Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

दशौँ राष्ट्रिय खेलकुदमा विभागीय टोलीको सुखद् सुरुआत

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशौँ राष्ट्रिय खेलकुदमा विभागीय टोलीको सुखद् सुरुआत
Photo / Coverage: नेपालन्युज

सुर्खेत। सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने भए पनि खेलहरू भने मङ्गलबारदेखि नै सुरु भएका छन्। तोकिएको समयावधि (१६ देखि २७ गतेसम्म) भित्र सबै खेल सम्पन्न गर्न नसकिने भएपछि आयोजक र सहआयोजकको निर्णयअनुसार उद्घाटनअघि नै प्रतियोगिता सुरु गरिएको हो। दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत आठ जिल्लामा खेल प्रतियोगिता सञ्चालन भइरहेका छन्। कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जुम्ला, रुकुम पश्चिम, सल्यान र कालीकोट तथा लुम्बिनी प्रदेशका बाँके र बर्दियामा प्रतियोगिता हुँदैछन्। कर्णाली प्रदेश खेलकुद विकास परिषद्का अनुसार औपचारिक उद्घाटनअघि पुरुष फुटबल, महिला तथा पुरुष क्रिकेट, कराते, जिम्न्यास्टिक, बक्सिङ, बास्केटबल, टेनिस, शारीरिक सुगठन र पौडीका प्रतिस्पर्धा सञ्चालन हुनेछन्। महिला क्रिकेटमा विभागीय टोलीको सुखद् सुरुआत दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत मङ्गलबार भएका महिला क्रिकेटका खेलमा दुई विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) र त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेका छन्। राष्ट्रिय खेलाडीको बाहुल्य रहेका दुवै टोलीले पहिलो खेलमै प्रभावशाली प्रदर्शन गरे। एपीएफले लुम्बिनी प्रदेशलाई १५८ रनको फराकिलो अन्तरले पराजित गर्‍यो। १९८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५ दशमलव ४ ओभरमा ३९ रनमै समेटियो। लुम्बिनीका श्रुति बुढाथोकीले सर्वाधिक १५ रन बनाइन्। अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। बलिङतर्फ एपीएफकी करुणा भण्डारीले तीन तथा बिनु बुढा र राजमती ऐरीले समान दुई–दुई विकेट लिए। पहिले ब्याटिङ गरेको एपीएफले कप्तान सीता रानामगरसहित तीन खेलाडीको अर्धशतकीय पारिको मद्दतमा निर्धारित २० ओभरमा एक विकेट गुमाएर १९७ रन बनाएको थियो। समूह ‘ए’ मा रहेको आर्मीले कोशी प्रदेशलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ। कोशीले दिएको ६६ रनको लक्ष्य आर्मीले १३ दशमलव १ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो। आर्मीका लागि विन्दु रावलले २१ र रुवी पोदारले १८ रन बनाइन् भने कविता कुँवरले १२ रनको योगदान दिइन्। बलिङतर्फ कोशीकी रुविना क्षेत्रीले चार ओभरमा १२ रन खर्चेर तीन विकेट लिइन्। महिला क्रिकेटमा सहभागी नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। प्रतियोगिताको दोस्रो दिन बुधबार पनि दुई खेल हुनेछन्। बिहान साढे ९ बजे बागमती र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने दिउँसो कर्णाली र कोशी प्रदेश खेल्नेछन्। फुटबलमा पुलिस र मधेश विजयी प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ। मङ्गलबार कर्णाली रङ्गशालामा भएको खेलमा आयोजक कर्णाली प्रदेशलाई २–० गोलले पराजित गर्दै पुलिसले तीन अङ्क जोडेको हो। खेलको सुरुआतदेखि नै आक्रामक देखिएको पुलिसले पहिलो हाफमै दुई गोल गरेको थियो। उसका लागि धीरेन्द्र शाहले ३६औँ मिनेटमा पहिलो गोल गरे। त्यसपछि सुजन मगरले ४६औँ मिनेटमा अर्को गोल थप्दै टोलीको अग्रता २–० बनाए। दोस्रो हाफमा कर्णालीले सुधारिएको प्रदर्शन गरे पनि गोल फर्काउन सकेन। प्रतिस्पर्धात्मक खेलमा पुलिसका एक र कर्णालीका दुई खेलाडीले पहेँलो कार्ड पाए। पुरुष फुटबलकै दोस्रो खेलमा मधेश प्रदेशले सुदूरपश्चिमलाई १–० गोलले पराजित गरेको छ। पहिलो हाफमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा भए पनि गोल हुन सकेन। मधेशका विकास दर्लामीले ५६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। खेल ढिलो सुरु भएकाले निर्धारित समय घटाएर ३५–३५ मिनेट खेलाइएको थियो। दोस्रो दिन बुधबार पहिलो खेल त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच हुनेछ भने दोस्रो खेलमा कोशी र बागमती प्रदेश भिड्नेछन्। महिला बास्केटबलमा चार खेल सम्पन्न महिला बास्केटबलतर्फ पहिलो दिन चार खेल सम्पन्न भएका छन्। मङ्गलबार भएका खेलमा एपीएफ, सुदूरपश्चिम, त्रिभुवन आर्मी र बागमती प्रदेशले विजयी सुरुआत गरेका छन्। फुल कोर्ट (५–५) विधामा एपीएफले नेपाल पुलिस क्लबलाई ५२–१९ को फराकिलो अन्तरले पराजित गर्‍यो। अर्को खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ३६–३३ ले हरायो। थ्री अन थ्री विधाको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफलाई १७–१२ ले पराजित गर्‍यो। अर्को खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ९–६ ले हरायो। राष्ट्रिय खेलकुद परिषद्को खेल तालिकाअनुसार बुधबार आठ विधाका खेल सञ्चालन गर्ने तयारी छ। प्रतियोगितामा कुल ३२ खेल समावेश छन्। तीमध्ये सुर्खेतमा मात्रै २३ खेल हुनेछन्। प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ (एनआरएन) गरी ११ टोली सहभागी छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा मृत्यु हुनेको संख्या २६ पुग्यो
Latest NewsJust now

इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा मृत्यु हुनेको संख्या २६ पुग्यो

इन्डोनेसियाको एक मिठाई उत्पादन गर्ने कारखानामा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ। मंगलबार प्रहरीले थप दुई जनाको शव फेला पारेसँगै मृतकको संख्या २६ पुगेको जनाएको हो। बान्टेन प्रान्तको... ...

रातोपाटी
राष्ट्रिय पौडी च्याम्पियनसिप : पहिलो दिन बागमती, आर्मी र पुलिसको वर्चस्व
Latest NewsJust now

राष्ट्रिय पौडी च्याम्पियनसिप : पहिलो दिन बागमती, आर्मी र पुलिसको वर्चस्व

मंगलबार भएको प्रतिस्पर्धामा व्यक्तिगत तथा रिले स्पर्धाअन्तर्गत पुरुषतर्फ १५ सय मिटर फ्रिस्टाइलमा नेपाल पुलिस क्लबका मयोन श्रेष्ठ १७ मिनेट ४८.६१ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम भए । ...

कान्तिपुर
नेपाल–भारत व्यापारलाई नवप्रवर्तनमा आधारित साझेदारीमा रूपान्तरण गर्नुपर्छ -चेम्बर अध्यक्ष अग्रवाल
Latest NewsJust now

नेपाल–भारत व्यापारलाई नवप्रवर्तनमा आधारित साझेदारीमा रूपान्तरण गर्नुपर्छ -चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई परम्परागत व्यापारिक आदानप्रदानबाट माथि उठाउँदै रणनीतिक, लगानीमा आधारित तथा उत्पादनमुखी आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले बताएका छन् । नयाँदिल्लीस्थित होटल ताजमा भारतीय उद्योग परिसंघ (सीआईआई)द्वारा आयोजित ‘इन्डिया–नेपाल बिजनेस फोरम’ कार्यक्रममा धारणा राख्दै अध्यक्ष अग्रवालले नेपाल र भारत भौगोलिक निकटता, ऐतिहासिक सम्बन्ध, संस्कृति, विश्वास तथा साझा आर्थिक आकांक्षाले जोडिएका ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement