Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

पत्रकार राजेन्द्र विष्टको निधन

Share:WhatsAppFacebookX (Twitter)Telegram
पत्रकार राजेन्द्र विष्टको निधन
Photo / Coverage: हिमालय टाइम्स

धनगढी । पत्रकार राजेन्द्र विष्टको उपचारका क्रममा निधन भएको छ । प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष विष्टको बिहीबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा निधन भएको हो । कलेजोमा संक्रमण देखिएपछि स्वास्थ्य अवस्था बिग्रँदै जाँदा उहाँलाई अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उहाँको निधन भएको हो । कञ्चनपुर निवासी विष्ट लामो समयदेखि राष्ट्रिय समाचार समिति (रासस) मा आबद्ध हुनुहुन्थ्यो । उहाँको निधनले पत्रकारिता क्षेत्रमा शोक छाएको छ । विष्ट पछिल्लो समय पारिवारिक शोकमा समेत हुनुहुन्थ्यो । गत कात्तिक २२ गते उहाँकी आमा विष्णादेवी विष्टको निधन भएको थियो । आमाको निधन भएको १८ दिनपछि विष्टको पनि निधन भएको हो । आमाको किरिया सकेलगत्तै उहाँको स्वास्थ्यमा समस्या देखिएको थियो । विष्टको पुर्ख्यौली घर बैतडीको खोडपे हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सञ्चार प्रविधिमा नयाँ छलाङ मार्ने तयारीमा चीन
Latest NewsJust now

सञ्चार प्रविधिमा नयाँ छलाङ मार्ने तयारीमा चीन

चीनले सन् २०३० सम्ममा अत्याधुनिक सञ्चार सञ्जाल निर्माण गर्ने लक्ष्यसहित नयाँ कार्ययोजना सार्वजनिक गरेको छ। देशभर व्यापक पहुँच र उच्च कार्यक्षमतासहितको आगामी पुस्ताको सञ्चार नेटवर्क विकास गर्ने उद्देश्यले चिनियाँ सरकारी निकायहरूले बिहीबार संयुक्त रूपमा कार्यान्वयन योजना सार्वजनिक गरेका हुन्। योजनाअनुसार चीनले छैटौँ पुस्ताको मोबाइल नेटवर्क (६जी) विकासलाई उपयुक्त समयमा अ... ...

नेपालखबर
महिलाका संघर्ष र योगदान समेटिएको तस्वीर प्रदर्शनी
Latest NewsJust now

महिलाका संघर्ष र योगदान समेटिएको तस्वीर प्रदर्शनी

पोखरा । नेपाली महिलाले न्याय, मुक्ति र समानताका लागि विभिन्न कालखण्डमा गरेका संघर्ष र योगदानलाई समेटेर पोखरामा तस्वीर प्रदर्शनी सुरु भएको छ । फोटो सर्कलअन्तर्गत नेपाल पिक्चर लाइब्रेरीले लेकसाइडस्थित बाराहीघाटमा आयोजना गरेको ‘सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल’ प्रदर्शनीमा राजनीति, शिक्षा, साहित्यलगायत क्षेत्रमा योगदान पुर्‍याएका महिलाका चार सयभन्दा बढी तस्वीर राखिएका छन् । प्रदर्शनी संयोजक सम्झना नेपालीका अनुसार महिलाको इतिहास, ...

हिमालय टाइम्स
कविता प्रतियोगितामा सुमन घिमिरे ‘अग्रिम’ प्रथम
Latest NewsJust now

कविता प्रतियोगितामा सुमन घिमिरे ‘अग्रिम’ प्रथम

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औं जन्मजयन्तीका अवसरमा वीरेन्द्र पुस्तकालय, कुटुवहाल चाबहिलद्वारा आयोजित खुला कविता प्रतियोगितामा कवि सुमन घिमिरे ‘अग्रिम’ प्रथम हुनुभएको छ । प्रतियोगितामा ईश्वर थापा दोस्रो र देवेन्द्र अधिकारी तेस्रो हुनुभयो । प्रथम, दोस्रो र तेस्रो हुने कविहरूले क्रमशः ५० हजार, २५ हजार र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र तथा ट्रफी प्राप्त गर्नुभयो । कुटुवहाल चाबहिलमा आयोजित प्रतियोगितामा १० ...

हिमालय टाइम्स
लुम्बिनीमा ‘अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन’ हुँदै
Latest NewsJust now

लुम्बिनीमा ‘अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन’ हुँदै

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा आगामी मंसिर २४ देखि २६ गतेसम्म लुम्बिनीमा ‘अन्तर्राष्ट्रिय सहकारी शान्ति सम्मेलन’ हुने भएको छ । महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले दिगो शान्तिका लागि न्याय, समावेशिता, समानता र सबैका लागि आर्थिक अवसर आवश्यक रहेको परिप्रेक्ष्यमा पारस्परिक सहयोग, लोकतान्त्रिक सहभागिता र समानताका सिद्धान्तमा आधारित सहकारी संस्थाहरू शान्ति निर्माण र दिगो विकासका माध्यम भएकाले गौतम बुद्धको जन्मस्थल ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement