Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

सरकार सरकार जस्तो भएन : शंकर पोखरेल

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकार सरकार जस्तो भएन : शंकर पोखरेल
Photo / Coverage: नेपालन्युज

काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै राज्य सञ्चालनको जिम्मेवारीमा रहेकाहरूले नै लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर बनाइरहेको आरोप लगाएका छन्। सोमबार प्रेस चौतारी नेपालले रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारका गतिविधि र नेतृत्वको अभिव्यक्ति राज्य सञ्चालनको गरिमाअनुकूल नभएको टिप्पणी गरे। कार्यकारी पदमा रहेका व्यक्तिहरू थप जिम्मेवार र संयमित हुनुपर्नेमा राज्य सञ्चालनलाई बालबालिकाको भाँडाकुटी खेल जस्तो बनाइएको उनको आरोप थियो। पोखरेलले विद्यार्थी संगठन, ट्रेड युनियन, व्यावसायिक संघसंस्था र सञ्चारमाध्यममाथि सरकारी हस्तक्षेप बढेको दाबी गरे। लोकतन्त्रमा संगठन खोल्ने, आफ्ना विचार राख्ने र व्यावसायिक गतिविधि सञ्चालन गर्ने अधिकार कुण्ठित गर्न खोजिएको उनको भनाइ थियो। उनले विश्वविद्यालय तथा क्याम्पसमा विद्यार्थी र ट्रेड युनियनका गतिविधि नियन्त्रण गर्ने, व्यावसायिक संस्थालाई कार्यक्रम नगर्न निर्देशन दिने तथा सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई पक्राउ गर्ने जस्ता घटनाले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न उठाएको बताए। सरकारको कार्यशैलीले मुलुकको लोकतान्त्रिक प्रणाली र संवैधानिक संस्थाहरूको भूमिका समेत कमजोर बनाएको पोखरेलको टिप्पणी थियो। सरकार बाह्य शक्तिको प्रभावमा परिचालित भइरहेको हो कि भन्ने आशंका पनि बढेको उनले बताए। भूराजनीतिक प्रतिस्पर्धाका बीच सरकारको नेतृत्वले अपनाइरहेको नीतिले नेपालको संवेदनशील भूराजनीतिक अवस्थालाई जोखिममा पार्न सक्ने उनको भनाइ थियो। उनले राज्य र सरकार आफ्नो जिम्मेवारीअनुसार सञ्चालन हुन नसकेको भन्दै लोकतान्त्रिक व्यवस्थाको भविष्यप्रति चिन्ता व्यक्त गरे।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भोटेकोशी बाढी प्रभावितका लागि स्थायी आवास निर्माण गर्न भौगोलिक अध्ययन भइरहेको छ : प्राधिकरण
Latest NewsJust now

भोटेकोशी बाढी प्रभावितका लागि स्थायी आवास निर्माण गर्न भौगोलिक अध्ययन भइरहेको छ : प्राधिकरण

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी प्रभावितका लागि स्थायी आवास निर्माण गर्न भौगोलिक अध्ययन भइरहेको जनाएको छ । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको... ...

रातोपाटी
७ महिनामा सीमा क्षेत्रबाट  एक अर्ब ३३ करोड रूपैयाँ बराबरको अवैध सामग्री बरामद
Latest NewsJust now

७ महिनामा सीमा क्षेत्रबाट एक अर्ब ३३ करोड रूपैयाँ बराबरको अवैध सामग्री बरामद

काठमाडाैँ । सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने सरकारको नीतिअनुरुप सशस्त्र प्रहरी बल, नेपालले अवैध सामानको ओसारपसार, लागूऔषध कारोबार, हातहतियार तस्करी तथा अन्य आपराधिक गतिविधिविरुद्ध कारबाही तीव्र पारेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वको सरकार बनेदेखि हालसम्म (२०८२ चैत १३ देखि २०८३ कार्तिक १२) सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट एक अर्ब ३३ करोड २६ लाख ९१ हजार ५९९ रूपैयाँ बराबरको अवैध ...

टक्सार
यथाशीघ्र संसद बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग
Latest NewsJust now

यथाशीघ्र संसद बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग

प्रतिपक्षी दलहरूले सरकारसँग यथाशीघ्र संसद बैठक आह्वान गर्न माग गरेका छन्।  सोमवार नेपाली कांग्रेसको आह्वानमा सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको यस्तो माग गर्ने निर्णय गरेको नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले बताए। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले न्यायालयमा विचौलियाको प्रभाव, प्रहरीसँग सम्बन्धित विषयमा प्रधानमन्त्रीको नाम जोडिएर आएका प्... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play