोपश्चात् पनि महिला हिंसाविरुद्धको यो अभियानलाई निरन्तरता दिने योजना रहेको छ । म पनि महिला भएकाले हाम्रा दिदीबहिनी, आमाहरूले समाजमा भोगिरहेको हिंसा, अपहेलना र लैंगिक विभेदबारे अवगत छु । यस्तो अभियानमा हातेमालो गरेर महिला हिंसा र विभेदको अन्त्य गर्नु हामी सबैको जिम्मेवारी हो ।’ आयोजकका अनुसार डिसेम्बर १० सम्म सञ्चालन हुने अभियान विश्वव्यापी ‘जोन्टा सेज नो’ पहलअन्तर्गत आयोजना गरिएको हो । कार्यक्रममा जोन्टा क्लब काठमाडौंकी अध्यक्ष, मृदुला राजभण्डारीले लैंगिक हिंसा अन्त्यका लागि जनचेतनासँगै सामूहिक र निरन्तर प्रयास आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘लैंगिक हिंसा अन्त्य गर्न जनचेतना अभिवृद्धिसँगै समाजका सबै तहबाट निरन्तर प्रयास आवश्यक छ । यस वर्षको ‘जोन्टा सेज नो’ अभियानमार्फत् युवा, विद्यार्थी, स्थानीय तह र निजी क्षेत्र जोड्दै संवादलाई व्यावहारिक परिवर्तनमा रूपान्तरण गर्ने हाम्रो लक्ष्य छ । जोन्टा क्लब काठमाडौंको महिला हिंसाविरुद्धको समितिकी अध्यक्ष दिप्ती आचार्यले भन्नुभयो, ‘कला आफ्ना पीडा र अनुभव अभिव्यक्त गर्ने सशक्त माध्यम हो ।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अमेरिकी र अस्ट्रेलियन डलरसहित महँगिए यी मुद्रा
Latest NewsJust now

अमेरिकी र अस्ट्रेलियन डलरसहित महँगिए यी मुद्रा

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।  हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको थियो। आज अमेरिकन डलर १ को खरिद... ...

नेपालखबर
एम्सको आयोजनामा ‘अभियन्ता-२६’ हुँदै
Latest NewsJust now

एम्सको आयोजनामा ‘अभियन्ता-२६’ हुँदै

काठमाडौं । काठमाडौं विश्वविद्यालमा मेकानिकल इञ्जिनियरिङमा अध्ययनरत विद्यार्थीको संस्था एसोसिएसन अफ मेकानिकल इञ्जिनियरिङ स्डुडेन्ट्स (एम्स) को आयोजनामा ‘अभियन्ता-२६’ हुने भएको छ । ‘अभियन्ता-२६’ अन्तर्गत मुख्य कार्यक्रम आगामी पुस ७ र ८ गते धुलिखेलस्थित विश्वविद्यालय प्रांगणमा हुने र त्यसअघि पनि विविध इभेन्टहरू आयोजना गरिने बताइएको छ । जसअनुसार मंसिर १२ देखि १४ गतेसम्म अल नेपाल गो-कार्ट प्रतिस्पर्धा आयोजना गरिने एम्सका अध्यक्ष आदर्श ...

हिमालय टाइम्स
एनएमबीलाई दुई अवार्ड
Latest NewsJust now

एनएमबीलाई दुई अवार्ड

काठमाडौं । एनएमबी बैंकले प्रतिष्ठित भिसा लिडरसिप कन्क्लेभमा दुर्ई महत्त्वपूर्ण अवार्ड प्राप्त गरेको छ । डिजिटल भुक्तानी र ग्राहकमुखी बैंकिङ सेवामा पुर्‍याएको उत्कृष्ट योगदानको कदर गर्दै बैंकलाई एक्सिलेन्स इन प्रोडक्ट इन्नोभेसन, एक्सिलेन्स इन कन्जुमर डेबिट काडर््स बिजनेस-प्रिन्सिपल क्लाइन्ट अवार्डबाट सम्मान गरिएको हो । सम्मानले ग्राहकको दैनिक वित्तीय कारोबार अझ सरल, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यसाथ आफ्ना डिजिटल सेवा निरन्तर परिष्कृत गर्दै ...

हिमालय टाइम्स
पशु दानाको मूल्य बढेको भन्दै दूधको मूल्य बढाउन दबाब
Latest NewsJust now

पशु दानाको मूल्य बढेको भन्दै दूधको मूल्य बढाउन दबाब

काठमाडौं । पछिल्लो समय पशु दानाको अस्वाभाविक मूल्यवृद्धि भएको भन्दै मूल्यवृद्धि नियन्त्रण गर्न कृषि तथा पशुपन्छी व्यवसायी संघले सरकारसँग माग गरेको छ । साथै पशु दानाको गुणस्तर सुनिश्चितता कायम गर्न र वैज्ञानिक विधिबाट मूल्य निर्धारण गर्न पनि संघले सरकारको ध्यानाकर्षण गराएको छ । कच्चा पदार्थको मूल्यवृद्धिको बहानामा दानाको भाउ निरन्तर बढाइँदा विशेषगरी गाईभैँसीपालन तथा दुग्ध उत्पादनमा संलग्न किसानहरू प्रत्यक्ष मारमा ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement