Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

वैदेशिक रोजगारी ठगी तथा विदेशी मुद्रा अपचलन प्रकरणमा पूर्वमुख्यसचिव अर्याल पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
वैदेशिक रोजगारी ठगी तथा विदेशी मुद्रा अपचलन प्रकरणमा पूर्वमुख्यसचिव अर्याल पक्राउ
Photo / Coverage: टक्सार

काठमाडौँ । पूर्वमुख्य सचिवसमेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव एकनारायण अर्याल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले अर्याललाई ठगी तथा सङ्गठित अपराध सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको पुष्टि गरेको छ । उनलाई आज नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको सिआइबीले नाएको छ । अर्यालविरुद्ध अनुसन्धानका लागि गत मङ्सिर २ गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्ने अनुमति लिइएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र तथा विकास रानाभाट समेतको जाहेरीले नेपाल सरकार वादी र कैलाश खड्का समेत प्रतिवादी भएको ठगी तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसूरमा उनलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । प्रहरीका अनुसार नेपाल सरकार र मलेसिया सरकारबिच भएको समझदारी (एमओयू) विपरीत श्रमिकहरूलाई सङ्गठित रूपमा ठगी गरी गैरकानूनी रूपमा रकम सङ्कलन गरिएको थियो । सङ्कलित रकममध्ये ८३ लाख ७० हजार ४३९.९२ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८०.८० बेलायती पाउन्ड गरी जम्मा १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा विदेशी मुद्रा अपचलन गरी मलेसिया पठाउने निर्णय प्रक्रियामा अर्याल प्रत्यक्ष संलग्न रहेको आरोप छ । तत्कालीन सचिव अर्यालले आफ्नो पदीय जिम्मेवारी र कर्तव्य विपरीत सङ्गठित समूहको लाभका लागि मौन रही कानूनी उपचार नखोजेको तथा अधिकार क्षेत्र नाघेर देशको अर्थतन्त्र र विदेशी मुद्रा सञ्चितिमा नोक्सानी पुग्ने गरी आर्थिक लाभ लिने र दिलाउने कार्यमा संलग्न रहेको ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर ज.ब.रा. द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो प्रकरणमा यसअघि नै व्यवसायी, पूर्वमन्त्री तथा उच्च पदस्थ प्रशासकहरू पक्राउ परिसकेका छन्। सुरुवाती चरणमा सिआइबीले बायोमेट्रिक संस्थाका सञ्चालक व्यवसायी कैलाश खड्कासहितका मेडिकल व्यवसायीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। त्यसैको निरन्तरता स्वरूप सिआइबीले गत मङ्सिर ३ गते दुई पूर्वश्रममन्त्रीसहित ६ जना उच्च अधिकारीलाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेहरूमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, तत्कालीन श्रम सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख (सहसचिव) उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानून अधिकृत (उपसचिव) निर्मला गुरुङ रहेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राष्ट्रिय ऊर्जा नीति निर्माणका लागि उच्चस्तरीय समिति गठन
Latest NewsJust now

राष्ट्रिय ऊर्जा नीति निर्माणका लागि उच्चस्तरीय समिति गठन

काठमाडौँ । सरकारले मुलुकको ऊर्जा क्षेत्रको भावी दिशा र प्राथमिकता निर्धारण गर्ने उद्देश्यसहित राष्ट्रिय ऊर्जा नीति निर्माण प्रक्रिया अघि बढाएको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले उच्चस्तरीय समिति गठन गरेका छन् । मन्त्रिस्तरीय निर्णय गर्दै आज उनले जल तथा ऊर्जा आयोगका सचिवको संयोजकत्वमा ऊर्जा क्षेत्रको संस्थाहरुका प्रतिनिधि र विज्ञ पनि […] ...

मकालु खबर
हेलिकोप्टरमार्फत सुत्केरी आमा र नवजात शिशुको उद्धार
Latest NewsJust now

हेलिकोप्टरमार्फत सुत्केरी आमा र नवजात शिशुको उद्धार

वासुदेव शर्माजाजरकोट, मङ्सिर १० गते । जाजरकोटमा सुत्केरी आमा र नवजात शिशुको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । नलगाड नगरपालिका –१२ की २३ बर्षीया बिमला रावल र नवजात शिशुलाई हेलिकोप... ...

गोरखापत्र
आज दिनभर देश-दुनियाँमा के-के भयो ? यस्ता छन् आजका प्रमुख समाचार
Latest NewsJust now

आज दिनभर देश-दुनियाँमा के-के भयो ? यस्ता छन् आजका प्रमुख समाचार

पूर्वमुख्य सचिव एकनारायण अर्याल पक्राउ, मलेसिया पठाउने श्रमिकलाई ठगी गरेको आरोप कृषिमन्त्री गिता चौधरी आफैं स्कुटर चलाएर अनुगमनमा गइन्, उनी स्कुटर आफैं चलाउँदै र स्कुटरको पछाडि पीएसओलाई राखेर मासु पसलमा गरेकी हुन् छड्के अनुगमन १४ वर्षीया सुत्केरी बालिकामाथि जबरजस्ती करणी गर्ने उनका ससुरा र कुटपिट गर्ने श्रीमान पक्राउ, घटनाबारे थप अनुसन्धान हुँदै भारततर्फ खसीबोका निर्यात बढ्यो भन्दै मासु व्यवसायीले आपत्ति जनाए, स्वदेशी बजारमा ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement