Friday, November 27, 2026||
MultiKhabarMultiKhabar
काठमाण्डुपाटी

काठमाण्डुपाटी

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from काठमाण्डुपाटी.

SPORTS NEWS FROM काठमाण्डुपाटी

च्याम्पियन्स लिगमा बार्सिलोनाको सानदार जित
Sports1d ago

च्याम्पियन्स लिगमा बार्सिलोनाको सानदार जित

काठमाण्डु –यूईएफए च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले सानदार जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले सबाहमाथि ४–१ गोलको फराकिलो जित निकालेको हो । बार्सिलोनाका लागि एन्थोनी गोर्डनले दुई तथा करिम एडेयमी र ग्याब्रियल जिससले एक–एक गोल गरेका थिए । सबाहका जोय लान्स मिकेल्सले एक गोल फर्काएका थिए । खेलको ३१औँ मिनेटमा बार्सिलोनाका गोर्डनले गोल गर्दै […] ...

काठमाण्डुपाटी
दशौँ राष्ट्रिय खेलकुद : यी खेलमा हुँदै छ आज प्रतिस्पर्धा
Sports1d ago

दशौँ राष्ट्रिय खेलकुद : यी खेलमा हुँदै छ आज प्रतिस्पर्धा

काठमाण्डु – कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत बिहीबार आठ विधाका खेल हुँदैछ । प्रतियोगिताअन्तर्गत सुर्खेत, बाँके र बर्दियामा विभिन्न खेलका प्रतिस्पर्धा सञ्चालन हुनेछन् । महिला तथा पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, पौडी, टेनिस, बक्सिङ र जिम्न्यास्टिकका खेल हुने तालिका रहेको छ । तालिकाअनुसार, महिला क्रिकेट वीरेन्द्रनगर रंगशालामा बिहान ९ बजेदेखि सञ्चालन […] ...

काठमाण्डुपाटी
पोखरामा ‘किङ्स कप’ राष्ट्रिय पुरुष भलिबल सुरु
Sports2d ago

पोखरामा ‘किङ्स कप’ राष्ट्रिय पुरुष भलिबल सुरु

कास्की – पोखरामा बुधबारदेखि ‘किङ्स कप’ राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सञ्चालन भएको प्रतियोगिताको गण्डकीका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले उद्घाटन गरे । प्रतियोगिताको पहिलो दिनको खेलमा गण्डकी प्रदेश, नेपाल एपिएफ क्लब र आयोजक किङ्स क्लब पोखराले विजयी सुरुआत गरेका […] ...

काठमाण्डुपाटी
पौडीमा ४ राष्ट्रिय कीर्तिमान, बागमतीलाई ९ स्वर्ण पदक
Sports2d ago

पौडीमा ४ राष्ट्रिय कीर्तिमान, बागमतीलाई ९ स्वर्ण पदक

कर्णाली – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुधबार दोस्रो दिन पौडीमा ४ नयाँ कीर्तिमान बनेका छन् । बाँकेको नेपालगञ्जस्थित पौडी पोखरीमा जारी प्रतियोगितामा पुरुष ४०० मिटरमा सुदूरपश्चिमका अर्थव सिंह, १०० मिटर ब्रेस्ट स्ट्रोकमा बागमतीका अभिव प्रधान र महिला ८०० मिटर फ्रिस्टायलमा एनआरएनए लिली बोहराले नयाँ राष्ट्रिय कीर्तिमान बनाइन् । सिंहले स्वर्ण पदक जित्ने क्रममा आफ्नो कीर्तिमानलाई […] ...

काठमाण्डुपाटी
तनावकाबीच १२ बंगलादेशी खेलाडी आइपीएलको लिलामीमा
Sports2d ago

तनावकाबीच १२ बंगलादेशी खेलाडी आइपीएलको लिलामीमा

एजेन्सी–भारत र बंगलादेशबीच राजनीतिक तनाव बढिरहेका बेला आगामी इन्डियन प्रिमियर लिग (आइपीएल) को खेलाडी लिलामीका लागि १२ जना बंगलादेशी क्रिकेटरले नाम दर्ता गराएका छन् । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले बुधबार सार्वजनिक गरेको प्रारम्भिक सूचीमा उनीहरू समेटिएका हुन् । आगामी डिसेम्बर १६ मा गोवामा हुने मिनी लिलामीका लागि कुल एक हजार २२० खेलाडीले नाम […] ...

काठमाण्डुपाटी
दक्षिण एसियाली तेक्वान्दो फेडेरेसन महिला कमिटीको डेपुटी चेयरपर्सनमा अञ्जना
Sports2d ago

दक्षिण एसियाली तेक्वान्दो फेडेरेसन महिला कमिटीको डेपुटी चेयरपर्सनमा अञ्जना

काठमाण्डु- अखिल नेपाल आईटीएफ तेक्वान्दो महासंघकी महासचिव अञ्जना शिवाकोटी दक्षिण एसियाली तेक्वान्दो फेडेरेसनको महिला कमिटीको डेपुटी चेयरपर्सनमा मनोनित भएकी छन्। नेपालमा सम्पन्न तेस्रो दक्षिण एसियाली तेक्वान्दो फेडेरेसनको साधारणसभाले शिवाकोटीलाई उक्त जिम्मेवारीमा मनोनित गरेको हो। लामो समयदेखि तेक्वान्दो खेलको विकासमा सक्रिय शिवाकोटी अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) की अन्तर्राष्ट्रिय रेफ्रीसमेत हुन्। साधारणसभाले दक्षिण एसियाली क्षेत्रमा तेक्वान्दो खेलको […] ...

काठमाण्डुपाटी
नेपाल एसिया कपको समूह चरणबाट बाहिरियो
Sports3d ago

नेपाल एसिया कपको समूह चरणबाट बाहिरियो

काठमाण्डु – नेपाल एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा पाकिस्तान ‘ए’सँग पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ले ४२ ओभरमा सबै विकेट गुमाउँदै १६८ रनको योगफल बनायो । […] ...

काठमाण्डुपाटी
क्रिकेटर ढकाल हेटौँडामा सम्मानित
Sports3d ago

क्रिकेटर ढकाल हेटौँडामा सम्मानित

हेटौँडा – चितवन राइनोजबाट उत्कृष्ट खेल्दै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडी घोषित भएर कार, मोटरसाइकल र नगद २ लाख जितेका मकवानपुरका क्रिकेटर रिजन ढकाल गृह जिल्लामा सम्मानित भएका छन् । उनलाई विभिन्न संघसंस्थाले सम्मान गरेको हो । आईतबार हेटौँडा आएदेखि मंगलबारसम्म ढकाललाई विभिन्न संघसंस्थाले सम्मान गर्दैआएका छन् । देव्रे हाते तीव्र […] ...

काठमाण्डुपाटी
पाकिस्तान ‘ए’ १६८ रनमै अलआउट, नेपाललाई १६९ रनको लक्ष्य
Sports3d ago

पाकिस्तान ‘ए’ १६८ रनमै अलआउट, नेपाललाई १६९ रनको लक्ष्य

काठमाण्डु – कतारमा जारी एसिया कप राइजिङ स्टार्स १ दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार पाकिस्तान ‘ए’ले नेपालसामु १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ४०.२ ओभरमा १६८ रनमा अलआउट भयो । नेपालले जवाफी ब्याटिङ सुरु गर्दै २ ओभरमा कुनै […] ...

काठमाण्डुपाटी
वैभव सूर्यवंशीको सनसनी : ५२ बलमै बनाए दोहोरो शतक, तोडियो दुर्लभ विश्व कीर्तिमान
Sports3d ago

वैभव सूर्यवंशीको सनसनी : ५२ बलमै बनाए दोहोरो शतक, तोडियो दुर्लभ विश्व कीर्तिमान

काठमाण्डु – भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशीले क्रिकेट जगत्मा सनसनी मच्चाउँदै एकै इनिङ्समा थुप्रै कीर्तिमान तोडेका छन् । कतारको दोहामा जारी राइजिङ स्टार्स एसिया कपअन्तर्गत यूएईविरुद्ध उनले मात्र ५२ बलमा दोहोरो शतक पूरा गरेका हुन् । वैभव ५३ बलमा २०४ रन बनाएर आउट भए । उनको इनिङ्समा ७ चौका र २८ छक्का समावेश थिए । […] ...

काठमाण्डुपाटी
एसिया कप राइजिङ स्टार्स क्रिकेट : पकिस्तान ‘ए’ विरुद्धको खेलमा नेपालले फिल्डिङ गर्दै
Sports3d ago

एसिया कप राइजिङ स्टार्स क्रिकेट : पकिस्तान ‘ए’ विरुद्धको खेलमा नेपालले फिल्डिङ गर्दै

काठमाण्डु – कतारमा जारी एसिया कप राइजिङ स्टार्स १ दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार पाकिस्तान ‘ए’ विरुद्धको खेलमा नेपालले ट्स हारेर पहिला फिल्डिङको निम्तो पाएको छ । कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा भरखरै भएको ट्समा पाकिस्तान ‘ए’ले टस जितेर पहिला ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो । प्रतियोगितामा नेपाल […] ...

काठमाण्डुपाटी
एसिया कप राइजिङ स्टार्स : नेपालले आज पाकिस्तान ‘ए’सँग खेल्दै
Sports3d ago

एसिया कप राइजिङ स्टार्स : नेपालले आज पाकिस्तान ‘ए’सँग खेल्दै

काठमाण्डु– कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले आज पाकिस्तान ‘ए’ विरुद्ध खेल्दैछ । नेपाल र पाकिस्तान ‘ए’ बीचको खेल अपराह्न ३ः४५ देखि दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा भारतविरुद्ध ३०६ रनको हार व्यहोरे पनि […] ...

काठमाण्डुपाटी
१०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु,यस्तो छ खेल तालिका
Sports3d ago

१०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु,यस्तो छ खेल तालिका

काठमाण्डु– बहुप्रतिक्षित १०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु हुँदैछन् । मङ्सिर १६ गते औपचारिक उद्घाटन हुने भए पनि खेल भने आजदेखि नै सञ्चालन हुन लागेका हुन् । दशौं राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदन भएको तालिकाअनुसार आजदेखि ६ खेलको प्रतिस्पर्धा सुरू हुनेछन् । जसमा पुरुषरमहिला क्रिकेट, पुरुष फुटबल, पुरुषरमहिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडी छन् […] ...

काठमाण्डुपाटी
एनपिएलका ८ कप्तानको लेखाजोखा : को सफल, को असफल ?
Sports4d ago

एनपिएलका ८ कप्तानको लेखाजोखा : को सफल, को असफल ?

काठमाण्डु– कसैले कप्तानीमा टोलीलाई पहिलोपटक च्याम्पियन बनाए, कसैले लगातार दोस्रोपटक फाइनलसम्म पुर्‍याए । कसैले प्लेअफको यात्रा तय गरे त कसैका लागि प्रतियोगिता अपेक्षाअनुसार रहन सकेन । नेपाल प्रिमियर लिग ९एनपिएल० को तेस्रो संस्करणमा आठ टोलीका कप्तानले फरक–फरक अनुभव सँगालेका छन् । प्रतियोगिताको अन्त्यमा सुदूरपश्चिम रोयल्सले उपाधि उचाल्दा कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्व र व्यक्तिगत प्रदर्शन दुवै […] ...

काठमाण्डुपाटी
नयाँ प्रशिक्षकको डेब्यु नै निराशाजनक, लिभरपुलसँग लज्जास्पद हारले युरोपकै खराब टोली बन्यो म्यानचेस्टर युनाइटेड
Sports4d ago

नयाँ प्रशिक्षकको डेब्यु नै निराशाजनक, लिभरपुलसँग लज्जास्पद हारले युरोपकै खराब टोली बन्यो म्यानचेस्टर युनाइटेड

म्यानचेस्टर – नयाँ प्रशिक्षकको आगमनले संकटबाट बाहिर निस्कने आशा गरेको म्यानचेस्टर युनाइटेडको अवस्था झन् निराशाजनक देखिएको छ। इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा खराब प्रदर्शनका कारण दबाबमा रहेको युनाइटेडले प्रशिक्षक परिवर्तन गरे पनि त्यसको पहिलो परीक्षामै लज्जास्पद हार बेहोरेको छ। नयाँ प्रशिक्षक माउरिसियो पोचेटिनोको नेतृत्वमा पहिलो खेल खेलेको युनाइटेड आइतबार राति चिरप्रतिद्वन्द्वी लिभरपुलसँग ४–० गोलअन्तरले पराजित […] ...

काठमाण्डुपाटी
सातौँ सुदूरपश्चिम खप्तड गोल्डकप पुस २१ गतेदेखि
Sports5d ago

सातौँ सुदूरपश्चिम खप्तड गोल्डकप पुस २१ गतेदेखि

सुदूरपश्चिम – ‘सुदूरपश्चिम खप्तड गोल्डकप’को सातौँ संस्करण आगामी पुस २१ गतेदेखि धनगढीमा आयोजना हुने भएको छ । आईतबार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब धनगढीले धनगढी रंगशालामा पुस २१ गतेदेखि माघ १ गतेसम्म सातौँ अन्तरराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप आयोजना गर्न लागिएको जनाएको हो । क्लबका महासचिव प्रकाश शाहीले फूटबल खेलको विकास र विस्तारमार्फत […] ...

काठमाण्डुपाटी
एनपीएलको चमक र चुनौती : लोकप्रियता बढ्दा कमजोरी पनि देखिए
Sports5d ago

एनपीएलको चमक र चुनौती : लोकप्रियता बढ्दा कमजोरी पनि देखिए

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । दुई सिजन लगातार फाइनलमा पुगेर पराजित सुदूरपश्चिम रोयल्सले यसपटक उपाधि जित्दै आफूलाई अब्बल प्रमाणित गरेको छ । फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई एक पक्षीय रूपमा १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक एनपीएलको उपाधि उचालेको हो । तेस्रो संस्करणको सबैभन्दा ठूलो विशेषता […] ...

काठमाण्डुपाटी
युएईविरुद्ध नेपाल ६ विकेटले विजयी, कुशल भुर्तेलको अर्धशतक
Sports5d ago

युएईविरुद्ध नेपाल ६ विकेटले विजयी, कुशल भुर्तेलको अर्धशतक

काठमाण्डु- कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाई ६ विकेटले पराजित गर्दै पहिलो जित निकालेको छ। दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको मैदानमा युएईले दिएको १२२ रनको लक्ष्य नेपालले २२ ओभरमै ४ विकेट गुमाएर पूरा गर्‍यो। नेपालले २८ ओभर बाँकी छँदै जित निकालेको हो। नेपालको […] ...

काठमाण्डुपाटी
युएईविरुद्ध नेपाल जितनजिक, कुशल र बसिर सम्हालिएर खेल्दै
Sports5d ago

युएईविरुद्ध नेपाल जितनजिक, कुशल र बसिर सम्हालिएर खेल्दै

काठमाण्डु– कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल अहिले १२२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेकोछ। युएईले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले जवाफी ब्याटिङमा १६ ओभरमा ३ विकेट गुमाएर ९१ रन बनाएको छ। नेपाललाई जितका लागि ३३ ओभरमा ३१ रन आवश्यक छ। नेपालका लागि कुशल भुर्तेल ४१ र बसिर अहमद ११ […] ...

काठमाण्डुपाटी
युएईले नेपाललाई दियो १२२ रनको लक्ष्य
Sports5d ago

युएईले नेपाललाई दियो १२२ रनको लक्ष्य

काठमाण्डु– कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (युएई) ले नेपालसामु १२२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । दोहास्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले ३९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनायो । युएईका लागि मुहम्मद शाहदादले ४०, हरप्रीत सिंहले ३२ र नुरुल्लाह […] ...

काठमाण्डुपाटी
Advertisement