Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

शरद् ऋतुमा ७७ देशका एक हजार ६३३ आरोहीलाई हिमाल चढ्न अनुमति

Share:WhatsAppFacebookX (Twitter)Telegram
शरद् ऋतुमा ७७ देशका एक हजार ६३३ आरोहीलाई हिमाल चढ्न अनुमति
Photo / Coverage: नेपालन्युज

काठमाडौं।नेपालको पर्यटन विभागले सन् २०२६ को शरद् ऋतुमा विभिन्न हिमाल आरोहणका लागि ७७ देशका एक हजार ६३३ आरोहीलाई अनुमति प्रदान गरेको छ। विभागका अनुसार १९० वटा आरोहण टोलीमा रहेका यी आरोहीहरूले ५० वटा हिमाल चढ्ने अनुमति लिएका हुन्। अनुमति लिनेमा एक हजार २५३ पुरुष र ३८० महिला रहेका छन्। विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार सबैभन्दा धेरै फ्रान्सका १५० जना आरोही रहेका छन्। त्यसैगरी चीनबाट १४६, अमेरिकाबाट १३०, रसियाबाट १२४, बेलायतबाट ११२, जर्मनीबाट १०२, नेपालबाट ९०, स्पेनबाट ५६, स्वीट्जरल्याण्डबाट ५२, अष्ट्रेलियाबाट ४६ र चेक रिपब्लिकबाट ४२ जनाले अनुमति लिएका छन्। अगस्टको अन्तिम साताबाट संकलन सुरु भएको रोयल्टीबापत सरकारले ३३ करोड ४२ लाख ८६ हजार ६१७ रुपैयाँ राजश्व संकलन गरेको छ। यो रकम २१ लाख ९७ हजार ७१० अमेरिकी डलर बराबर हो। आरोहण अनुमति दिइएका हिमालमध्ये मनास्लु (८,१६३ मिटर) सबैभन्दा बढी प्राथमिकतामा परेको छ। मनास्लुका लागि ४३ टोलीका ५०० आरोहीले अनुमति लिएका छन्, जसबाट २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी संकलन भएको छ। त्यस्तै, आमादब्लम हिमालका लागि ४० टोलीका ४७६ आरोहीले अनुमति लिएका छन्, जसबाट सात करोड १३ लाख ४७ हजार १०० रुपैयाँ संकलन भएको छ। विभागका अनुसार हिम्लुङ हिमालका लागि १३ टोलीका १३० जनाले अनुमति लिएका छन्, जसबाट ७९ लाख ७४ हजार २० रुपैयाँ संकलन भएको छ। धौलागिरि-१ का लागि ३७ जना र मकालु हिमालका लागि तीन जनाले अनुमति लिएका छन्। यसबाहेक पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से, गङ्गापूर्णा पश्चिम, थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण-४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक, पोखर खाङ, अर्दाङ, जुगल र पेरीलगायतका हिमाल आरोहणका लागि पनि अनुमति दिइएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बैंक खाता रोक्का गर्ने चेतावनीपछि ४७ आरोपी विभागको सम्पर्कमा
Latest NewsJust now

बैंक खाता रोक्का गर्ने चेतावनीपछि ४७ आरोपी विभागको सम्पर्कमा

काठमाडौँ । वैदेशिक रोजगार ठगीसम्बन्धी जाहेरीको अनुसन्धानका क्रममा ठगीमा प्रयोग भएका बैंक खाता रोक्का गर्ने तयारी गरेपछि ४७ जना आरोपित वैदेशिक रोजगार विभागको सम्पर्कमा आएका छन् । युवा, श्रम तथा रोजगार... ...

रातोपाटी
प्रधानमन्त्री र रास्वपा सभापतिबीच भेटवार्ता
Latest NewsJust now

प्रधानमन्त्री र रास्वपा सभापतिबीच भेटवार्ता

• प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। • भेटमा प्रधानमन्त्रीको भारत भ्रमण, पार्टीका आन्तरिक विषय र आगामी संसद अधिवेशनका विषयमा चर्चा भएको छ। • सो भेटमा पार्टीले सुरु गर्न लागेको प्रशिक्षण कार्यक्रम र सरकारले ल्याउन लागेको अध्यादेशका विषयमा पनि कुराकानी भएको छ। ...

नेपालबहस
काँग्रेस केन्द्रिय समितिको बैठक शुक्रवार फेरि बस्ने
Latest NewsJust now

काँग्रेस केन्द्रिय समितिको बैठक शुक्रवार फेरि बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले विभिन्न एजेन्डामाथि धारणा राख्ने क्रम बिहीबार पनि जारी रहेको छ । मंगलबारदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा पार्टीले आगामी मंसिर १५ गतेदेखि सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ’ अभियानको तयारी, सुकुम्बासी व्यवस्थापन र रसुवाको भोटेकोशी बाढीलगायतका विषयमा छलफल भइरहेको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार कांग्रेसको १५औँ महाधिवेशनबाट पारित ...

हिमालय टाइम्स
पूर्वमुख्यसचिव अर्यालमाथि ठगी तथा संगठित अपराध मुद्दा, के भन्छ प्रहरी ?
Latest NewsJust now

पूर्वमुख्यसचिव अर्यालमाथि ठगी तथा संगठित अपराध मुद्दा, के भन्छ प्रहरी ?

काठमाण्डु – मलेसियामा गैरकानुनी रूपमा संकलन गरिएको रकम पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव तथा पूर्व मुख्यसचिव एकनारायण अर्याललाई ठगी तथा संगठित अपराध सम्बन्धी कसूरमा पक्राउ गरिएको प्रहरीले आधिकारिक जानकारी दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार विज्ञप्ति जारी गर्दै अर्याललाई बुधबार मोरङको […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement