पूर्वमुख्य सचिव एकनारायण अर्याल पक्राउ, मलेसिया पठाउने श्रमिकलाई ठगी गरेको आरोप कृषिमन्त्री गिता चौधरी आफैं स्कुटर चलाएर अनुगमनमा गइन्, उनी स्कुटर आफैं चलाउँदै र स्कुटरको पछाडि पीएसओलाई राखेर मासु पसलमा गरेकी हुन् छड्के अनुगमन १४ वर्षीया सुत्केरी बालिकामाथि जबरजस्ती करणी गर्ने उनका ससुरा र कुटपिट गर्ने श्रीमान पक्राउ, घटनाबारे थप अनुसन्धान हुँदै भारततर्फ खसीबोका निर्यात बढ्यो भन्दै मासु व्यवसायीले आपत्ति जनाए, स्वदेशी बजारमा मासुको अभाव र मूल्यवृद्धि हुने भन्दै अवैध निर्यात रोक्नका लागि सीमा नाकामा कडाइ गर्न र मासु जाँच ऐन कार्यान्वयनअघि आवश्यक पूर्वाधार निर्माण गर्न माग रास्वपा सहमहामन्त्रीसमेत रहेकी सांसद निशा डाँगी र पार्टी संस्थापक महामन्त्री डाक्टर मुकुल ढकाल वैवाहिक बन्धनमा बाँधिए, आज मंसिर १० गते झापामा भएको हो विवाह नेपाली राष्ट्रिय क्रिकेटर रोहित पौडेल विवाह बन्धनमा बाँधिए, थाइल्यान्डमा प्रेमिका सिम्रन खड्कासँग गरेका हुन् विवाह काठमाडौं महानगरले वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भयो, जसले बिरामीलाई सहज हुने आज मंसिर १० गते सुनको मूल्य १ हजार ४ सयले बढ्यो, २ लाख ४२ हजार ८ सयमा कारोबार भयो आज मंसिर १० गते नेप्से १० दशमलव आठ नौ अंकले बढ्यो, ३ सय ५५ कम्पनीको १ करोड ४६ लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड ४७ लाख रुपैयाँको कारोबार भयो नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख पुग्यो, यो रकम कुल गार्हस्थ्य उत्पादनको ४५ दशमलव ०८ प्रतिशत हो The post आज दिनभर देश-दुनियाँमा के-के भयो ? यस्ता छन् आजका प्रमुख समाचार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
आज दिनभर देश-दुनियाँमा के-के भयो ? यस्ता छन् आजका प्रमुख समाचार

Read Complete Original Article
Published originally on कर्पोरट खबर






