Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

दशौँ राष्ट्रिय खेलकुद : राष्ट्रिय पौडी च्याम्पियनसिपको पदक संख्यामा आर्मी शीर्ष, स्वर्णमा बागमती अगाडि

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशौँ राष्ट्रिय खेलकुद : राष्ट्रिय पौडी च्याम्पियनसिपको पदक संख्यामा आर्मी शीर्ष, स्वर्णमा बागमती अगाडि
Photo / Coverage: हिमालय टाइम्स

सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जारी २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपमा तेस्रो दिनसम्म ६ टोलीले पदक जितेका छन् । बिहीबार बेलुकासम्मको संयुक्त पुरुष तथा महिला स्पर्धाको पदक तालिकामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब कुल पदक संख्याका आधारमा शीर्ष स्थानमा रहेको छ । आर्मीले हालसम्म ६ स्वर्ण, १० रजत र १३ कांस्य गरी कुल २९ पदक जितेको छ । कुल पदक संख्यामा आर्मी पहिलो स्थानमा रहे पनि स्वर्ण पदकका आधारमा भने बागमती प्रदेश अगाडि छ । बागमती प्रदेशले १२ स्वर्ण, सात रजत र सात कांस्यसहित कुल २६ पदक जित्दै दोस्रो स्थानमा रहेको छ । यस्तै, नेपाल पुलिस क्लब चार स्वर्ण, ११ रजत र १२ कांस्य गरी कुल २७ पदकसहित तेस्रो स्थानमा छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) नौ स्वर्ण, तीन रजत र तीन कांस्य गरी कुल १५ पदकसहित चौथो स्थानमा रहेको छ । एनआरएनए स्वर्ण पदक जित्ने संख्याका आधारमा भने तेस्रो स्थानमा छ । यसैगरी, कोशी प्रदेशले दुई स्वर्ण पदक जितेको छ भने सुदूरपश्चिम प्रदेशले एक स्वर्ण, तीन रजत र एक कांस्य गरी कुल पाँच पदक हात पारेको छ । प्रतियोगिताको तेस्रो दिनसम्म ६ टोलीले संयुक्त रूपमा कुल १०४ पदक जितेका छन् । हालसम्म ३४ स्वर्ण, ३४ रजत र ३६ कांस्य पदकको टुंगो लागेको छ । प्रतियोगितामा पदकका लागि टोलीहरूबीच प्रतिस्पर्धा जारी छ । महिला बास्केटबलको क्वाटरफाइनल समीकरण पूरादशौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला बास्केटबलमा फुटबलकोर्ट र थ्री अन थ्री दुबैको क्वाटरफाइनल समिकरण पूरा भएको छ । सुर्खेत रंशालास्थित बास्केटबल कोर्टमा बिहीबार भएको समुह चरणको खेलहरू पनि क्वाटरफाइनल समिकरण तय भएको हो । दुवै फर्म्याटमा तीनवटै विभागीय टोली क्वाटरफाइनल पुगेका छन् । बिहीबार भएको फुलकोर्टतर्फको खेलमा एपीएफले कर्णालीलाई ६७-१९ को फराकिलो अन्तरले हरायो । एपीएफकी डोमा तामाङले ११ अंक जोडिन् । एपीएफ समूह को विजेता बन्दा लगातार दुई खेल हारेको कर्णाली समूह चरणबाटै बाहिरियो । यस्तै, बागमतीले मधेशलाई ४३-५ ले पराजित गर्दा एलिसा कार्कीले १० अंक स्कोर गरिन् । आस्था कुलुङ राईको ९ अंक मदतमा कोशीले गण्डकीलाई ३३-७ ले हरायो । त्यस्तै, एकपक्षिय खेलमा आर्मीले लुम्बिनीलाई ८०-२ को विशाल अन्तरले हरायो । आर्मीकी नौशिका लिम्बुले २४ अंक स्कोर गर्नुभयो । फुटलकोर्ट समूह विभागी टोली एफीएफले पहिलो क्वाटरफाइनलमा गण्डकीसँग खेल्नेछ भने सुदुरपश्चिम र लुम्बिनीबीच दोस्रो क्वाटरफाइनल हुनेछ । यस्तै, कोशी प्रदेशले नेपाल पुलिस क्लब र नेपाल आर्मीले बागमती प्रदेशसँग क्वाटरफाइनल खेल्नेछ । यसैगरी, थ्री अन थ्री तर्फ बिहीबार एपीएफले कोशीलाई १२-५, कर्णालीले मधेशलाई १६-१, सुदुरपश्चिमले गण्डकीलाई ८-४ र पुलिसले लुम्बिनीलाई ५-१ ले हरायो । एपीएफकी अनुशी महर्जनले चार, कर्णालीकी एन्जल गुप्ताले १०, सुदूरपश्चिमकी जेनिशा श्रेष्ठले चार र पुलिसकी श्रेया खड्काले तीन अंक स्कोर गर्नुभयो । यस्तै, थ्री अन थ्री मा आर्मीले गण्डकीसँग बागमतीले लुम्बिनीसँग, सुदूरपश्चिमले एपीएफसँग र पुलिसले कर्णालीसँग क्वाटरफाइनल खेल्नेछ । फुटबलमा लिग चरणबाटै बाहिरियो कर्णाली१०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सह-आयोजक कर्णाली प्रदेश पुरुष फुटबलको लिग चरणबाटै बाहिरिएको छ । बिहीबार भएको समूह चरणको दोस्रो खेलमा गण्डकी प्रदेशसँग ५-० गोलअन्तरले पराजित भएपछि कर्णाली प्रतियोगिताबाट बाहिरिएको हो । प्रतियोगितामा टिकिरहन जित्नैपर्ने दबाबमा मैदान उत्रिएको कर्णालीले गण्डकीविरुद्ध कमजोर प्रदर्शन गर्‍यो । यससँगै कर्णाली जारी प्रतियोगिताबाट बाहिरिने पहिलो टोलीसमेत बनेको छ । यसअघि मंगलबार भएको उद्घाटन खेलमा कर्णाली नेपाल पुलिस क्लबसँग ३-० गोलअन्तरले पराजित भएको थियो । लगातार दुई खेलमा पराजय भोगेपछि कर्णालीको पुरुष फुटबलतर्फको यात्रा लिग चरणमै टुंगिएको हो । बिहीबारको खेलमा गण्डकीले पहिलो हाफमै तीन गोल गरेको थियो । खेलको १६औँ मिनेटमा लछु थापाले गोल गर्दै गण्डकीलाई अग्रता दिलाउनुभयो । त्यसपछि आशिष गुरुङले २५औँ र ३३औँ मिनेटमा लगातार दुई गोल थप्दै गण्डकीको अग्रता ३-० बनाउनुभयो । दोस्रो हाफमा पनि गण्डकीले आक्रामक खेल जारी राख्यो । खेलको ५७औँ मिनेटमा सुदिप गुरुङले चौथो गोल गर्नुभयो । निर्धारित समयपछि थपिएको चार मिनेटमा टेकराज गुरुङले अर्को गोल गरेपछि गण्डकी ५-० को फराकिलो जित निकाल्न सफल भयो । खेलमा गण्डकीका रन्दिप पौडेल र यामबहादुर श्रेष्ठ तथा कर्णालीका दिलविजय शाहीले पहेँलो कार्ड पाएको म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिनुभयो । क्रिकेटमा कर्णालीको विजयी सुरुवात१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा आयोजक कर्णाली प्रदेशले विजयी सुरुवात गरेको छ । बिहीबार सुर्खेतमा सम्पन्न पहिलो खेलमा कर्णालीले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा आठ विकेट गुमाउँदै १२७ रन बनाएको थियो । जवाफमा कर्णालीले १३.३ ओभरमै चार विकेटको क्षतिमा १३३ रन जोड्दै लक्ष्य पूरा गर्‍यो । कर्णालीको जितमा विपिन रावलले आक्रामक ब्याटिङ गर्दै ३५ बलमा चार छक्का र चार चौकासहित अविजित ६० रन बनाउनुभयो । दिनेश अधिकारीले पनि आठ बलमा अविजित १५ रन जोड्नुभयो । सुदूरपश्चिमका भोजराज भट्टले दुई विकेट लिनुभयो । यसअघि सुदूरपश्चिमका लागि अभिषेक पालले सर्वाधिक २८, दिपक बोहराले १८ र किरण ठगुन्नाले १४ रन बनाउनुभएको थियो । कर्णालीका दिवान पुन, राजकुमार शाह र दिनेश अधिकारीले समान दुई विकेट लिनुभयो । जितसँगै समूह ‘बी’मा रहेको कर्णालीले दुई अंक जोडेको छ । यस समूहमा सुदूरपश्चिमसँगै लुम्बिनी प्रदेश पनि रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अमेरिकी र अस्ट्रेलियन डलरसहित महँगिए यी मुद्रा
Latest NewsJust now

अमेरिकी र अस्ट्रेलियन डलरसहित महँगिए यी मुद्रा

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।  हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको थियो। आज अमेरिकन डलर १ को खरिद... ...

नेपालखबर
एम्सको आयोजनामा ‘अभियन्ता-२६’ हुँदै
Latest NewsJust now

एम्सको आयोजनामा ‘अभियन्ता-२६’ हुँदै

काठमाडौं । काठमाडौं विश्वविद्यालमा मेकानिकल इञ्जिनियरिङमा अध्ययनरत विद्यार्थीको संस्था एसोसिएसन अफ मेकानिकल इञ्जिनियरिङ स्डुडेन्ट्स (एम्स) को आयोजनामा ‘अभियन्ता-२६’ हुने भएको छ । ‘अभियन्ता-२६’ अन्तर्गत मुख्य कार्यक्रम आगामी पुस ७ र ८ गते धुलिखेलस्थित विश्वविद्यालय प्रांगणमा हुने र त्यसअघि पनि विविध इभेन्टहरू आयोजना गरिने बताइएको छ । जसअनुसार मंसिर १२ देखि १४ गतेसम्म अल नेपाल गो-कार्ट प्रतिस्पर्धा आयोजना गरिने एम्सका अध्यक्ष आदर्श ...

हिमालय टाइम्स
एनएमबीलाई दुई अवार्ड
Latest NewsJust now

एनएमबीलाई दुई अवार्ड

काठमाडौं । एनएमबी बैंकले प्रतिष्ठित भिसा लिडरसिप कन्क्लेभमा दुर्ई महत्त्वपूर्ण अवार्ड प्राप्त गरेको छ । डिजिटल भुक्तानी र ग्राहकमुखी बैंकिङ सेवामा पुर्‍याएको उत्कृष्ट योगदानको कदर गर्दै बैंकलाई एक्सिलेन्स इन प्रोडक्ट इन्नोभेसन, एक्सिलेन्स इन कन्जुमर डेबिट काडर््स बिजनेस-प्रिन्सिपल क्लाइन्ट अवार्डबाट सम्मान गरिएको हो । सम्मानले ग्राहकको दैनिक वित्तीय कारोबार अझ सरल, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यसाथ आफ्ना डिजिटल सेवा निरन्तर परिष्कृत गर्दै ...

हिमालय टाइम्स
जोन्टा क्लबको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान
Latest NewsJust now

जोन्टा क्लबको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान

काठमाडौं । जोन्टा क्लब काठमाडौंले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान काठमाडौंको वसन्तपुरमा सार्वजनिक कला स्थापनाको अनावरण गर्दै सुरु गरेको छ । अभियान उद््घाटन काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको उपस्थितिमा भएको थियो । तीन युवा नेपाली महिला कलाकार अमिषा महर्जन, निर्विता शाक्य र अमिषा केसीले वरिष्ठ कलाकार कपिलमणि दीक्षितको मार्गदर्शनमा तयार पारेको उक्त कला स्थापनाले महिला तथा किशोरीले ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement