Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
नेपालन्युज

नेपालन्युज

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from नेपालन्युज.

NEPAL NEWS FROM नेपालन्युज

Loaded 20 articles
मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
ताजा खबरJust now

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

मुस्ताङ। हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ। असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ निकासी प्रभावित भएको हो। सडक अवरुद्ध भएपछि यहाँ उत्पादित स्याउ गत वर्षको यसै समयको तुलनामा ज्यादै कम निकासी भएको छ। उक्त सडक सञ्चालन भएसँगै स्याउ बजार पठाउन थालिएको छ। यस वर्ष स्याउ उत्पादन राम्रो ...

नेपालन्युज
चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन
ताजा खबरJust now

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी। रेसुंगा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ। प्रतिकूल मौसमका कारण करिब चार महिनादेखि उक्त विमानस्थल प्रभावित भएको थियो। गुल्मीको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले गत जेठको तेस्रो सातादेखि जिल्लामा हवाई उडान अवरुद्ध भएको जानकारी दिए। खराब मौसम, बाक्लो कुहिरो र हावाको चापका कारण उडान सञ्चालनमा समस्या आउन सक्ने भएकाले हवाई सेवा बाध्य भइ रोक्नुपरेको उनले बताए। हवाई सेवा सञ्चालनमा ...

नेपालन्युज
ओमानविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै
ताजा खबरJust now

ओमानविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौं।आइसिसी विश्वकप क्रिकेट लिग–२ को एक दिवसीय शृङ्खलाअन्तर्गत आज ओमानविरुद्धको खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको छ। ओमानको अल अमेरत ग्राउन्डमा भर्खरै भएको टसमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको हो। यससँगै ओमानले भने पहिला फिल्डिङ गर्नेछ। जारी शृङ्खलामा नेपाल र ओमान दोस्रो जितको खोजीमा रहेका छन्। यही असोज २६ गते भएको पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गर्दै ...

नेपालन्युज
प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ
ताजा खबरJust now

प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ

काठमाडौं।काठमाडौं उपत्यकामा अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको ‘स्वीप अपरेसन’ का क्रममा ९८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार असोज २६ गतेदेखि २७ गते बिहान ६ः०० बजेसम्म सञ्चालन गरिएको उक्त अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकामध्ये ७६ पुरुष र ११ महिला रहेको जिल्ला प्रहरी परिसरले जनाएको छ। समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने ...

नेपालन्युज
विश्वकप लिग–२ शृङ्खला : नेपालले आज ओमानसँग खेल्दै
ताजा खबरJust now

विश्वकप लिग–२ शृङ्खला : नेपालले आज ओमानसँग खेल्दै

काठमाडौं।आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध खेल्दैछ। यी दुई टोलीबीचको खेल बिहान ११ः१५ देखि मस्कटस्थित अलअमरात क्रिकेट मैदानमा सुरु हुनेछ। जारी शृङ्खलामा नेपाल र ओमान लगातार दोस्रो जितको खोजीमा छन्।नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले हराएको थियो। यस्तै, ओमानले क्यानडाविरुद्ध ४१ रनको जित निकालेको थियो। नेपाली टोली आज पनि खेलमा जित निकाल्दै अंक तालिकामा सुधार गर्न चाहन्छ। तालिकाको ...

नेपालन्युज
विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, ‘माउस क्लिक’ गरेर संयुक्त उद्घाटन
ताजा खबरJust now

विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, ‘माउस क्लिक’ गरेर संयुक्त उद्घाटन

विराटनगर।संघीयता कार्यान्वयन, अधिकार बाँडफाँट र प्रदेशहरूबीचको सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ सुरु भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा सोमबार सुरु भएको दुई दिने सम्मेलनको उद्घाटन मुख्यमन्त्रीहरूले कम्प्युटरको माउस क्लिक गरी डिजिटल माध्यमबाट संयुक्त रूपमा गरेका छन्। सम्मेलनमा सुदूरपश्चिम प्रदेश बाहेक ६ प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव, मुख्य न्यायाधिवक्ता तथा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षहरूको सहभागिता छ। उद्घाटन सत्रपछि कोशी ...

नेपालन्युज
कांग्रेसको मतगणना तीब्र : नतिजा धमाधम, आज २५ समूह बनाएर गणना
ताजा खबरJust now

कांग्रेसको मतगणना तीब्र : नतिजा धमाधम, आज २५ समूह बनाएर गणना

काठमाडौं।नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा तीव्र गतिमा अघि बढिरहेको निर्वाचन समितिले जनाएको छ। बडादशैंलाई ध्यानमा राखेर मतगणना कार्यलाई छिटो र प्रभावकारी बनाउन आज पनि औसतमा २५ वटा समूह बनाएर विभिन्न पदहरूको मतगणना एकसाथ अघि बढाइएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए। दुई क्लस्टरको मतगणना बिहान ...

नेपालन्युज
महँगीले बिथोलेको घरको सपना
ताजा खबरJust now

महँगीले बिथोलेको घरको सपना

दसैँ नजिकिँदै गर्दा यतिबेला घरघरमा आँगन र बाटोघाटो सरसफाइ गर्ने चटारो छ। घरमै भएको भए गोसाइँकुण्ड-५, स्याफ्रुबेँसीकी प्रतिमा लामा पनि यही चटारोमा हुने थिइन्। तर, १० भदौको आकस्मिक बाढीले घरबारविहीन बनाएपछि उनको बिचल्ली भएको छ। उनी अहिले सरकारले काठमाडौंमा तोकेको स्वयम्भूस्थित गुम्बामा बस्दै आएकी छन्। गुम्बाको बसाइ उनका लागि उकुसमुकुसपूर्ण बन्दै गएको छ। त्यहाँ उनीसहित करिब चार सय बाढी प्रभावित ...

नेपालन्युज
रास्वपाद्वारा खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु
ताजा खबरJust now

रास्वपाद्वारा खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसद खगेन्द्र सुनारलाई आन्तरिक छानबिन गर्दै सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ । पार्टीका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा सांसद सुनारमाथि लागेका आरोपको विषयमा आन्तरिक छानबिन सुरु गरिएको बताइएको हो । सञ्चारमाध्यममार्फत सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शङ्कास्पद आर्थिक लेनदेनजस्ता गम्भीर विषयहरूमा ...

नेपालन्युज
बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा
ताजा खबरJust now

बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा

काठमाडौँ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कार्यलाई तीव्रता दिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठकाअनुसार बाढीबाट क्षति पुगेको विद्युत् प्रणालीअन्तर्गत धार्चे गाउँपालिका बाहेकका सबै क्षेत्रमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा आएको छ। खोर्लाबेंसीदेखि माथि सडक पहुँच नहुँदा र ...

नेपालन्युज
चितवनमा दुई जातका अङ्गुरको परीक्षण
ताजा खबरJust now

चितवनमा दुई जातका अङ्गुरको परीक्षण

चितवन। पूर्वी चितवनको रत्ननगर नगरपालिकाले अङ्गुरखेतीको परीक्षण सुरुआत गरेको छ। रत्ननगर नगरपालिका–९ सिसहीमा सोनाका ग्रिन र सोनाका कालो जातको अङ्गुरको परीक्षण सुरु गरिएको हो। पालिकाको कृषि शाखा प्रमुख प्रवीण लामाका अनुसार परीक्षणस्वरुप पालिकाले चार सय वटा अङ्गुरका बिरुवा लगाएको छ। नगरपालिकाले आफ्नै निगरानीमा बिरुवा लगाएको उनले बताए। न्यानो हावापानी क्षेत्रमा हुने ती दुई जातको परिक्षण सुरु गरिएको उनले जानकारी दिए। भारतबाट बिरुवा ...

नेपालन्युज
अवरुद्ध गलकोट-ताराखोला सडक सञ्चालन
ताजा खबरJust now

अवरुद्ध गलकोट-ताराखोला सडक सञ्चालन

बागलुङ । बाढीले अवरुद्ध गलकोट-ताराखोला सडक दुई सातामा सञ्चालनमा आएको छ । गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सडक यही असोज ११ गतेदेखि अवरुद्ध भएको थियो । गलकोट र ताराखोलाको सिमाना गाईघाट झरना नजिक सडकको ट्र्याक बगाएपछि अवरुद्ध बनेको सडकमा अस्थायी रूपमा यातायात सञ्चालनमा आएको ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर विकले बताए। दरमखोलामा आएको बाढीले गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सडकको विभिन्न भागमा क्षति ...

नेपालन्युज
पाँच निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)
ताजा खबरJust now

पाँच निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको कम्पनीको विवरण सार्वजनिक गरेको हो । विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी कालोसूची राखिएको जनाएको छ। कालोसूचीमा परेका कम्पनीहरूले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका ...

नेपालन्युज
पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन
ताजा खबरJust now

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की। वडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका छन् । हिमाली जिल्ला मुस्ताङसहित दार्चुला, बझाङ, बाजुरा र डोल्पाबाट व्यापारीले बिक्रीका लागि भेडाच्याङग्रा यहाँ ल्याएका हुन् । पोखरा महानगरपालिका–१ सिमपानी र पोखरा–२५ हेमजामा भेडाच्याङग्राको हाटबजार सञ्चालनमा छ । पोखरा महानगरपालिका पशु सेवा शाखाका पशु चिकित्सक नवराज अधिकारीका अनुसार मुस्ताङबाट नौ हजार, दार्चुलाबाट दुई हजार, बझाङबाट एक हजार ८०० तथा बाजुरा र ...

नेपालन्युज
आईसीसी लिग–२ : नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै
ताजा खबरJust now

आईसीसी लिग–२ : नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको दोस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। अल अमेरतस्थित ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ। नेपालले आइतबार भएको पहिलो खेलमा क्यानडालाई पराजित गर्दै शृङ्खलामा विजयी सुरुवात गरेको थियो। यता, शुक्रबार भएको खेलमा ओमानले पनि क्यानडालाई हराएको थियो। लिग–२ को शीर्ष चारमा ...

नेपालन्युज
संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा
ताजा खबरJust now

संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा

स्याङ्जा। स्याङ्जाको हरिनास गाउँपालिकाले संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ। गाउँपालिकाले चालु आर्थिक वर्षको साउनदेखि लागू हुने गरी गर्भवतीलाई अस्पतालसम्म पुर्‍याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो। गर्भवतीलाई सहजपुरमा अस्पतालसम्म पुर्‍याएर सुरक्षित रूपमा सुत्केरी गराउनका लागि एम्बुलेन्स सेवा उपलब्ध गराउन सुरु गरेको गाउँपालिकाका सूचना अधिकारी एवम् स्वास्थ्य शाखा प्रमुख विदुर सिग्देलले जानकारी दिए। सुरक्षित तथा संस्थागत सुत्केरी गराउन ...

नेपालन्युज
डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
ताजा खबर35 minutes ago

डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल बनाउँदै डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्द्धन, संस्थागत पुनःसंरचना र वित्तीय सुधारका नयाँ योजना अघि सारेको छ । त्रिविका सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभामा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । यी योजना कार्यान्वयन भएमा विश्वविद्यालयको प्रशासनिक, शैक्षिक र प्राज्ञिक स्वरूपमा ठूलो ...

नेपालन्युज
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
ताजा खबर45 minutes ago

संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल महादेव थान संरक्षण र पूर्वाधार विकाससँगै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । प्राकृतिक सौन्दर्य, गुफा, विभिन्न देवीदेवताका मूर्ति र धार्मिक आस्थासँग जोडिएको यस स्थलको विकासमा स्थानीय तहले पहल गरेसँगै यहाँ पुग्ने भक्तजनलाई सहज भएको छ । हतुवागढी, रामप्रसादराई र पौवादुङमा गाउँपालिकाको सङ्गमस्थलमा रहेको महादेव थान धार्मिक तथा ...

नेपालन्युज
मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
ताजा खबर50 minutes ago

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २०३ रुपैयाँ ...

नेपालन्युज
नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
ताजा खबर53 minutes ago

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ। बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रमा उल्लेख छ । चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त, एवम् करुणामयी छ । गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको ...

नेपालन्युज