Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

जलवायु सहकार्यमा नेपाल–स्विट्जरल्यान्डकाे जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
जलवायु सहकार्यमा नेपाल–स्विट्जरल्यान्डकाे जोड
Photo / Coverage: नेपालन्युज

काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताएका छन्। नेपाल भ्रमणमा रहेको स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजको प्रतिनिधिमण्डलसँग राष्ट्रपति भवन शीतल निवासमा आज भएको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट सिर्जित असर समाधानमा नेपाल सहकार्य गर्न तयार रहेको उल्लेख गरे । “नेपालको शान्ति प्रक्रियामा स्विट्जरल्यान्ड सरकारले गरेको निरन्तर सहयोग हाम्रा लागि महत्त्वपूर्ण छन्। नेपालको लोकतन्त्र, संघीयता, स्थानीय शासन तथा सामाजिक आर्थिक विकासलाई सुदृढ गर्न स्विटजरल्यान्डले लामो समयदेखि गर्दै आएको सहयोगको म प्रशंसा गर्दछु”, भेटमा राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने। राष्ट्रपति पौडेलले स्विट्जरल्यान्डको सुदृढ लोकतान्त्रिक मूल्य र मान्यताबाट आफू निरन्तर प्रभावित रहेको बताए। सो अवसरमा स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरेले हिमालहरू चलायमान हुँदैछन् भन्दै यसका लागि पूर्व सूचना प्रणाली अत्यन्त महत्त्वपूर्ण रहेकामा जोड दिए। उनले यसमा स्विट्जरल्यान्डले काम गरिरहेको भन्दै नेपालसँग सहकार्य गरेर अगाडि बढ्न आफूहरू तयार रहेको उल्लेख गरे।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जलवायु परिवर्तनको जोखिमविरुद्धको पूर्वसूचना प्रणालीमा नेपाललाई सघाउन स्विट्जरल्यान्ड इच्छुक
Latest NewsJust now

जलवायु परिवर्तनको जोखिमविरुद्धको पूर्वसूचना प्रणालीमा नेपाललाई सघाउन स्विट्जरल्यान्ड इच्छुक

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताएका छन्। नेपाल भ्रमणमा रहेको स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजको प्रतिनिधिमण्डलसँग राष्ट्रपति भवन शीतल निवासमा आज भएको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट सिर्जित असर समाधानमा नेपाल सहकार्य... ...

नेपालखबर
सिकन्दर राजा पनि आउट भए
Latest NewsJust now

सिकन्दर राजा पनि आउट भए

काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबार जारी दोस्रो खेलमा चितवन राईनोजका सिकन्दर राजा आउट भएका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा सिकन्दरले सुदूरपश्चिमसँगको खेलमा २० बलमा १ चौकासहित २०... ...

रातोपाटी
इनमको बयान : चोलेन्द्र श्रीमान् ‘मास्टरमाइण्ड’, मलाई ‘युज’ गरियो
Latest NewsJust now

इनमको बयान : चोलेन्द्र श्रीमान् ‘मास्टरमाइण्ड’, मलाई ‘युज’ गरियो

काठमाडौँ। सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) कसुरमा बिचौलिया इनम सापकोटा अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्। पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएपछि प्रहरीको विशेष ब्यूरोले उनलाई असोज १४ मा... ...

रातोपाटी
फ्लोरिडामा निजी जेट दुर्घटना हुँदा गाडीको ड्याशक्यामले खिचेको दृश्य
Latest NewsJust now

फ्लोरिडामा निजी जेट दुर्घटना हुँदा गाडीको ड्याशक्यामले खिचेको दृश्य

अमेरिकाको फ्लोरिडामा आइतवार भएको निजी जेट दुर्घटनाको दृश्य देखिने यो भिडिओ हेर्नुहोस्।अमेरिकाका यातायातमन्त्रीले विमानमा रहेका सबै नौ जनाको ज्यान गएको बताएका छन्।विमानबाहिर रहेकाहरूलाई भने कुनै चोट नलागेको बताइएको छ।यस घटनाबारे विस्तृतमा पढ्नुहोस्।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू ...

बीबीसी नेपाली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play