Monday, November 2, 2026||
MultiKhabarMultiKhabar
नेपालन्युज

नेपालन्युज

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from नेपालन्युज.

Headlines from नेपालन्युज

भारतका विदेश सचिव मिस्री नेपाल भ्रमणमा आउँदै
Latest NewsJust now

भारतका विदेश सचिव मिस्री नेपाल भ्रमणमा आउँदै

काठमाडौं। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राइको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ र १९ गते नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । भ्रमणका क्रममा परराष्ट्र सचिव राइले भारतका विदेश सचिव मिस्रीसँग द्विपक्षीय छलफल गर्नुहुने परराष्ट्र मन्त्रालय जनाएको छ । छलफलमा दुवै पक्षले नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विषयमा विचार आदानप्रदान गर्नेछन्। यसबाट दुवै देशबीच ...

नेपालन्युज
अक्टोबरमा एक लाख ३२ हजार विदेशी पर्यटक नेपाल भित्रिए
Latest NewsJust now

अक्टोबरमा एक लाख ३२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२६ को अक्टोबरमा एक लाख ३२ हजार ८१४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार गत वर्षको अक्टोबर महिनाको तुलनामा यसवर्ष चार हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका हुन्। बोर्डका अनुसार सबैभन्दा बढी १७ हजार ४३७ अमेरिकी पर्यटकको आगमन भएको हो । अघिल्लो वर्ष यसै महिनामा १३ हजार २८६ अमेरिकी पर्यटक आएका थिए । यस ...

नेपालन्युज
एनपीएलमा सुदूरपश्चिमको दोस्रो जित, चितवन ५ विकेटले पराजित
Latest NewsJust now

एनपीएलमा सुदूरपश्चिमको दोस्रो जित, चितवन ५ विकेटले पराजित

काठमाडौं। सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो दोस्रो जित दर्ता गरेको छ। सोमबार भएको खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको हो। चितवनले दिएको १ सय ३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। सुदूरपश्चिमका लागि ब्राण्डोन म्याक मुलेनले सर्वाधिक ४३ रन बनाए। उनले २१ बलमा ६ चौका र २ छक्का प्रहार गरे। त्यसैगरी, इशान ...

नेपालन्युज
सुनकोशी–मरिण डाइभर्सनको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन सरकारको निर्देशन
Latest NewsJust now

सुनकोशी–मरिण डाइभर्सनको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन सरकारको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया संशोधित ऐन तथा नियमावलीअनुसार तत्काल अघि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको बैठकले कानुनी प्रक्रिया पूरा गरी आयोजनाको ठेक्का प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो। बैठकमा मन्त्रालयले आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्ने गरी आवश्यक प्रक्रिया अघि ...

नेपालन्युज
डा. केसीलाई सत्याग्रह अन्त्य गरी संवादमा आउन मन्त्रालयको आग्रह
Latest NewsJust now

डा. केसीलाई सत्याग्रह अन्त्य गरी संवादमा आउन मन्त्रालयको आग्रह

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सत्याग्रह अन्त्य गरेर वार्तामा आउन डा. गोविन्द केसीलाई आग्रह गरेको छ। मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले उठाएका माग र विगतमा भएका सम्झौताहरूको कार्यान्वयन अवस्थाबारे जानकारी दिएको छ। सरकारले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि डा. केसीका मागहरू सम्बोधन गर्न सुरुदेखि नै प्रतिबद्ध रहेको जनाएको छ। मन्त्रालयका अनुसार डा. केसीले उठाएका अधिकांश ...

नेपालन्युज
चितवन राइनोजका रवि बोपाराले टी-२० क्रिकेटमा पूरा गरे १० हजार रन
Latest NewsJust now

चितवन राइनोजका रवि बोपाराले टी-२० क्रिकेटमा पूरा गरे १० हजार रन

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजबाट खेलिरहेका इङ्ल्यान्डका ब्याट्सम्यान रवि बोपाराले टी-२० क्रिकेटमा १० हजार रनको कोसेढुङ्गा पार गरेका छन्। सोमबार सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा २० रन जोड्दै ४१ वर्षीय बोपाराले यो उपलब्धि हासिल गरेका हुन्। खेल सुरु हुनुअघि बोपाराले टी-२० फर्म्याटमा ४ सय ९५ खेल खेल्दै ९ हजार ९ सय ८० रन बनाएका थिए। सुदूरपश्चिमविरुद्धको खेलमा आवश्यक २० रन ...

नेपालन्युज
तर्साउने धेरै आए, तर्सिने बानी परेन : गगन थापा
Latest NewsJust now

तर्साउने धेरै आए, तर्सिने बानी परेन : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार साँझ १८:०० बजे सामाजिक सञ्जालमार्फत एउटा सन्देश सार्वजनिक गरेका छन्। थापाले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘अहिले ठीक १८:०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन।’ थापाको यो टिप्पणीलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन्। धेरैले यसलाई हालै चर्चामा रहेको कांग्रेसको आधिकारिकता विवाद र त्यससँग जोडिएको १८ करोड रुपैयाँको डिलको दाबीसँग जोडेर हेरेका छन्। ...

नेपालन्युज
चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई दियो १३० रनको लक्ष्य
Latest NewsJust now

चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई दियो १३० रनको लक्ष्य

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्ससामु जितका लागि १३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको सुदूरपश्चिमविरुद्ध ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको हो। चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रनको योगदान दिए। चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ४० बलको ...

नेपालन्युज
न्यायालयको साख जोगाउने चुनौती
Latest NewsJust now

न्यायालयको साख जोगाउने चुनौती

सर्वोच्च अदालतले प्रधानन्यायाधीश र न्यायाधीशहरूको नाम जोडेर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचार र आरोपबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। सोमबार करिब चार घण्टा बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले सार्वजनिक भएका विषयमा पूर्वाग्रहरहित, स्वतन्त्र र निष्पक्ष ढंगले संविधान तथा कानुनबमोजिम छानबिन गरी निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न भनेको हो। अदालतले संविधानको सर्वोच्चता र कानुनको शासनप्रति ...

नेपालन्युज
जलवायु सहकार्यमा नेपाल–स्विट्जरल्यान्डकाे जोड
Latest NewsJust now

जलवायु सहकार्यमा नेपाल–स्विट्जरल्यान्डकाे जोड

काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताएका छन्। नेपाल भ्रमणमा रहेको स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजको प्रतिनिधिमण्डलसँग राष्ट्रपति भवन शीतल निवासमा आज भएको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट सिर्जित असर समाधानमा नेपाल सहकार्य गर्न तयार रहेको उल्लेख गरे । “नेपालको शान्ति प्रक्रियामा स्विट्जरल्यान्ड सरकारले गरेको निरन्तर सहयोग हाम्रा ...

नेपालन्युज
सुक्खा बन्दरगाह निर्माण २६ प्रतिशत पूरा
Latest NewsJust now

सुक्खा बन्दरगाह निर्माण २६ प्रतिशत पूरा

कञ्चनपुर।हालसम्म दोधारा चाँदनीमा निमार्ण भइरहेको सुक्खा बन्दरगाहको २६ प्रतिशत काम सम्पन्न भएको छ। बहुप्रतिक्षित सुक्खा बन्दरगाहको निर्माण अवधि ३० महिना तोकिएको छ। करिब दुई अर्ब ३७ करोड भारतीयको लागतमा उक्त बन्दरगाह निर्माण हुने भएको हो। बन्दरगाहको निर्माण २४ डिसेम्बर २०२५ बाट सुरु भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका इञ्जिनियर अनिश केसीले जानकारी दिए। उनले उक्त आयोजना निर्माणपछि सुदूरपश्चिममा आर्थिक चहलपहल बढ्ने ...

नेपालन्युज
उदयपुरमा सशस्त्र प्रहरीद्वारा ७ हजार ८२६ किलो गाँजा बरामद
Latest NewsJust now

उदयपुरमा सशस्त्र प्रहरीद्वारा ७ हजार ८२६ किलो गाँजा बरामद

उदयपुर। सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्यूरोले उदयपुरबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। ब्यूरोको विशेष सूचनाका आधारमा कात्तिक १५ गते साँझ करिब उदयपुरको बेलका नगरपालिका–८ स्थित दिवाजोर, मैनामैनी–कोशीपुल भित्री सडक खण्डमा गरिएको चेकजाँचका क्रममा ७ हजार ८२६ किलो ८०० ग्राम गाँजा बरामद गरिएको हो। सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्यूरो तथा नं. ४ गण सुनसरी र नं. ५ गण ...

नेपालन्युज
जापानका लागि प्रस्तावित राजदूत थापाले फिर्ता लिए नाम
Latest NewsJust now

जापानका लागि प्रस्तावित राजदूत थापाले फिर्ता लिए नाम

काठमाडौं। जापानका लागि प्रस्तावित राजदूत जीज्ञानकुमार थापाले राजदूतको संसदीय सुनुवाइ तथा नियुक्ति प्रक्रियाबाट आफ्नो नाम फिर्ता लिएका छन्। संघीय संसद् संसदीय सुनुवाइ समितिको आजको बैठकमा सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित राजदूत थापाले समितिलाई सम्बोधन गरी पठाएको पत्रमा उनले नाम फिर्ता लिएको विषयबारे जानकारी गराएका थिए। उक्त देशमा राजदूत नियुक्ति भएर जाँदा स्वार्थ बाझिने विषय संसदीय सुनुवाइ समितिमा उठेपछि थापाले आफ्नो नाम फिर्ता लिएका ...

नेपालन्युज
चितवनजविरुद्ध सुदूरपश्चिम फिल्डिङमा
Latest NewsJust now

चितवनजविरुद्ध सुदूरपश्चिम फिल्डिङमा

काठमाडौं।तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत चितवन राइनोजविरुद्ध टस जितेर सुदूरपश्चिम रोयल्यले फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो। त्यससँगै चितवनले पहिले ब्याटिङ गर्ने भएको छ। दुई खेलबाट तीन अंक जोडेको चितवन आज जित निकाल्दै आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ। यता तीन खेलमध्ये दुईमा हार र एकमा जित ...

नेपालन्युज
कर्णालीमाथि काठमाडौंको जित
Latest NewsJust now

कर्णालीमाथि काठमाडौंको जित

काठमाडौं।नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा काठमाडौंले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो। काठमाडौं पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो। यता कर्णालीको भने लगातार दोस्रो जित पछिको यो पहिलो हार हो। कर्णालीले पहिलो ...

नेपालन्युज
भूमिहीनलाई पुर्जा वितरणमा ढिलाइ स्वीकार्य छैन : मन्त्री रावल
Latest NewsJust now

भूमिहीनलाई पुर्जा वितरणमा ढिलाइ स्वीकार्य छैन : मन्त्री रावल

झापा। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणलाई तीव्रता दिन निर्देशन दिएकी छन्। जिल्ला प्रशासन कार्यालयमा जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी, जिल्लाका १५ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा भूमि शाखाका कर्मचारीसँगको अन्तरक्रियामा उनले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरणको हालसम्मको प्रगति सन्तोषजनक नरहेको धारणा व्यक्त गरिन्। मन्त्री रावलले ...

नेपालन्युज
मधेसमा सत्ता संघर्ष
Latest NewsJust now

मधेसमा सत्ता संघर्ष

जनकपुरधाम। नेकपा एमालेले नेपाली कांग्रेस नेतृत्वको मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता लिएपछि प्रदेशको राजनीति फेरि सरकार गठन र सत्ता समीकरणको विवादमा केन्द्रित भएको छ। नयाँ सरकार निर्माणका लागि जनता समाजवादी पार्टी नेपाल, नेकपा एमाले र जनमत पार्टीबीच छलफल चलिरहेको छ। नेपाली कम्युनिष्ट पार्टीसँग पनि विभिन्न तहमा संवाद भइरहेको छ। तर सरकारको नेतृत्व कसले गर्ने, कुन दलले कति मन्त्रालय पाउने र सत्ता ...

नेपालन्युज
विदेशी ‘कन्टेन्ट क्रिएटर’ बोलाएर पोखराको प्रचार
Latest News3m ago

विदेशी ‘कन्टेन्ट क्रिएटर’ बोलाएर पोखराको प्रचार

गण्डकी।अन्तर्राष्ट्रियस्तरमा पर्यटकीय सहर पोखरालाई चिनाउन विभिन्न सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता ‘ट्राभल कन्टेन्ट क्रिएटर’ यतिबेला पोखरामा छन्। ‘प्रकृति, संस्कृति र साहस’ मा आधारित यहाँका पर्यटकीय गन्तव्यलाई सामाजिक सञ्जाललगायत डिजिटल माध्यमबाट विश्व पर्यटन बजारमा प्रवर्द्धनका लागि उनीहरु पोखरा आएका हुन्। नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा पोखरा आएका कन्टेन्ट क्रिएटरले यहाँका विभिन्न गन्तव्यमा पुगी भिडियो सामग्री निर्माण गरिरहेको बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले ...

नेपालन्युज
सरकार सरकार जस्तो भएन : शंकर पोखरेल
Latest News18m ago

सरकार सरकार जस्तो भएन : शंकर पोखरेल

काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै राज्य सञ्चालनको जिम्मेवारीमा रहेकाहरूले नै लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर बनाइरहेको आरोप लगाएका छन्। सोमबार प्रेस चौतारी नेपालले रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारका गतिविधि र नेतृत्वको अभिव्यक्ति राज्य सञ्चालनको गरिमाअनुकूल नभएको टिप्पणी गरे। कार्यकारी पदमा रहेका व्यक्तिहरू थप जिम्मेवार र संयमित हुनुपर्नेमा राज्य सञ्चालनलाई बालबालिकाको भाँडाकुटी खेल ...

नेपालन्युज
कर्णालीले काठमाडौंलाई दियो १८१ रनको चुनौती
Latest News1h ago

कर्णालीले काठमाडौंलाई दियो १८१ रनको चुनौती

काठमाडौं।नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता–२०२६ अन्तर्गत आज जारी खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई जितको लागि १८१ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८० रनको योगफल बनायो। कर्णालीका लागि अरिफु स्लामले सर्वाधिक ४४ रनको योगदान दिए। उनले २२ बलमा पाँच चौका र तीन ...

नेपालन्युज