Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

सर्लाहीमा ११ कट्ठा जग्गाको अभिलेख किर्ते गरेको आरोपमा मालपोतका तत्कालीन प्रमुख र वडाध्यक्षसहित ७ जनाविरुद्ध मुद्दा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सर्लाहीमा ११ कट्ठा जग्गाको अभिलेख किर्ते गरेको आरोपमा मालपोतका तत्कालीन प्रमुख र वडाध्यक्षसहित ७ जनाविरुद्ध मुद्दा
Photo / Coverage: पर्दाफास

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीमा जग्गाको सरकारी अभिलेख अनधिकृत रूपमा फेरबदल गरी अर्कै व्यक्तिका नाममा दर्ता गरेको आरोपमा भूमिसुधार तथा मालपोत कार्यालयका तत्कालीन प्रमुख र वडाध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, सर्लाहीका तत्कालीन कार्यालय प्रमुख पनिलाल यादव, तत्कालीन नायब सुब्बा टुकराम कोइराला र तत्कालीन खरिदार राजेश कुमार झाविरुद्ध बिहीबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो । त्यस्तै, सर्लाहीको ईश्वरपुर नगरपालिका–१५ का तत्कालीन वडाध्यक्ष कपिलदेव चौधरी, तत्कालीन वडा सचिव राम गुलाम राय, जग्गा प्राप्त गर्ने किशोरी धामी थारू तथा जग्गा प्राप्त गर्न सिफारिस र निवेदन दिने भोला धामी थारुलाई समेत प्रतिवादी बनाइएको छ । सर्लाहीको साविक बलवा सोकनाहा गाउँ विकास समिति वडा नम्बर २ ९ख० अन्तर्गत कित्ता नम्बर ६२ को ११ कट्ठा दुई धुर जग्गा कर्मचारी तथा भूमाफियाको मिलेमतोमा फर्जी जग्गाधनी पुर्जा बनाएर बेचबिखन गरिएको भन्ने उजुरीका आधारमा आयोगले अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा रामदेव बैठा र राजदेव बैठाको हकभोगमा रहेको जग्गालाई यसअघि कुनै पनि समयमा हकभोग नरहेका किशोरी धामी थारू र भोला धामी थारुको हकभोगमा रहेको देखाएर सरकारी अभिलेख परिवर्तन गरिएको आयोगको दाबी छ । प्रतिवादीहरूको मिलेमतोमा वास्तविक विवरण लुकाई किशोरी धामी थारुका नाममा दाखिल खारेज गरिएको, गलत लिखत तयार पारिएको तथा सरकारी कागजातमा अनधिकृत रूपमा हेरफेर र थपघट गरी वास्तविक जग्गाधनीलाई हानिनोक्सानी पुर्‍याइएको अभियोग पत्रमा उल्लेख छ । आयोगले तत्कालीन कार्यालय प्रमुख यादव, नायब सुब्बा कोइराला, खरिदार झा र वडाध्यक्ष चौधरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिम कैद तथा जरिवानाको मागदाबी गरेको छ । तत्कालीन वडा सचिव रायविरुद्ध सोही ऐनको दफा ९ र दफा १९ को उपदफा (२) बमोजिम कैद तथा जरिवानाको माग गरिएको छ । किशोरी धामी थारू र भोला धामी थारुलाई गैरकानुनी लाभ प्राप्त गर्ने मतियारका रूपमा प्रतिवादी बनाउँदै ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम मुख्य कसुरदारसरह सजायको माग गरिएको आयोगले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
इन्टरनेट सेवा प्रदायकलाई सञ्चारमन्त्रीको चेतावनी : कानुन उल्लंघन गर्नेलाई कारबाही गर्छौं
OthersJust now

इन्टरनेट सेवा प्रदायकलाई सञ्चारमन्त्रीको चेतावनी : कानुन उल्लंघन गर्नेलाई कारबाही गर्छौं

एआईको विकाससँगै विश्व प्रविधि क्षेत्र फाइभ–जीबाट सिक्स–जीको बहसमा पुगिसक्दा पनि नेपालमा ‘फोन लाग्दैन’ र ‘इन्टरनेट छ तर टिप्दैन’ भन्ने स्थिति सिर्जना गर्ने अधिकार अब कसैलाई नभएको मन्त्री तिम्लसिनाले स्पष्ट पारे । ...

अनलाइन खबर
होर्मुज जलमार्ग इरानको पूर्ण नियन्त्रणमा आएको दाबी
OthersJust now

होर्मुज जलमार्ग इरानको पूर्ण नियन्त्रणमा आएको दाबी

उनले यस जलमार्गबाट शान्तिपूर्ण र सुरक्षित आवागमन इरानको वैध सार्वभौम अधिकारको सम्मानमा मात्र निर्भर रहने पनि बताएका छन् । ...

अनलाइन खबर
मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, तेस्रो वरियतामा सोबिता गौतम
OthersJust now

मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, तेस्रो वरियतामा सोबिता गौतम

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन् । नयाँ मर्यादाक्रमअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम तेस्रो स्थानमा उक्लिएकी छन् । यसअघि उनी सातौं वरीयतामा थिइन् । वरीयता परिवर्तनसँगै परराष्ट्रमन्त्री शिशिर खनाल चौथो स्थानमा झरेका छन् । यसअघि उनी तेस्रो स्थानमा थिए । त्यस्तै, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको वरीयता एक–एक ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement