Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

महिलाका संघर्ष र योगदान समेटिएको तस्वीर प्रदर्शनी

Share:WhatsAppFacebookX (Twitter)Telegram
महिलाका संघर्ष र योगदान समेटिएको तस्वीर प्रदर्शनी
Photo / Coverage: हिमालय टाइम्स

पोखरा । नेपाली महिलाले न्याय, मुक्ति र समानताका लागि विभिन्न कालखण्डमा गरेका संघर्ष र योगदानलाई समेटेर पोखरामा तस्वीर प्रदर्शनी सुरु भएको छ । फोटो सर्कलअन्तर्गत नेपाल पिक्चर लाइब्रेरीले लेकसाइडस्थित बाराहीघाटमा आयोजना गरेको ‘सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल’ प्रदर्शनीमा राजनीति, शिक्षा, साहित्यलगायत क्षेत्रमा योगदान पुर्‍याएका महिलाका चार सयभन्दा बढी तस्वीर राखिएका छन् । प्रदर्शनी संयोजक सम्झना नेपालीका अनुसार महिलाको इतिहास, संघर्ष र योगदानलाई सार्वजनिक स्मृतिमा स्थापित गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो । नेपाल पिक्चर लाइब्रेरीले अभिलेख गरेका तस्वीरमध्ये महिला आन्दोलन र सशक्तीकरणसँग सम्बन्धित तस्वीर छनोट गरी प्रदर्शनमा राखिएको उहाँले बताउनुभयो । प्रदर्शनीमा राणा शासनकालमा महिलाले गरेका संघर्षदेखि माओवादी सशस्त्र द्वन्द्वमा महिलाले गरेको योगदान र बलिदानसम्मका कथा समेटिएका छन् । तस्वीरलाई विभिन्न खण्डमा विभाजन गरी तिनको ऐतिहासिक सन्दर्भ र पृष्ठभूमिसमेत प्रस्तुत गरिएको छ । शनिबारसम्म सञ्चालन हुने प्रदर्शनी यसअघि वीरगञ्ज, जनकपुर, नेपालगञ्ज र सुर्खेतलगायत सहरमा आयोजना गरिएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रदर्शनमा ‘सारथी’ र ‘ककाकिकी’
Latest NewsJust now

प्रदर्शनमा ‘सारथी’ र ‘ककाकिकी’

काठमाडौं । शुक्रबारदेखि देशभरका सिनेमाघरमा दुई नेपाली चलचित्र ‘सारथी’ र ‘ककाकिकी’ प्रदर्शनमा आएका छन् । कुमार गजुरेल निर्देशित पारिवारिक तथा सामाजिक कथावस्तुको चलचित्र ‘सारथी’ र बिक्की अग्रवाल तथा श्रद्धा प्रसाईं निर्देशित हास्यप्रधान चलचित्र ‘ककाकिकी’ एकसाथ प्रदर्शनमा आएका हुन् । दुवै चलचित्रले केन्द्रीय चलचित्र जाँच समितिबाट सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने ‘युनिभर्सल’ (यू) सर्टिफिकेट प्राप्त गरेका छन् । यससँगै दुवै ...

हिमालय टाइम्स
‘एक्का तीन’को शुभमुहूर्त
Latest NewsJust now

‘एक्का तीन’को शुभमुहूर्त

ललितपुर । एक्सनप्रधान चलचित्र ‘एक्का तीन’को शुभमुहूर्त गरिएको छ । बिहीबार बिहान ललितपुरस्थित कार्यविनायक मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै चलचित्रको औपचारिक निर्माण थालिएको हो । शुभमुहूर्त समारोहमा चलचित्रका मुख्य अभिनेत्री पूजा शर्मा र कविता नेपाली उपस्थित हुनुहुन्थ्यो । यही मंसिर २५ गतेदेखि छायांकन सुरु हुने यस चलचित्रमा सुशील श्रेष्ठ, बुद्धि तामाङ, सानिया खान, राजीवजंग बस्नेत, दीपक थापा, काली राना, विनोद ...

हिमालय टाइम्स
सञ्चार प्रविधिमा नयाँ छलाङ मार्ने तयारीमा चीन
Latest NewsJust now

सञ्चार प्रविधिमा नयाँ छलाङ मार्ने तयारीमा चीन

चीनले सन् २०३० सम्ममा अत्याधुनिक सञ्चार सञ्जाल निर्माण गर्ने लक्ष्यसहित नयाँ कार्ययोजना सार्वजनिक गरेको छ। देशभर व्यापक पहुँच र उच्च कार्यक्षमतासहितको आगामी पुस्ताको सञ्चार नेटवर्क विकास गर्ने उद्देश्यले चिनियाँ सरकारी निकायहरूले बिहीबार संयुक्त रूपमा कार्यान्वयन योजना सार्वजनिक गरेका हुन्। योजनाअनुसार चीनले छैटौँ पुस्ताको मोबाइल नेटवर्क (६जी) विकासलाई उपयुक्त समयमा अ... ...

नेपालखबर
इतिहासकार पन्तको ‘राणा लोकार्पण’
Latest NewsJust now

इतिहासकार पन्तको ‘राणा लोकार्पण’

काठमाडौं । इतिहासकार महेशराज पन्तको २२औं पुस्तक ‘राणा : काल, कर्ता र किताब’ लोकार्पण गरिएको छ । नेपालयको आरशालामा आयोजित कार्यक्रममा इतिहासकारद्वय महेशराज पन्त र दिनेशराज पन्तको उपस्थितिमा पुस्तक लोकार्पण गरिएको हो । पुस्तकमा राणाकालसँग सम्बन्धित २२ वटा अनुसन्धानमूलक लेख समेटिएका छन् । लेखक पन्तले यसअघि विभिन्न पत्रपत्रिकामा प्रकाशित लेखलाई परिष्कार र परिमार्जन गरी पुस्तकमा समावेश गरिएको जानकारी दिनुभयो । कार्यक्रममा इतिहासकार ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement