Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

प्रदर्शनमा ‘सारथी’ र ‘ककाकिकी’

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रदर्शनमा ‘सारथी’ र ‘ककाकिकी’
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । शुक्रबारदेखि देशभरका सिनेमाघरमा दुई नेपाली चलचित्र ‘सारथी’ र ‘ककाकिकी’ प्रदर्शनमा आएका छन् । कुमार गजुरेल निर्देशित पारिवारिक तथा सामाजिक कथावस्तुको चलचित्र ‘सारथी’ र बिक्की अग्रवाल तथा श्रद्धा प्रसाईं निर्देशित हास्यप्रधान चलचित्र ‘ककाकिकी’ एकसाथ प्रदर्शनमा आएका हुन् । दुवै चलचित्रले केन्द्रीय चलचित्र जाँच समितिबाट सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने ‘युनिभर्सल’ (यू) सर्टिफिकेट प्राप्त गरेका छन् । यससँगै दुवै चलचित्रले पारिवारिक दर्शकलाई समेत लक्षित गरेका छन् । प्रदर्शनमा आएका दुई चलचित्रमध्ये ‘सारथी’को मुख्य आकर्षण दुई दशकपछि अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहको पुनरागमन हो । नेपाली चलचित्रमा कुनै समय लोकप्रिय जोडीका रूपमा स्थापित उत्तम र निरुतालाई पुनः एकसाथ पर्दामा हेर्न पाउनु यस चलचित्रको विशेष पक्ष मानिएको छ । ‘सारथी’ले पारिवारिक सम्बन्ध, सामाजिक परिवेश र भावनात्मक कथालाई केन्द्रमा राखेको छ भने ‘ककाकिकी’ले हाँस्य मनोरञ्जनमार्फत दर्शकलाई आकर्षित गर्ने लक्ष्य लिएको छ । पारिवारिक तथा सामाजिक कथामा रुचि राख्ने र हास्यप्रधान चलचित्र हेर्न चाहने दुवैथरी दर्शकका लागि यस शुक्रबार नेपाली चलचित्रका दुई विकल्प थपिएका छन् । दुई घण्टा २२ मिनेट ३१ सेकेण्ड लामो ‘सारथी’ पारिवारिक तथा सामाजिक विषयवस्तुमा आधारित छ । चलचित्रको कथा तथा निर्देशन कुमार गजुरेलले नै गर्नुभएको हो । दुर्गम पहाडी भूगोल, मौलिक संस्कृति र ग्रामीण जीवनको परिवेशमा निर्माण गरिएको चलचित्रले माया, त्याग, पहिचान, संघर्ष र मानवीय संवेदनाका पक्षलाई प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ । धीरज इन्फिनिटी फिल्मस्सँगको सहकार्यमा किम्भे प्रोडक्सनको प्रस्तुति रहेको चलचित्रमा उत्तम प्रधान र निरुता सिंहसँगै मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा लगायतको अभिनय छ । यसै चलचित्रमार्फत गिरी विश्वकर्मा र गायत्री जोशीले नायक तथा नायिकाका रूपमा डेब्यु गर्नुभएको छ । नेपाली चलचित्र क्षेत्रमा अनुभवी सम्पादकका रूपमा परिचित तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहनुभएको चलचित्रको सम्पादन पनि उहाँले नै गर्नुभएको हो । चलचित्रका निर्माता रदिप श्रेष्ठ र प्रदिप रायमाझी हुनुहुन्छ भने बेकबहादुर कुमाई र नवीन श्रेष्ठ कार्यकारी निर्माता रहनुभएको छ । अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिशान थापा सहनिर्माता तथा आमिर केसी लाइन प्रोड्युसर हुनुहुन्छ । चलचित्रमा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत, संकल भुजेलको छायांकन तथा कविराज गहतराजको नृत्य निर्देशन छ । आरआर फिल्मस्ले वितरण गर्ने चलचित्रले ग्रामीण परिवेश र सामाजिक सम्बन्धका भावनात्मक आयामलाई पर्दामा उतारेको निर्माण पक्षको छ ।यता, शुक्रबारदेखि नै प्रदर्शनमा आएको अर्को चलचित्र ‘ककाकिकी’ हास्यप्रधान कथावस्तुमा आधारित छ । बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशन रहेको चलचित्रमा नेपाली चलचित्र तथा हास्य मनोरञ्जन क्षेत्रका परिचित कलाकारहरूको ठूलो समूह समेटिएको छ । हास्य शैली र कलाकारको विविधताका कारण चलचित्रले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ । काठमाडौंमा गरिएको प्रिमियर शोमा यो चलचित्रले प्रशंसा पाएको थियो । ‘ककाकिकी’मा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल, प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सिडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बीटी कान्छा), एलिसा भोग, सुवर्ण थापा, कमल देवकोटालगायत कलाकारको अभिनय छ । चलचित्रकी निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापा हुनुहुन्छ । यसको अवधारणा सुमन अग्रवालको हो भने कथा तथा पटकथा बिक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीले तयार पार्नुभएको हो । विश्वास तिमल्सिना (बीटी कान्छा)ले स्क्रिप्ट डक्टरको जिम्मेवारी सम्हाल्नुभएको छ । सुदीप बरालले छायांकन गर्नुभएको चलचित्रमा अनिश बुढाथोकी मुख्य सहायक निर्देशक तथा विशाल राई सहायक निर्देशक हुनुहुन्छ । अनिश तामाङले मेकअप, सुमन परियारले कष्ट्युम डिजाइन र अरुण रेग्मीले प्रोडक्सन हेडको जिम्मेवारी सम्हाल्नुभएको छ । चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ । एकै दिन प्रदर्शनमा आएका यी दुई चलचित्रको विषयवस्तु र प्रस्तुति भने फरक छन् । ‘सारथी’ले पारिवारिक सम्बन्ध, सामाजिक परिवेश र भावनात्मक कथालाई केन्द्रमा राखेको छ भने ‘ककाकिकी’ले हास्य मनोरञ्जनमार्फत दर्शकलाई आकर्षित गर्ने लक्ष्य लिएको छ । पारिवारिक तथा सामाजिक कथामा रुचि राख्ने र हास्यप्रधान चलचित्र हेर्न चाहने दुवैथरी दर्शकका लागि यस शुक्रबार नेपाली चलचित्रका दुई विकल्प थपिएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
‘एक्का तीन’को शुभमुहूर्त
Latest NewsJust now

‘एक्का तीन’को शुभमुहूर्त

ललितपुर । एक्सनप्रधान चलचित्र ‘एक्का तीन’को शुभमुहूर्त गरिएको छ । बिहीबार बिहान ललितपुरस्थित कार्यविनायक मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै चलचित्रको औपचारिक निर्माण थालिएको हो । शुभमुहूर्त समारोहमा चलचित्रका मुख्य अभिनेत्री पूजा शर्मा र कविता नेपाली उपस्थित हुनुहुन्थ्यो । यही मंसिर २५ गतेदेखि छायांकन सुरु हुने यस चलचित्रमा सुशील श्रेष्ठ, बुद्धि तामाङ, सानिया खान, राजीवजंग बस्नेत, दीपक थापा, काली राना, विनोद ...

हिमालय टाइम्स
सञ्चार प्रविधिमा नयाँ छलाङ मार्ने तयारीमा चीन
Latest NewsJust now

सञ्चार प्रविधिमा नयाँ छलाङ मार्ने तयारीमा चीन

चीनले सन् २०३० सम्ममा अत्याधुनिक सञ्चार सञ्जाल निर्माण गर्ने लक्ष्यसहित नयाँ कार्ययोजना सार्वजनिक गरेको छ। देशभर व्यापक पहुँच र उच्च कार्यक्षमतासहितको आगामी पुस्ताको सञ्चार नेटवर्क विकास गर्ने उद्देश्यले चिनियाँ सरकारी निकायहरूले बिहीबार संयुक्त रूपमा कार्यान्वयन योजना सार्वजनिक गरेका हुन्। योजनाअनुसार चीनले छैटौँ पुस्ताको मोबाइल नेटवर्क (६जी) विकासलाई उपयुक्त समयमा अ... ...

नेपालखबर
इतिहासकार पन्तको ‘राणा लोकार्पण’
Latest NewsJust now

इतिहासकार पन्तको ‘राणा लोकार्पण’

काठमाडौं । इतिहासकार महेशराज पन्तको २२औं पुस्तक ‘राणा : काल, कर्ता र किताब’ लोकार्पण गरिएको छ । नेपालयको आरशालामा आयोजित कार्यक्रममा इतिहासकारद्वय महेशराज पन्त र दिनेशराज पन्तको उपस्थितिमा पुस्तक लोकार्पण गरिएको हो । पुस्तकमा राणाकालसँग सम्बन्धित २२ वटा अनुसन्धानमूलक लेख समेटिएका छन् । लेखक पन्तले यसअघि विभिन्न पत्रपत्रिकामा प्रकाशित लेखलाई परिष्कार र परिमार्जन गरी पुस्तकमा समावेश गरिएको जानकारी दिनुभयो । कार्यक्रममा इतिहासकार ...

हिमालय टाइम्स
महिलाका संघर्ष र योगदान समेटिएको तस्वीर प्रदर्शनी
Latest NewsJust now

महिलाका संघर्ष र योगदान समेटिएको तस्वीर प्रदर्शनी

पोखरा । नेपाली महिलाले न्याय, मुक्ति र समानताका लागि विभिन्न कालखण्डमा गरेका संघर्ष र योगदानलाई समेटेर पोखरामा तस्वीर प्रदर्शनी सुरु भएको छ । फोटो सर्कलअन्तर्गत नेपाल पिक्चर लाइब्रेरीले लेकसाइडस्थित बाराहीघाटमा आयोजना गरेको ‘सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल’ प्रदर्शनीमा राजनीति, शिक्षा, साहित्यलगायत क्षेत्रमा योगदान पुर्‍याएका महिलाका चार सयभन्दा बढी तस्वीर राखिएका छन् । प्रदर्शनी संयोजक सम्झना नेपालीका अनुसार महिलाको इतिहास, ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement