Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

ठमेलमा पर्यटक ठग्ने २२ जना कारबाहीमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
ठमेलमा पर्यटक ठग्ने २२ जना कारबाहीमा
Photo / Coverage: नेपालन्युज

काठमाडौं: जिल्ला प्रशासन कार्यालय काठमाडौँले राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा पर्यटकलाई ठगी गर्ने २२ जनालाई कारबाही गरेको छ। जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, पर्यटक प्रहरी, नगर प्रहरी र ठमेल पर्यटन विकास परिषद्को संयुक्त टोलीले गएराति गरेको अनुगमनका क्रममा उनीहरूलाई कारबाही गरिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी खेमराज भुसालका अनुसार कारबाहीमा पर्नेहरूमा ठूलो आवाजमा सङ्गीत बजाउने रेस्टुरेन्ट तथा बार सञ्चालक, विना दर्ता चलेका स्पा, अन्तःशुल्क दर्ताविना मदिरा बिक्री गर्ने व्यवसायी र पर्यटक ठग्ने डान्सबार सञ्चालक छन्। गत शुक्रबार गरिएको अनुगमनपछि प्रशासनले सम्बन्धित व्यवसायीहरूलाई एक साताभित्र नियमअनुसार व्यवसाय सञ्चालन गर्न, ध्वनि प्रदूषण नियन्त्रण गर्न र आवश्यक मापदण्ड पूरा गर्न निर्देशन दिएको छ। ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष राजुमान डङ्गोलका अनुसार विना दर्ता सञ्चालित स्पा तथा बारलाई एक साताभित्र कानुनी प्रक्रिया पूरा गर्न भनिएको छ। साथै, अन्तःशुल्क दर्ता नगरी मदिरा बिक्री गर्नेहरूको सामान जफत गरिएको छ। परिषद्का महासचिव पशुपति कँडेलले सडकमा मदिरा सेवन गरी होहल्ला गर्ने केही व्यक्तिलाई नियन्त्रणमा लिइएको र डान्सबारका नाममा पर्यटकलाई ठग्ने तथा कुटपिटमा संलग्न व्यक्तिमाथि अनुसन्धान भइरहेको जानकारी दिए। अनुगमनका क्रममा ठगीमा परेका विदेशी पर्यटकको रकम फिर्ता गराइएको छ। ठमेललाई २४ सै घण्टा सञ्चालन गर्ने उद्देश्यले जारी गरिएको सुरक्षा व्यवस्थापन मापदण्ड २०८० को कार्यान्वयनका लागि प्रशासनले अनुगमनलाई तीव्रता दिएको हो। सडकपेटीमा चिया र चुरोट बिक्रीका नाममा अनैतिक गतिविधि गर्नेलाई पनि हटाइएको छ भने रातको समयमा ठूलो आवाज निकाल्ने मोटरसाइकल चालकलाई पनि कारबाही गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भेरी अस्पतालमा न्यूरो तथा प्लास्टिक सर्जरी सेवा सुरु
Latest NewsJust now

भेरी अस्पतालमा न्यूरो तथा प्लास्टिक सर्जरी सेवा सुरु

विशेषज्ञ सेवा सुरु भएसँगै बिरामीले अब न्यूरो तथा प्लास्टिक सर्जरीका लागि नेपालगन्जबाहिर जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ । ...

कान्तिपुर
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित
Latest NewsJust now

राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित

नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ। समूह ‘बी’ अन्तर्गत मङ्गलबार सम्पन्न आफ्नो अन्तिम खेलमा पाकिस्तान शाहीन्स (पाकिस्तान ‘ए’) सँग ९६ रनले पराजित भएसँगै नेपालको यात्रा समूह चरणमै टुङ्गिएको हो। ...

नेपालबहस
पाकिस्तान ‘ए’ सँग हारपछि बाहिरियो नेपाल
Latest NewsJust now

पाकिस्तान ‘ए’ सँग हारपछि बाहिरियो नेपाल

पहिलो खेलमा भारत ‘ए’ सँग नेपाल २६ रनमै अलआउट भएको थियो । युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी मैदानमा पाकिस्तान ‘ए’ विरुद्ध नेपालले पुनः त्यसैको झल्को दिएको थियो र टेस्ट खेल्ने राष्ट्रहरुको टोलीसँग कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो । ...

कान्तिपुर
हसिना फर्किने त्रासले बंगलादेशले सीमामा कडा बनायो सुरक्षा
Latest NewsJust now

हसिना फर्किने त्रासले बंगलादेशले सीमामा कडा बनायो सुरक्षा

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिना स्वदेश फर्किए पक्राउ गरिने चेतावनी दिएको छ।  हसिनाले आगामी डिसेम्बर १६ मा बंगलादेश फर्किने योजना रहेको बताएपछि बंगलादेश सरकारले त्यसलाई अस्वीकार गरेको हो।  उनी फर्किन सक्ने सम्भावनालाई ध्यान दिँदै बंगलादेश सरकारले सीमाक्षेत्रमा सुरक्षा सतर्कतासमेत बढाएको छ। हसिनाले भारतको राजधानी नयाँदिल्लीब... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement