बनेपा । काभ्रेपलाञ्चोकमा चालु आर्थिक वर्षको साउन १ देखि मङ्सिर ७ गतेसम्म ५४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रागीश्री कक्षपति श्रेष्ठका अनुसार सङ्क्रमितमध्ये ३० पुरुष र २४ महिला छन्। जिल्लाका पाँचखाल, बनेपा, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकामा सङ्क्रमण देखिएको छ। पाँचखालमा सबैभन्दा बढी २४ जनामा सङ्क्रमण पुष्टि भएको छ। त्यस्तै बनेपामा १९, मण्डनदेउपुरमा नौ र नमोबुद्धमा दुई जनामा सङ्क्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा भने नयाँ सङ्क्रमित थपिएका छैनन्। जिल्लाका अन्य स्थानीय तहमा हालसम्म डेङ्गी सङ्क्रमण नदेखिएको कार्यालयले जनाएको छ।
काभ्रेमा पाँच महिनामा ५४ जनामा डेङ्गी सङ्क्रमण

Read Complete Original Article
Published originally on नेपालन्युज





.jpg)
