Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्रीको भारत भ्रमणबाट उत्साहित छौं -मोरङ उद्योग व्यापार संघ

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्रीको भारत भ्रमणबाट उत्साहित छौं -मोरङ उद्योग व्यापार संघ
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । मोरङ उद्योग व्यापार संघले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबाट आफूहरु उत्साहित भएको जनाएको छ । मंगलबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गर्दै मोरङ उद्योग व्यापार संघले प्रधानमन्त्रीको भ्रमणले दुई देश बीच देखिएको असन्तुष्टि र असमझदारी अन्त्यका लागि भ्रमण कोशेढुंगा साबित भएको र सम्बन्ध सुधारमा नयाँ आयाम थपेको जनाएको हो । मुख्यरुपमा भारतबाट हुने आर्थिक सहयोग, गुजरातको काँडला बन्दरगाह र ओडिसाको पारादिप बन्दरगाह उपयोगका कुरा र झापा सिलिगुडी पाइपलाइन शिलान्यासले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिल कुमार साहले बताए । उनले प्रधानमन्त्रीको भारत भ्रमणबाट आफुहरु उत्साहित भएपनि जुट निर्यातमा एण्टीडम्पिङ ड्युटी र बिआईएस नविकरण बारे छलफल नहुनु दुखद् भएको बताए । प्रधानमन्त्रीको भारत भ्रमणमा क्रिकेट खेलको विकास र विस्तारका साथै र्पूवाधार निर्माणमा भारतको सहयोगले र्पूवका खेल पर्यटनमा निकै सहयोग पुग्ने उद्योगी व्यवसायीको भनाई छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पोखरामा शाओमीकाे स्मार्ट होमअप्लायन्सेस सहितको अपग्रेडेड एक्सक्लुसिभ स्टोर सञ्चालनमा
Latest NewsJust now

पोखरामा शाओमीकाे स्मार्ट होमअप्लायन्सेस सहितको अपग्रेडेड एक्सक्लुसिभ स्टोर सञ्चालनमा

पोखरा । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ । नेपालमा आफ्नो बजार तथा सेवा विस्तार गर्ने उद्देश्यले खोलिएको उक्त स्टोर टेलिडाइरेक्ट प्रालिले सञ्चालनमा ल्याएको हो । स्टोरमा शाओमीका स्मार्टफोन, विभिन्न एसेसरिज, स्मार्ट टिभी, भान्सामा प्रयोग हुने विद्युतीय उपकरण, व्यक्तिगत स्याहारका सामग्री, हावा शुद्धीकरण गर्ने उपकरण, मनिटरलगायत स्मार्ट होमसम्बन्धी विभिन्न उत्पादन उपलब्ध छन् । ग्राहकले यी ...

केन्द्रबिन्दु
अनुजा अधिकारी आचार्यलाई मीना दिदी पुरस्कार
Latest NewsJust now

अनुजा अधिकारी आचार्यलाई मीना दिदी पुरस्कार

गोरखापत्र अनलाइनकाठमाडौँ, मङ्सिर ८ गते । ‘मीना दिदी शैक्षिक पुरस्कार–२०८३’ शिक्षिका अनुजा अधिकारी आचार्यलाई प्रदान गरिएको छ। काठमाडौँको बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसमा आज... ...

गोरखापत्र
मनहरीका ३५ चेपाङ परिवारलाई ५ लाख रुपैयाँ बराबरको सहयोग
Latest NewsJust now

मनहरीका ३५ चेपाङ परिवारलाई ५ लाख रुपैयाँ बराबरको सहयोग

माडवारी महिला मञ्च काठमाडौंले उपलब्ध गराएको सहयोग सामग्री मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा र मञ्चकी अध्यक्ष रेखा खेतानले मनहरी–६ पुगेर चेपाङ परिवारलाई हस्तान्तरण गरेका हुन् । ...

कान्तिपुर
राष्ट्रिय खेलकुद: एपीएफ र सुदूरपश्चिम महिला बास्केटबलको क्वार्टरफाइनलमा
Latest NewsJust now

राष्ट्रिय खेलकुद: एपीएफ र सुदूरपश्चिम महिला बास्केटबलको क्वार्टरफाइनलमा

विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले दशौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलमा क्वार्टरफाइनलमा स्थान बनाएका छन्।  सुर्खेतको कर्णाली रंगशालास्थित बास्केटबल कोर्टमा मंगलबार भएको खेलमा समूह ‘ए’ को एपीएफले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई हराएको छ। तीन टोली रहेको समूहमा एपीएफले पुलिसलाई ५२-१९ स्कोरले हराउँदै क्... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement