Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

एफपिक कार्यान्वयनका लागि राष्ट्रिय निर्देशिका सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
एफपिक कार्यान्वयनका लागि राष्ट्रिय निर्देशिका सार्वजनिक
Photo / Coverage: पर्दाफास

आदिवासी जनजाति समुदायको स्वतन्त्र पूर्वसूचित सहमति (एफपिक) कार्यान्वयनका लागि राष्ट्रिय निर्देशिका सार्वजनिक गरिएको छ । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष निमा ह्योल्मो लामा, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निवर्तमान कार्यालय प्रमुख रामकुमार मादेनले संयुक्तरुपमा विहीबार निर्देशिका सार्वजनिक गरेका हुन् । निर्देशिका सार्वजनिक कार्यक्रममा अध्यक्ष थापामगरले आदिवासी जनजाति समुदायको पुर्ख्यौली थातथलोमा उनीहरूको स्वतन्त्र र पूर्वसूचित सहमतिबिना कुनै पनि विकास आयोजना तथा गतिविधि सञ्चालन गर्न नपाइने व्यवस्था निर्देशिकामा गरिएको जानकारी दिए । उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) महासन्धि नं. १६९ र आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र (यूएनड्रिप) ले आदिवासी जनजातिको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय निर्देशिका आवश्यक भएको बताए । अध्यक्ष थापामगरका अनुसार आधुनिक विकासका नाममा सरकार, गैरसरकारी निकाय तथा नाफामूलक संस्थाले आदिवासी जनजातिको सहमतिबिना उनीहरूको परम्परागत थातथलोमा विभिन्न परियोजना सञ्चालन गर्दै आएका छन् । यस्तो अवस्थाको अन्त्य गर्दै समुदायको अधिकार सुनिश्चित गर्न निर्देशिका तयार गरिएको हो । नेपाल सरकारले आईएलओ महासन्धि नं. १६९ अनुमोदन गरिसकेको र संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रसमेत भएकाले आदिवासी जनजातिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गर्नु सरकारको दायित्व रहेको उनको भनाइ छ । निर्देशिकामा सम्बन्धित आदिवासी जनजाति समुदायको स्वतन्त्र, पूर्वसूचित सहमतिबिना सरकारी, गैरसरकारी तथा बहुराष्ट्रिय कम्पनीले कुनै पनि परियोजना सञ्चालन गर्न नपाउने व्यवस्था गरिएको छ । परियोजना निर्माणअघि नै सम्बन्धित समुदायको प्रतिनिधिको सहभागितामा नक्साङ्कन गर्नुपर्ने र परियोजनाबाट हुने फाइदा तथा बेफाइदाबारे समुदायलाई जानकारी दिनुपर्ने उल्लेख छ । समुदायलाई हानि पुग्ने देखिएमा त्यस्ता परियोजना अस्वीकार गर्न सकिने व्यवस्था पनि निर्देशिकामा समेटिएको छ । त्यस्तै, एफपिक प्रक्रियामा सहजीकरणका लागि नेपाल आदिवासी जनजाति महासंघ, सम्बन्धित संघसंस्था तथा विज्ञहरूको भूमिका रहने भए पनि सहमति दिने वा नदिने अन्तिम निर्णय सम्बन्धित समुदायको प्रथाजन्य संस्थाले गर्ने व्यवस्था गरिएको छ । सरकार संलग्न परियोजनामा सरकार, लगानीकर्ता र प्रभावित समुदायबीच त्रिपक्षीय करार गर्नुपर्ने, एफपिक प्रक्रियामा लाग्ने सम्पूर्ण आर्थिक तथा भौतिक दायित्व परियोजनाले नै व्यहोर्नुपर्ने र सहमति प्राप्त भइसकेपछि पनि समुदायलाई असर पर्ने देखिए परियोजना स्थगन गर्न सकिने प्रावधान निर्देशिकामा राखिएको छ । यसैगरी, एफपिक कार्यान्वयनका क्रममा उत्पन्न हुने द्वन्द्व तथा गुनासोको सुनुवाइ आदिवासी जनजाति आयोगले गर्ने व्यवस्था गरिएको छ । कार्यान्वयन सहजीकरणका लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्षको नेतृत्वमा सम्बन्धित मन्त्रालय तथा निकायका प्रतिनिधिसहितको राष्ट्रिय सहजीकरण संयन्त्र गठन गर्ने प्रस्ताव पनि निर्देशिकामा छ । अध्यक्ष थापामगरले नेपालका करिब ३५ प्रतिशत जनसंख्या आदिवासी जनजाति समुदायको रहेको उल्लेख गर्दै सरकारले निर्देशिकालाई आधिकारिक सरकारी दस्तावेजका रूपमा कार्यान्वयन गर्नुपर्ने बताए । यसका लागि आवश्यक कानुन निर्माण तथा संशोधन गर्न आयोगले सरकारलाई सिफारिस गर्ने उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
फोहोरबाट ऊर्जा उत्पादनलाई विस्तार गर्न सरकार तयार
OthersJust now

फोहोरबाट ऊर्जा उत्पादनलाई विस्तार गर्न सरकार तयार

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनलाई स्थानीय तहको मात्र नभई राष्ट्रिय तथा अन्तरपुस्तागत न्यायसँग जोडिएको साझा चुनौतीका रूपमा लिनुपर्ने बताएका छन् । फोहोरबाट ऊर्जा परियोजनाको पुनःस्थापना, परीक्षण सञ्चालन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले फोहोर व्यवस्थापन, नदी तथा जलस्रोतको संरक्षण र स्वच्छ वातावरण निर्माणमा सरकार, स्थानीय तह र नागरिक सबैको समान जिम्मेवारी रहेको बताए । उनले भने, ‘फोहोर व्यवस्थापन ...

पर्दाफास
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति विघटन, १२ वर्षमा १६ अर्ब खर्च
OthersJust now

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति विघटन, १२ वर्षमा १६ अर्ब खर्च

पृथ्वीको सबैभन्दा कान्छो पहाडका रूपमा चिनिएको चुरे शृङ्खला संरक्षण गर्न सरकारले आर्थिक वर्ष २०६६/६७ देखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयन सुरु गरेको थियो । ...

अनलाइन खबर
पक्राउको सूचना पाएलगत्तै भारत फरार भएका थिए पूर्वमुख्यसचिव अर्याल, भोलिमात्रै म्याद थप
OthersJust now

पक्राउको सूचना पाएलगत्तै भारत फरार भएका थिए पूर्वमुख्यसचिव अर्याल, भोलिमात्रै म्याद थप

यो मामलाका जानकाहरू त अर्याल श्रम सचिव हुनुभन्दा पहिला जिल्ला प्रशासन कार्यालय काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहेका बेलादेखि यो प्रकरणमा जोडिएकाहरूसँग निकट रहेर उनीहरूलाई सहयोग गरेको दाबी गर्छन् । ...

अनलाइन खबर
विवाह बन्धनमा बाँधिए रास्वपा सांसद निशा डाँगी र मुकुल ढकाल
OthersJust now

विवाह बन्धनमा बाँधिए रास्वपा सांसद निशा डाँगी र मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य निशा डाँगी र पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकाल विवाह बन्धनमा बाँधिएका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका निशा र मुकुलले बिहीबार विवाह गरेका हुन् । उनीहरूले लामो समयदेखिको प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गरेका हुन् । मुकुलको घर विराटनगर र निशाको घर झापामा रहेको छ । विवाहका लागि मुकुल विराटनगरबाट जन्ती लिएर ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement