Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
पर्दाफास

पर्दाफास

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from पर्दाफास.

Headlines from पर्दाफास

Loaded 20 articles
कञ्चनजंघा क्षेत्रमा पर्यटकीय चहलपहल सुरु, विदेशीसँगै आन्तरिक पर्यटकको पनि आकर्षण
OthersJust now

कञ्चनजंघा क्षेत्रमा पर्यटकीय चहलपहल सुरु, विदेशीसँगै आन्तरिक पर्यटकको पनि आकर्षण

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा यतिबेला पर्यटकहरूको चहलपहल सुरु भएको छ । भदौको तेस्रो सातादेखि नै यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरू भ्रमणका लागि आउन थालेका हुन् । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् घुन्सा पर्यटन जाँच चौकीका अनुसार हालसम्म १७० जना बाह्य पर्यटक कञ्चनजंघा हिमालको आधार शिविरतर्फ प्रस्थान गरिसकेका छन् । केही पर्यटक आधार शिविर पुगिसकेका छन् भने केही घुन्सा ...

पर्दाफास
उखु किसानको खातामा सिधै प्रोत्साहन अनुदान वितरणका लागि नयाँ कार्यविधि
OthersJust now

उखु किसानको खातामा सिधै प्रोत्साहन अनुदान वितरणका लागि नयाँ कार्यविधि

उखु उत्पादक किसानलाई सरकारले उपलब्ध गराउने प्रोत्साहन अनुदान अब किसानको व्यक्तिगत बैंक खातामा सिधै भुक्तानी हुने भएको छ । सरकारले अनुदान वितरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन ‘उखु उत्पादकलाई प्रोत्साहन अनुदान दिने सम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा (४) बमोजिम कार्यविधि जारी गरेको ...

पर्दाफास
बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति सञ्चालनमा
OthersJust now

बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति सञ्चालनमा

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कार्यलाई तीव्रता दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठकाअनुसार बाढीबाट क्षति पुगेको विद्युत् प्रणालीअन्तर्गत धार्चे गाउँपालिका बाहेकका सबै क्षेत्रमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा आएको छ । खोर्लाबेंसीदेखि माथि सडक पहुँच नहुँदा ...

पर्दाफास
उद्योगको विद्युत लागत घटाउन खुला पहुँचको बाटो खुल्दै
OthersJust now

उद्योगको विद्युत लागत घटाउन खुला पहुँचको बाटो खुल्दै

उद्योग धन्दाहरुले जलविद्युत् आयोजनामा गरेको लगानीलाई आफ्नै विद्युत् खपतसँग जोडेर लागत घटाउन सक्ने व्यवस्था कार्यान्वयनको तयारी अघि बढेको छ । विद्युत् नियमन आयोगले खुला पहुँचमार्फत विद्युत् उपयोग गर्न चाहने उद्योगका लागि छुट्टै मापदण्ड प्रस्ताव गरेपछि उद्योगले विद्युत् आपूर्तिका वैकल्पिक स्रोत उपयोग गर्ने बाटो खुल्ने भएको हो । आयोगले तयार पारेको क्याप्टिभ विद्युत् उत्पादन प्लान्ट र कनेक्टिभिटीसम्बन्धी दुई निर्देशिकाको मस्यौदाले उद्योगलाई आफ्नै ...

पर्दाफास
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के-के हुँदैछन् नयाँ काम ?
OthersJust now

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के-के हुँदैछन् नयाँ काम ?

त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल बनाउँदै डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्द्धन, संस्थागत पुनःसंरचना र वित्तीय सुधारका नयाँ योजना अघि सारेको छ । त्रिविका सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभामा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । यी योजना कार्यान्वयन भएमा विश्वविद्यालयको प्रशासनिक, शैक्षिक र प्राज्ञिक स्वरूपमा ठूलो फेरबदल आउने ...

पर्दाफास
अडियो प्रकरणमा मुछिएका खगेन्द्र सुनारमाथि रास्वपाको एक्सन : छानबिन सुरु, सार्वजनिक कार्यक्रममा रोक
OthersJust now

अडियो प्रकरणमा मुछिएका खगेन्द्र सुनारमाथि रास्वपाको एक्सन : छानबिन सुरु, सार्वजनिक कार्यक्रममा रोक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारका सम्बन्धमा सञ्चारमाध्यममा सार्वजनिक भएका समाचार, श्रव्यसामग्री र उठेका प्रश्नहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्ति अनुसार, उक्त विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको छ। अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका ...

पर्दाफास
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत
OthersJust now

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा एसिया भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई भेट्न सक्ने संकेत गरेका छन् । उनले किमसँग भेट हुने सम्भावनालाई ‘रोमाञ्चक’ अवसरका रूपमा व्याख्या गरेका छन् । सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले किमसँग भेटवार्ता हुन सक्ने बताएका हुन् । किमसँग भेट्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने, ‘हुन सक्छ । त्यो रोमाञ्चक हुनेछ, होइन र ...

पर्दाफास
विपद्का कारण गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन
OthersJust now

विपद्का कारण गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन

बाढी तथा पहिरोका कारण बागमती र गण्डकी प्रदेशका प्रमुख राजमार्ग एवं सडक खण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले मंगलबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढीका कारण गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको र अन्य चारवटा सडक खण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको जनाएको छ । गोरखाको आरूघाट गाउँपालिकास्थित नयाँपुल सोतीमा रहेको फलामे पुल बाढीका कारण अवरुद्ध हुँदा गोरखा आरूघाटबाट ...

पर्दाफास
कांग्रेस मतगणना : सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि
OthersJust now

कांग्रेस मतगणना : सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भइरहेको गणनामा हालसम्म ५ हजार ८९ मत गनिसकिएको छ । जसमा सहमहामन्त्रीका उम्मेदवार रामहरि खतिवडाले सबैभन्दा बढी मत प्राप्त गरेका छन् । प्राप्त पछिल्लो विवरण अनुसार खतिवडाले २ हजार १७८ मत पाएका छन् । दोस्रो स्थानमा रहेका अजयबाबु सिवाकोटीले १ हजार ...

पर्दाफास
विश्वकप लिग-२ : नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै
OthersJust now

विश्वकप लिग-२ : नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै

आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान सवा ११ बजे हुनेछ । शीर्ष चारमा पर्ने सम्भावना समाप्त भइसकेको नेपालका लागि अब एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता जोगाउने चुनौती छ । त्यसैले पनि नेपालका लागि आजको खेल महत्वपूर्ण हुनेछ । आइतबारको खेलमा क्यानडालाई हराउँदै शीर्ष ६ मा रहेर ओडीआई मान्यता जोगाउने ...

पर्दाफास
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
OthersJust now

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रमा उल्लेख छ । चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त, एवम् करुणामयी छ । गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष ...

पर्दाफास
आज देशभरको मौसम कस्तो रहला ?
OthersJust now

आज देशभरको मौसम कस्तो रहला ?

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी तथा लुम्बिनी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको ...

पर्दाफास
अडियो प्रकरणमा विवादमा तानिए सांसद खगेन्द्र सुनार
ताजा खबर7 hours ago

अडियो प्रकरणमा विवादमा तानिए सांसद खगेन्द्र सुनार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको दाबी गर्दै एक विवादास्पद अडियो सार्वजनिक भएपछि उनी आलोचित बनेका छन् । सार्वजनिक भएको उक्त अडियोमा सांसद सुनारले एक महिला पूर्व सांसदलाई लक्षित गर्दै अत्यन्तै आपत्तिजनक लाञ्छना लगाउनुका साथै धम्कीपूर्ण भाषा प्रयोग गरेको सुनिएको छ। सोमबार जनआस्था साप्ताहिकले उक्त अडियो खगेन्द्रको भएको जिकिर सहित सार्वजनिक गरेको हो । केही वर्षअघि रेकर्ड गरिएको बताइएको यो ...

पर्दाफास
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा
Others7 hours ago

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको चितुवालाई आज नियन्त्रणमा लिइएको छ। गत बिहीबार चितुवाको आक्रमणबाट स्थानीय ४२ वर्षीय मङ्गल थारुको मृत्यु भएपछि डिभिजन वन कार्यालय बर्दियाले चितुवा नियन्त्रणमा लिन दुई वटा खोर (केज) राखेको थियो। डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईँका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो। ...

पर्दाफास
देशका विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ
Others8 hours ago

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १६ जना पक्राउ

प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले दाङ, कैलाली, कञ्चनपुर, भक्तपुर, झापा र बर्दियाबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको हो । दाङको घोराही उपमहानगरपालिका-१० नारायणपुरबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित घोराही-८ बस्ने २२ वर्षीय सागर चौधरी र घोराही-७ नवलपुर बस्ने २५ वर्षीय शिसिर चौधरी, कैलालीको धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट गोदावरी ...

पर्दाफास
मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित
Others8 hours ago

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

बूढीगण्डकी नदीमा आएको बाढीका कारण मनास्लु क्षेत्रको पदयात्रामा रहेका सबै पर्यटक सुरक्षित रहेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ । आइतबार चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोलातर्फबाट बूढीगण्डकीमा आएको बाढीका कारण चुमउपत्यकामा पुगेका ८७ जना पर्यटक समस्यामा परेका थिए । ती सबै पर्यटक सुरक्षित रहेको एमक्यापका सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिए ।उनका अनुसार मनास्लु क्षेत्रको प्रवेशविन्दुमा अलपत्र परेका ९८ जना ...

पर्दाफास
कांग्रेसको कार्यसमिति चयनका लागि २३ स्थानमा मतगणना हुँदै, बुधबारसम्ममा नतिजा आउने
Others10 hours ago

कांग्रेसको कार्यसमिति चयनका लागि २३ स्थानमा मतगणना हुँदै, बुधबारसम्ममा नतिजा आउने

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको मतगणना कार्यलाई छिटो र व्यवस्थित रूपमा सम्पन्न गर्न केन्द्रीय कार्यालय सानेपामा एकसाथ २३ स्थानमा मत गणना भइरहेको छ। सभापतिसहित प्रमुख पदाधिकारीहरूको मतगणना सकिएपछि निर्वाचन समितिले सहमहामन्त्री र विभिन्न समावेशी क्लस्टरका केन्द्रीय सदस्य पदहरूको गणना तीव्र पारेको हो। धेरै पद र उम्मेदवारहरूको मतपत्र एकैसाथ व्यवस्थापन गर्नुपर्ने भएकाले पद र क्लस्टरअनुसार छुट्टाछुट्टै टोली बनाएर गणना ...

पर्दाफास
नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन
Others10 hours ago

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ। सोमबार दिउँसो नैकापस्थित निवासमै रहेका बेला असहज महसुस भएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनको निधन भएको हो। नेकपा संयुक्तका प्रवक्ता दामोदर अर्यालका अनुसार उनलाई हृदयघात भएको चिकित्सकले बताएका छन् । घरमै असहज भएपछि उनलाई नजिकैको फेक्ट नेपालद्वारा सञ्चालित नेपाल बर्न अस्पताल लगिएको र त्यहाँ पुग्दा चिकित्सकले मृत घोषणा गरेको अर्यालले जानकारी दिए ...

पर्दाफास
बुढीगण्डकी बाढी : एकै दिन ३२१ जनाको उद्धार, ६ हजार किलोभन्दा बढी राहत सामग्री ढुवानी
Others10 hours ago

बुढीगण्डकी बाढी : एकै दिन ३२१ जनाको उद्धार, ६ हजार किलोभन्दा बढी राहत सामग्री ढुवानी

बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ३२१ जनाको सोमबार उद्धार गरिएको छ । नेपाली सेनाले हवाई तथा स्थलमार्गबाट उद्धार गरी उनीहरूलाई सुरक्षित स्थानमा पुर्‍याएको हो । नेपाली सेनाका अनुसार आश्विन २५ गते बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावितको खोज तथा उद्धारका लागि एमआई–१७ सहित चारवटा हेलिकोप्टर र स्थलमार्गबाट फौज परिचालन गरिएको छ । सोमबार फिलिम, चुम्लिङ, आरुघाट, दोभान र हुलचुकलगायत स्थानबाट हेलिकोप्टरमार्फत ३०८ जनाको ...

पर्दाफास
शिक्षा प्रणालीलाई प्रमाणपत्रमुखी होइन, जीवनोपयोगी बनाउनुपर्छ : विद्यादेवी भण्डारी
Others11 hours ago

शिक्षा प्रणालीलाई प्रमाणपत्रमुखी होइन, जीवनोपयोगी बनाउनुपर्छ : विद्यादेवी भण्डारी

नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकलाई विवेकशील, सिर्जनशील, नैतिक र राज्यप्रति जिम्मेवार बनाउने गरी नेपालको शिक्षा प्रणालीमा व्यापक सुधार गर्नुपर्ने बताएकी छन् । सोमबार काठमाडौंमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रस्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै भण्डारीले शिक्षा प्रणालीलाई परीक्षामा प्राप्त अंक र प्रमाणपत्रमा मात्र सीमित राख्न नहुने बताएकी हुन् । उनले मुलुकको विकासका लागि सरकार, ...

पर्दाफास