रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच पाँच घण्टा लामो भेटवार्ता भएको छ । आज बिहीबार सभापति रविको निवास बूढानीलकण्ठमा पाँच घण्टा लामो आत्मीय तथा सौहार्दपूर्ण भेटवार्ता भएको हो । भेटका क्रममा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमण र भ्रमणका क्रममा हासिल भएका उपलब्धिबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए । त्यसैगरी, आगामी निर्वाचन तथा निर्वाचनको तयारी, पार्टीले सञ्चालन गर्न लागेको प्रशिक्षण अभियान र सरकारका कामकारबाहीका विषयमा दुवैबीच विस्तृत छलफल भएको जनाइएको छ । भेटमा मन्त्री तथा मन्त्रालयहरूको कार्यसम्पादन, सरकारका गतिविधि, अध्यादेश र आगामी संसद् अधिवेशनका विषयमा समेत कुराकानी भएको थियो । भेटवार्तामा पार्टीको भावी रणनीति, सरकार सञ्चालन र समसामयिक राजनीतिक विषयहरूमा दुवै नेताबीच आत्मीय तथा सौहार्दपूर्ण वातावरणमा विचार आदानप्रदान भएको बताइएको छ ।
प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच ५ घण्टा वार्ता, के भयो कुराकानी ?

Read Complete Original Article
Published originally on पर्दाफास





