Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
लोकपथ

लोकपथ

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from लोकपथ.

Headlines from लोकपथ

Loaded 20 articles
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
ताजा खबर1 hour ago

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रमा उल्लेख छ । देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा […] ...

लोकपथ
कमजोर बन्यो अमेरिकी डलर : जापानी येन, चिनियाँ युआन र थाई भाट पनि कमजोर
अर्थतन्त्र1 hour ago

कमजोर बन्यो अमेरिकी डलर : जापानी येन, चिनियाँ युआन र थाई भाट पनि कमजोर

काठमाडौं । आज मंगलबार अमेरिकी डलरसहित जापानी येन, चिनियाँ युआन र थाई भाट कमजोर बनेको छ । राष्ट्र बैंकका अनुसार आज मंगलबारका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ । हिजो सोमबार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ […] ...

लोकपथ
बेलायतका लागि प्रस्तावित राजदूत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता
ताजा खबर10 hours ago

बेलायतका लागि प्रस्तावित राजदूत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

काठमाडौं । संयुक्त अधिराज्य (बेलायत) का लागि प्रश्तावित नेपाली राजदुत गौरवशमशेर जबराले आफ्नो कार्यकालमा आर्थिक कुटनीति र नेपाल–बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । सोमबार संसदीय सुनुवाई समितिको बैठकमा कार्ययोजना प्रश्तुत गर्दै पूर्वप्रधानसेनापति समेत रहेका जबराले दुई देशबीचको सम्बन्धलाई व्यापार, लगानी, प्रविधि हस्तान्तरण र जनस्तरको सहकार्यमा विस्तार गर्ने अठोट व्यक्त गरेका […] ...

लोकपथ
बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र
ताजा खबर11 hours ago

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कार्यलाई तीव्रता दिएको छ । यसै क्रममा आज आरूघाट गाउँपालिका ३, केउरपानी र ढुंगेमा गरि २ वटा ट्रान्सफर्मर थप चार्ज गर्ने अन्तिम तयारी भइरहेको मन्त्रालयले जनाएको […] ...

लोकपथ
गरिमा विकास बैंकको २०औँ साधारणसभा सम्पन्न, शेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव पारित
Others12 hours ago

गरिमा विकास बैंकको २०औँ साधारणसभा सम्पन्न, शेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव पारित

काठमाडौं । गरिमा विकास बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सोमबार कास्कीको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न सभाले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको हाल कायम चुक्ता पूँजीका आधारमा प्रस्तावित बोनस शेयर र नगद लाभांशको करसहित कुल २० प्रतिशत लाभांश वितरण […] ...

लोकपथ
आगो लगाउनु र लुटपाट गर्नु आन्दोलन होइन : केपी ओली
ताजा खबर12 hours ago

आगो लगाउनु र लुटपाट गर्नु आन्दोलन होइन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको आरोप लगाएका छन् । उनले आगामी निर्वाचनमा पनि एमालेविरुद्ध मोर्चाबन्दी हुन सक्ने भन्दै त्यसको एकजुट भएर प्रतिवाद गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा बोल्दै ओलीले २०७७ सालदेखि नै एमालेविरुद्ध घेराबन्दी […] ...

लोकपथ
किष्ट क्यान्सर सेन्टर : प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा
स्वास्थ्य12 hours ago

किष्ट क्यान्सर सेन्टर : प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

ललितपुर । किष्ट शिक्षण अस्पतालअन्तर्गत किष्ट क्यान्सर सेन्टरले क्यान्सरका बिरामीलाई लक्षित गर्दै निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा उपलब्ध गराउने भएको छ । अस्पतालले प्यालिएटिभ केयर सेवा सुरु गरेको एक वर्ष पूरा भएको अवसर तथा अक्टोबर महिनामा मनाइने स्तन क्यान्सर सचेतना अभियान ‘पिंक अक्टोबर’ को सन्दर्भमा यस्तो घोषणा गरेको हो । अस्पतालका अनुसार सन् २०२६ […] ...

लोकपथ
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित
अर्थतन्त्र12 hours ago

ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई प्रतिष्ठित विधामा सम्मानित भएको छ । नेपालको डिजिटल वित्तीय भुक्तानी प्रणालीको प्रवर्द्धन तथा विकासमा पुर्‍याएको उत्कृष्ट योगदानको कदर गर्दै बैंकलाई यी पुरस्कार प्रदान गरिएको हो । बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर)’ विधामा अवार्ड प्राप्त गरेको छ । […] ...

लोकपथ
पूर्वसांसद डा. विजय पौडेलको निधन
ताजा खबर13 hours ago

पूर्वसांसद डा. विजय पौडेलको निधन

काठमाडौं । पूर्वसांसद एवं नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । पौडेलको केहीबेरअघि कीर्तिपुर अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय थिए । ...

लोकपथ
‘मैले कांग्रेसलाई रास्वपाकरण हुनबाट जोगाएँ, गगनजी अब पार्टी एक बनाउनुस्’
राजनीति13 hours ago

‘मैले कांग्रेसलाई रास्वपाकरण हुनबाट जोगाएँ, गगनजी अब पार्टी एक बनाउनुस्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी श्यामकृष्ण खड्गीले आफू पार्टीलाई एक बनाएर लैजान सूधत्रारको रुपमा काम गर्ने बताएका छन् । गगन थापासँग सभापतिमा पराजित भएपछि नेता खड्गीले विज्ञप्ति जारी गर्दै पार्टीलाई एक बनाएर लैजानुपर्ने आवश्यक्ता रहेको बताए । अहिले अर्को समूहले छुट्टै महाधिवेशन गरिरहेको बताउँदै उनले स्थानीय निर्वाचनअघि नै उनीहरुलाई समेटेर लैजानुपर्ने […] ...

लोकपथ
एमालेका १३ नयाँ केन्द्रीय सदस्यले लिए शपथ
ताजा खबर13 hours ago

एमालेका १३ नयाँ केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेका नवनियुक्त १३ केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । च्यासलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई शपथ गराएका हुन् । दुई दिनअघि बसेको एमाले स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । मनोनीत हुनेमा श्रृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, […] ...

लोकपथ
उदयपुरमा १ हजार ४० केजी गाँजा बरामद, एक युवक पक्राउ
ताजा खबर13 hours ago

उदयपुरमा १ हजार ४० केजी गाँजा बरामद, एक युवक पक्राउ

उदयपुर । उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी ४४० ग्राम लागुऔषध गाँजा बरामद गरेको छ । गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिनुका साथै गाँजा बोक्न प्रयोग गरिएको बोलेरोसमेत बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार इलाका प्रहरी कार्यालय कटारी र बेल्टारबाट खटिएको […] ...

लोकपथ
सिटिजन्स बैंकद्वारा जुम्लाका ३०० विद्यार्थीलाई न्यानो स्वेटर वितरण
ताजा खबर13 hours ago

सिटिजन्स बैंकद्वारा जुम्लाका ३०० विद्यार्थीलाई न्यानो स्वेटर वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत जुम्लाका ३०० विद्यार्थीलाई न्यानो स्वेटर वितरण गरेको छ । बैंकको जुम्ला शाखामार्फत कर्णाली प्रदेशको पातारासी गाउँपालिका–७, रिनीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई स्वेटर वितरण गरिएको हो । विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकले विद्यार्थीलाई स्वेटर हस्तान्तरण गरेको जनाएको छ । ग्रामीण क्षेत्रका विपन्न परिवारका विद्यार्थीलाई जाडोयाममा विद्यालय […] ...

लोकपथ
विद्युतीय सवारी र चार्जिङ स्टेसनमा कर लगाएकोमा कुलमानको आपत्ति
ताजा खबर14 hours ago

विद्युतीय सवारी र चार्जिङ स्टेसनमा कर लगाएकोमा कुलमानको आपत्ति

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युतीय सवारीसाधन र चार्जिङ स्टेसनमा सरकारले लगाएको कर तथा भन्सार शुल्कप्रति आपत्ति जनाएका छन् । आज काठमाडौंमा जेलियो ईभी स्कुटरको नयाँ मोडल सार्वजनिक तथा आधिकारिक शोरुम उद्घाटन कार्यक्रममा बोल्दै उनले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने समयमा कर तथा भन्सार शुल्क बढाउनु गलत नीति भएको बताएका हुन् । […] ...

लोकपथ
‘निर्वाचनको परिणामभन्दा माथि हाम्रो सम्बन्ध, सहकार्य र पार्टीप्रतिको प्रतिबद्धता छ’
राजनीति14 hours ago

‘निर्वाचनको परिणामभन्दा माथि हाम्रो सम्बन्ध, सहकार्य र पार्टीप्रतिको प्रतिबद्धता छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पार्टीभित्रको सहकार्यलाई थप बलियो बनाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापतिका उम्मेदवार रहेका पाण्डे पराजित बने । त्यसबारेमा प्रतिक्रिया दिँदै मुख्यमन्त्री पाण्डेले पार्टीको आदर्श, मूल्यमान्यता तथा अग्रजहरुको त्याग र योगदानबाट प्राप्त विरासतमा आफ्नो निष्ठा अटल रहेको बताए । […] ...

लोकपथ
इनड्राइभको नयाँ क्याम्पेन ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ सार्वजनिक
ताजा खबर14 hours ago

इनड्राइभको नयाँ क्याम्पेन ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ सार्वजनिक

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा यात्रुहरूलाई लक्षित गर्दै नयाँ क्याम्पेन ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ सार्वजनिक गरेको छ । यात्रु र चालकबीच आपसी सहमतिमा भाडा निर्धारण गर्ने अवधारणामा आधारित क्याम्पेनले यात्रुलाई भाडा प्रस्ताव गर्ने स्वतन्त्रता दिनुका साथै छिटो, सहज र भरपर्दो सवारी सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई जोड दिएको छ […] ...

लोकपथ
नेपाल भित्रियो जेलियोको नयाँ इलेक्ट्रिक स्कुटर, ४ वटै मोडलमा १५ हजारसम्म छुट
ताजा खबर14 hours ago

नेपाल भित्रियो जेलियोको नयाँ इलेक्ट्रिक स्कुटर, ४ वटै मोडलमा १५ हजारसम्म छुट

काठमाडौं । इलेक्ट्रिक भेइकल (ईभी) ले नेपाली बजारमा प्रभुत्व जमाइरहेका बेला बजारमा नयाँ इलेक्ट्रिक स्कुटरको प्रवेश भएको छ । भारतको चर्चित ब्राण्ड जेलियोले नेपाली बजारमा आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर औपचारिक रूपमा सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबिच जोलियो ईभी स्कुटरको नयाँ मोडल लञ्च गरियो । नयाँ स्कुटर मात्र होइन नेपालमा जेलियो स्कुटरका […] ...

लोकपथ
नेप्सेमा झिनो सुधार, कारोबार रकम साढे ४ अर्ब नाघ्यो
अर्थतन्त्र14 hours ago

नेप्सेमा झिनो सुधार, कारोबार रकम साढे ४ अर्ब नाघ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा झिनो सुधार देखिएको छ । अघिल्लो कारोबार दिन २.३१ अंकले बढेको नेप्से परिसूचक आज ४ अंकले बढेर २ हजार ५९५.८१ बिन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ । सोमबार ३५४ वटा कम्पनीका १ करोड २७ लाख १९ हजार ७३४ […] ...

लोकपथ
घटस्थापनामा एमएडब्ल्यू अर्थमुभर्सले गर्‍यो २७ भन्दा बढी जेसीबी मेसिन हस्तान्तरण
ताजा खबर15 hours ago

घटस्थापनामा एमएडब्ल्यू अर्थमुभर्सले गर्‍यो २७ भन्दा बढी जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं । नेपालका लागि जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले घटस्थापनाको अवसरमा देशभरका १२ शाखाबाट २७ भन्दा बढी मेसिन ग्राहकलाई हस्तान्तरण गरेको छ । कम्पनीले ‘जेसीबी शुभारम्भ’ कार्यक्रमअन्तर्गत विभिन्न मोडेलका मेसिन हस्तान्तरण गरेको हो । घटस्थापनाको परम्पराअनुसार मेसिनको पूजा गरी टीका र माला अर्पण गरेपछि ग्राहकलाई चाबी हस्तान्तरण गरिएको थियो । कार्यक्रममा ग्राहकका परिवारका सदस्य तथा […] ...

लोकपथ
कांग्रेस सहमहामन्त्री खुलामा २४९१ मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै, महिलातर्फ प्रतिमा
ताजा खबर15 hours ago

कांग्रेस सहमहामन्त्री खुलामा २४९१ मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै, महिलातर्फ प्रतिमा

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै रहेको छ । खुलामा नौँ जनाबीच प्रतिस्पर्धा भइरहँदा दुई जना निर्वाचित हुनेछन् । जसमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता कायमै रहेको हो । दुई हजार ४९१ मत गणना गर्दा खतिवडाले एक हजार १२५ मत पाएका छन् भने […] ...

लोकपथ