Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

अर्थसम्बन्धी विधेयक समितिबाट सर्वसम्मत पारित

Share:WhatsAppFacebookX (Twitter)Telegram
अर्थसम्बन्धी विधेयक समितिबाट सर्वसम्मत पारित
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन तथा खारेज गर्न बनेको विधेयक, २०८३ माथिको दफावार छलफल प्रतिनिधिसभाको अर्थ समितिमा सर्वसम्मतिले सम्पन्न भएको छ। समितिको आजको बैठकमा विधेयकका विभिन्न दफामाथि विस्तृत छलफल गरी आवश्यक संशोधनसहित सर्वसम्मत रूपमा पारित गरिएको समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले जानकारी दिए। उनका अनुसार विधेयकमा राजस्व प्रशासनको आधुनिकीकरण, कर तथा भन्सार प्रणालीमा सुधार, राजस्व चुहावट नियन्त्रण, गैरकर राजस्व व्यवस्थापन, आर्थिक गतिविधिमा सहजीकरण तथा समयसापेक्ष नरहेका कानुनी व्यवस्था खारेज गर्ने प्रावधान समेटिएका छन्। विधेयकले राजस्व प्रशासनलाई थप पारदर्शी, प्रविधिमैत्री, व्यवस्थित र प्रभावकारी बनाउने विषयलाई प्राथमिकता दिएको छ। समितिले विधेयकसम्बन्धी प्रतिवेदन तयार गरी आगामी बैठकमा पेस गर्न समिति सचिवालयलाई निर्देशनसमेत दिएको छ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलगायत सहभागी थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पोखरामा शाओमीकाे स्मार्ट होमअप्लायन्सेस सहितको अपग्रेडेड एक्सक्लुसिभ स्टोर सञ्चालनमा
Latest NewsJust now

पोखरामा शाओमीकाे स्मार्ट होमअप्लायन्सेस सहितको अपग्रेडेड एक्सक्लुसिभ स्टोर सञ्चालनमा

पोखरा । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ । नेपालमा आफ्नो बजार तथा सेवा विस्तार गर्ने उद्देश्यले खोलिएको उक्त स्टोर टेलिडाइरेक्ट प्रालिले सञ्चालनमा ल्याएको हो । स्टोरमा शाओमीका स्मार्टफोन, विभिन्न एसेसरिज, स्मार्ट टिभी, भान्सामा प्रयोग हुने विद्युतीय उपकरण, व्यक्तिगत स्याहारका सामग्री, हावा शुद्धीकरण गर्ने उपकरण, मनिटरलगायत स्मार्ट होमसम्बन्धी विभिन्न उत्पादन उपलब्ध छन् । ग्राहकले यी ...

केन्द्रबिन्दु
अनुजा अधिकारी आचार्यलाई मीना दिदी पुरस्कार
Latest NewsJust now

अनुजा अधिकारी आचार्यलाई मीना दिदी पुरस्कार

गोरखापत्र अनलाइनकाठमाडौँ, मङ्सिर ८ गते । ‘मीना दिदी शैक्षिक पुरस्कार–२०८३’ शिक्षिका अनुजा अधिकारी आचार्यलाई प्रदान गरिएको छ। काठमाडौँको बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसमा आज... ...

गोरखापत्र
मनहरीका ३५ चेपाङ परिवारलाई ५ लाख रुपैयाँ बराबरको सहयोग
Latest NewsJust now

मनहरीका ३५ चेपाङ परिवारलाई ५ लाख रुपैयाँ बराबरको सहयोग

माडवारी महिला मञ्च काठमाडौंले उपलब्ध गराएको सहयोग सामग्री मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा र मञ्चकी अध्यक्ष रेखा खेतानले मनहरी–६ पुगेर चेपाङ परिवारलाई हस्तान्तरण गरेका हुन् । ...

कान्तिपुर
राष्ट्रिय खेलकुद: एपीएफ र सुदूरपश्चिम महिला बास्केटबलको क्वार्टरफाइनलमा
Latest NewsJust now

राष्ट्रिय खेलकुद: एपीएफ र सुदूरपश्चिम महिला बास्केटबलको क्वार्टरफाइनलमा

विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले दशौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलमा क्वार्टरफाइनलमा स्थान बनाएका छन्।  सुर्खेतको कर्णाली रंगशालास्थित बास्केटबल कोर्टमा मंगलबार भएको खेलमा समूह ‘ए’ को एपीएफले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई हराएको छ। तीन टोली रहेको समूहमा एपीएफले पुलिसलाई ५२-१९ स्कोरले हराउँदै क्... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement