Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक
Photo / Coverage: पर्दाफास

देशका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा आधाभन्दा बढी औषधि पसलले चिकित्सकको प्रेस्क्रिप्सनबिनै एन्टिबायोटिक बिक्री गर्ने गरेको पाइएको औषधि व्यवस्था विभागले जनाएको छ । विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहको अवसरमा मंगलवार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै औषधि व्यवस्था विभागका औषधि व्यवस्थापक शम्भु साहले यस्तो बताएका हुन् । उनकाअनुसार विभागले विराटनगर, नेपालगञ्ज र वीरगन्जलगायतका स्थानमा ७५ वटा औषधि पसलको अनुगमन गर्दा आधाभन्दा बढीले चिकित्सकको प्रेस्क्रिप्सनबिना नै एन्टिबायोटिक बिक्री गरेको पाइएको बताएका हुन् । बिरामी हुँदा प्रयोग गरिने एन्टिबायोटिक औषधिको जथाभावी प्रयोगले यसको प्रभावकारिता घट्नुका साथै जनस्वास्थ्य जोखिम बढ्दै गएको भन्दै उहाँले चिन्ता समेत व्यक्त गरे । उनकाअनुसार अनुगमनका क्रममा नियमविपरीत एन्टिबायोटिक विक्री गर्ने औषधि पसललाई सचेत गराइएको छ । सचेत गराउँदा समेत नियमविपरित एन्टिबायोटिक औषधि विक्री गरेमा जरिवानासहित कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ । औषधि व्यवस्थापक साहले औषधि ऐन संशोधनका क्रममा बिना प्रेस्क्रिप्सन एन्टिबायोटिक विक्री गर्नेलाई जरिवाना गर्ने व्यवस्था प्रश्ताव गरिएको समेत बताए । एन्टिबायोटिकको अनियन्त्रित विक्री नियन्त्रण गर्न कानूनी व्यवस्थामा नै कडाइ गर्नुपर्नेमा उनको जोड छ । उनले एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) नियन्त्रणका लागि साताव्यापी सचेतना कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित नगरी त्यसको प्रभावकारिता आगामी वर्षहरूमा मापन गर्नुपर्ने बताए । उनले नेपालमा निगरानी सूचीमा रहेका एन्टिबायोटिकको खपत घटे–नघटेको, कृषि तथा पशुपालन क्षेत्रमा एन्टिबायोटिकको प्रयोग नियन्त्रण भए–नभएको, खाद्य पदार्थमा औषधिको अवशेष परीक्षण, अस्पतालमा परामर्श सेवा, संक्रमण नियन्त्रण तथा प्रयोगशालाको क्षमता विस्तारजस्ता विषयलाई आगामी दिनमा मूल्याङ्कनको आधार बनाउनुपर्नेमा उनको जोड छ । यता, नेपाल औषधि आयातकर्ता संघका उपाध्यक्ष पृथ्वीराज वैद्यले एएमआर मानव स्वास्थ्यमा मात्र सीमित नभई पशुपालन, कुखुरापालन, कृषि, खाद्य सुरक्षा र वातावरणसँग समेत जोडिएको समस्या भएको बताए । उनले एएमआर नियन्त्रणका लागि ‘वान हेल्थ’ अवधारणा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै पशु तथा कृषि क्षेत्रमा एन्टिबायोटिकको अनियन्त्रित प्रयोगसमेत नियमन गर्नुपर्ने बताए । वैद्यले औषधि आयातकर्ता तथा वितरकले गुणस्तरीय औषधिको आयात, सुरक्षित भण्डारण र जिम्मेवार वितरण सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै चिकित्सकको प्रेस्क्रिप्सन र प्रचलित कानूनअनुसार मात्र एन्टिबायोटिक बिक्रीवितरण गर्ने अभ्यासलाई सुदृढ बनाउन संघ प्रतिबद्ध रहेको बताए । एएमआर नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभाग, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ छ । छलफलमा सहभागिहरुले चिकित्सकको प्रेस्क्रिप्सनबिनै एन्टिबायोटिक विक्री गर्न नदिन कानूनमार्फत नै कडाइ गर्नुपर्नेमा जोड दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अयोध्याबाट ११०० यात्रु लिएर जनकपुर आयो रेल, फूलमालाले स्वागत गर्दा यात्रु दंग
OthersJust now

अयोध्याबाट ११०० यात्रु लिएर जनकपुर आयो रेल, फूलमालाले स्वागत गर्दा यात्रु दंग

भारतको अयोध्याबाट नेपालको जनकपुरधाम सरयू कमला एक्सप्रेस रेल आज जनकपुरधाम आइपुगेको छ । करीब ११०० जना यात्रुहरु जनकपुरधाम घुम्न यस रेलमार्फत जनकपुरधाम आइपुगेका हुन् । अधिक्तम यात्रुहरु पहिलो पटक जनकपुरधाम आएका छन् । उनीहरुलाई रेल्वे स्टेशनदेखि मन्दिर घुम्नेबेलासम्म जनकपुरवासीले भव्य स्वागत गरे । उनीहरुको स्वागतमा गाजाबाजा, पुष्प वर्षा, माला, खादा, निःशूल्क खाजा र खानाको व्यवस्था गरिएको थियो । यात्रुहरुले जनकपुरधामवासीले गरेको स्वागतको ...

पर्दाफास
शेख हसिनाको बंगलादेश फिर्तीसँग जोडिएका सवाल-जवाफ
OthersJust now

शेख हसिनाको बंगलादेश फिर्तीसँग जोडिएका सवाल-जवाफ

यस्तो अवस्थामा प्रश्न उठ्छ- बंगलादेश पुग्नेबित्तिकै पक्राउ पर्नसक्ने र मृत्युदण्डको सजायसमेत सुनाइसकिएको थाहा हुँदाहुँदै हसिना किन स्वदेश फर्किन चाहन्छिन् ? ...

अनलाइन खबर
चौथो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन हुँदै
OthersJust now

चौथो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन हुँदै

काठमाडौं । चौथो संस्करणको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किफ) २०८३ फागुन हुने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइएको हो । दैलेखको गुराँसमा आयोजना हुने गुराँस पर्यटन महोत्सवसँगै फागुन २३ गतेबाट महोत्सवको सुरु हुने बताइएको छ। आयोजकका अनुसार फागुन २४ गते सुर्खेतको होटल शुभमा कर्णाली पर्यटन चलचित्र संवाद तथा विशेष चलचित्र… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement