Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

लुम्बिनीमा ‘अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन’ हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
लुम्बिनीमा ‘अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन’ हुँदै
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा आगामी मंसिर २४ देखि २६ गतेसम्म लुम्बिनीमा ‘अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन’ हुने भएको छ । महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले दिगो शान्तिका लागि न्याय, समावेशिता, समानता र सबैका लागि आर्थिक अवसर आवश्यक रहेको परिप्रेक्ष्यमा पारस्परिक सहयोग, लोकतान्त्रिक सहभागिता र समानताका सिद्धान्तमा आधारित सहकारी संस्थाहरू शान्ति निर्माण र दिगो विकासका माध्यम भएकाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो । सम्मेलनमा सहभागिताका लागि सदस्य संघमार्फत् मुलुकभित्र र मुलुकबाहिरका सहकारीकर्मीलाई अनुरोध गरिएको उहाँले बताउनुभयो । सहकारी शान्ति सम्मेलनमा सहभागी हुन स्वदेश तथा विदेशबाट उत्साहपूर्वक रजिष्ट्रेसन भइरहेको पोखरेलको भनाइ छ । सम्मेलनमा छ सय ५० जनाको सहभागिता भएकाले इच्छुक सहकारीकर्मीलाई छिटो रजिष्ट्रेसन गरी आफ्नो सिट सुरक्षित गर्न आग्रह गरिएको छ ।

मुलुकमा केही सहकारी संस्थाले सदस्यको बचत अपचलन गर्दा सिंगो सहकारी अभियानमाथि नै प्रश्न उठिरहेको सन्दर्भमा सो क्षेत्रको समस्या समाधान गर्ने गरी सम्मेलनले मार्ग प्रशस्त गर्ने आयोजकको अपेक्षा रहेको छ ।

सहकारी शान्ति सम्मेलन भनिए पनि सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका विषयमा समेत छलफल गरिने हुँदा सम्मेलन फलदायी हुने पोखरेलले बताउनुभयो । मुलुकमा खुलेका केही सहकारी संस्थाले सदस्यको बचतलाई अपचलन गर्दा सिंगो सहकारी अभियानमाथि नै प्रश्न उठिरहेको सन्दर्भमा सो क्षेत्रको समस्या समाधान गर्ने गरी सम्मेलनले मार्ग प्रशस्त गर्ने आयोजकको अपेक्षा रहेको छ । अन्तर्राष्ट्रिय जगत्मा भएका सहकारीका असल अभ्यासलाई समेत मुलुकमा आन्तरिकीकरण गरी थप सुदृढ र व्यवस्थित बनाउन सम्मेलनले सघाउने पोखरेलले बताउनुभयो । सम्मेलनमा अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसिए) का एसिया प्यासिफिकका अध्यक्ष डा. चन्द्रपाल सिंह यादवसमेत सहभागी हुने बताइएको छ । सम्मेलनमा सहकारीको दिगोपन, वित्तीय परिचालनका उपायहरू, स्रोत परिचानलसम्बन्धी प्रस्तुतीकरण, सहकारीका लागि आवश्यक नयाँ प्रविधिका साथै सहकारी क्षेत्रका विभिन्न आयामबारेमा छलफल गरी निचोडमा पुग्ने लक्ष्य राखिएको छ । स्थानीय, प्रदेश र संघीय सरकार र अभियानबीच अन्तरसंवाद गरी सो क्षेत्रमा देखिएको अन्योलतासमेत सम्मेलनले चिर्ने र नयाँ गति दिने आशा गरिएको छ ।

विज्ञान र प्रविधिमा भएको प्रगतिका बाबजुद पनि विश्वमा गरिबी, असमानता, द्वन्द्व र वातावरणीय क्षय कायम रहेको अवस्थामा सम्मेलनले विश्वभर समावेशी आर्थिक वृद्धि, सामाजिक सद्भाव र दिगो विकास बढाउँदै सहकारीमार्फत् विश्वमा शान्ति प्रवर्द्धन गर्न सकारात्मक सन्देश दिने विश्वास लिइएको छ । सम्मेलनमा शान्ति निर्माण र सहकारी, आर्थिक समानता र युवा तथा महिला नेतृत्व, जलवायु तथा दिगोपन, दिगो विकास लक्ष्य तथा डिजिटल रूपान्तरण र विश्वव्यापी साझेदारीजस्ता प्रमुख विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् । त्यसैगरी सहकारीमार्फत् शान्तिका लागि आधिकारिक लुम्बिनी घोषणापत्र, सम्मेलन कार्यवाही प्रतिवेदन, सरकार तथा अन्तर्राष्ट्रिय सहकारी निकायका लागि कार्यान्वयनयोग्य नीति सिफारिस, अन्तर्राष्ट्रिय साझेदारी र युवा सहकार्य सञ्जाल तथा विश्व सहकारी शान्ति मञ्चको स्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ । सम्मेलनबाट अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नतिजा प्राप्त हुने महासंघको विश्वास छ ।

सम्मेलनबाट सहकारीको शान्तिमा योगदानबारे विश्वव्यापी सचेतना, सरोकारवालाबीच बलियो सञ्जाल, जलवायु परिवर्तनबारे छलफल र प्राविधिक ज्ञान आदानप्रदान, सीमापार परियोजना सञ्चालन, सहकारीमैत्री नीतिको कार्यान्वयन र अन्तर्राष्ट्रिय सहकार्य वृद्धिका साथै दीर्घकालीन विश्व शान्ति स्थापनामा पहल, सहकारीमार्फत् दिगो सामाजिक आर्थिक विकास तथा शान्ति संवादको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा नेपालको पहिचान पुग्ने अपेक्षा गरिएको छ । सहकारीको पुँजी उत्पादन तथा प्रशोधन, बजारीकरण, वित्तीय क्षेत्र र कृषिको दिगोपनका साथै उद्यम व्यवसायका क्षेत्रमा लगानी बढाउन अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालमा भित्र्याई मुलुकको आर्थिक तथ सामाजिक रूपान्तरणमा थप टेवा पुर्‍याउने लक्ष्य सम्मेलनको छ । त्यसैगरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी व्यवस्थित गर्न बन्न लागेको प्राधिकरण ऐनलाई समेत सार्थक बनाउन सम्मलेनमार्फत् सघाउने विश्वास लिइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
इराकमा आठ फ्रान्सेली नागरिकविरुद्ध आजीवन कारावासको फैसला
Latest NewsJust now

इराकमा आठ फ्रान्सेली नागरिकविरुद्ध आजीवन कारावासको फैसला

इस्लामिक स्टेट (आईएस) समूहमा आबद्ध भएको अभियोगमा इराकको एक अदालतले आठ जना फ्रान्सेली नागरिकलाई बिहीबार आजीवन कारावासको सजाय सुनाएको छ। अन्य दुई जनालाई १५ वर्ष कैद सजाय सुनाइएको छ भने बाँकी १० जनाको फैसला अर्को मितिका लागि स्थगन गरिएको छ। सजाय पाउने १० जना गत वर्ष सिरियाबाट इराक ल्याइएका र गत सेप्टेम्बरदेखि मुद्दा चलाइएका ४७ फ्रान्सेली नागरिकमध्येका हुन्। ... ...

नेपालखबर
१० औँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा आर्मी ६७ रनले विजयी
Latest NewsJust now

१० औँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा आर्मी ६७ रनले विजयी

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६७ रनले पराजित गरेको छ। सुर्खेतको वीरेन्द्रनगरस्थित कालुञ्चोक मैदानमा आज भएको खेलमा टस जितेर पहिले बलिङ गरेको गण्डकीले आर्मीलाई निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १७७ रनमा सीमित गरेको थिय । जवाफमा गण्डकी १७ ओभरमा सबै विकेट गुमाएर ११० रनमात्र बनाउन सक्यो। आर्मीका कप्त... ...

नेपालखबर
प्रदर्शनमा ‘सारथी’ र ‘ककाकिकी’
Latest NewsJust now

प्रदर्शनमा ‘सारथी’ र ‘ककाकिकी’

काठमाडौं । शुक्रबारदेखि देशभरका सिनेमाघरमा दुई नेपाली चलचित्र ‘सारथी’ र ‘ककाकिकी’ प्रदर्शनमा आएका छन् । कुमार गजुरेल निर्देशित पारिवारिक तथा सामाजिक कथावस्तुको चलचित्र ‘सारथी’ र बिक्की अग्रवाल तथा श्रद्धा प्रसाईं निर्देशित हास्यप्रधान चलचित्र ‘ककाकिकी’ एकसाथ प्रदर्शनमा आएका हुन् । दुवै चलचित्रले केन्द्रीय चलचित्र जाँच समितिबाट सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने ‘युनिभर्सल’ (यू) सर्टिफिकेट प्राप्त गरेका छन् । यससँगै दुवै ...

हिमालय टाइम्स
‘एक्का तीन’को शुभमुहूर्त
Latest NewsJust now

‘एक्का तीन’को शुभमुहूर्त

ललितपुर । एक्सनप्रधान चलचित्र ‘एक्का तीन’को शुभमुहूर्त गरिएको छ । बिहीबार बिहान ललितपुरस्थित कार्यविनायक मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै चलचित्रको औपचारिक निर्माण थालिएको हो । शुभमुहूर्त समारोहमा चलचित्रका मुख्य अभिनेत्री पूजा शर्मा र कविता नेपाली उपस्थित हुनुहुन्थ्यो । यही मंसिर २५ गतेदेखि छायांकन सुरु हुने यस चलचित्रमा सुशील श्रेष्ठ, बुद्धि तामाङ, सानिया खान, राजीवजंग बस्नेत, दीपक थापा, काली राना, विनोद ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement