Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

चलचित्र विधेयकका २६ दफामा १२२ संशोधन प्रस्ताव

Share:WhatsAppFacebookX (Twitter)Telegram
चलचित्र विधेयकका २६ दफामा १२२ संशोधन प्रस्ताव
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। चलचित्र विधेयक, २०८१ माथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफल भएको छ। समितिको बैठकमा विधेयकमाथि संशोधन प्रस्ताव प्रस्तुत गर्ने सांसदहरूले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, समस्या र सुधारका विषयमा धारणा राखेका छन्। समिति सभापति डा. ओजस्वी शेरचनका अनुसार विधेयकका २६ दफामा १२२ वटा संशोधन प्रस्ताव परेका छन्। छलफलमा सांसदहरूले चलचित्र क्षेत्रलाई व्यवस्थित, व्यावसायिक र आत्मनिर्भर बनाउन आवश्यक कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्। सांसद भूमिका श्रेष्ठले लैङ्गिक तथा अल्पसङ्ख्यक र पछाडि पारिएका समुदायमाथि चलचित्रमा विभेदकारी भाषा तथा व्यवहार प्रयोग हुन नदिन कानुनी व्यवस्था गर्नुपर्ने बताइन्। समाजमा जनचेतना अभिवृद्धि गर्ने चलचित्र निर्माणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो। सांसद सुशीला ढकाल (आचार्य)ले चलचित्र विकास बोर्डलाई अधिकारसम्पन्न बनाउने, राज्यका तर्फबाट चलचित्र क्षेत्रलाई सहजीकरण गर्ने र सेन्सरसम्बन्धी व्यवस्था पुनरावलोकन गर्नुपर्ने बताइन्। सांसद गणेशबहादुर विश्वकर्माले चलचित्र जाँच समितिको नाम परिवर्तन गरी चलचित्र वर्गीकरण समिति बनाउन सुझाव दिए। त्यस्तै, सांसद प्रकाशचन्द्र परियारले चलचित्रलाई भाषा, संस्कृति र मौलिक कल्पना प्रवर्द्धन गर्ने माध्यमका रूपमा विकास गर्नुपर्ने बताए। सांसद सुभल खरेलले चलचित्र जाँच समितिको निर्णयमा चित्त नबुझे मन्त्रालयमा उजुरी गर्न सकिने व्यवस्था राख्नुपर्ने र कमल सुवेदीले सङ्घ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्र स्पष्ट पार्नुपर्ने सुझाव दिए। विधेयकमा चलचित्र विकास बोर्डलाई स्वायत्त र अधिकारसम्पन्न बनाउने, निर्माण, वितरण तथा प्रदर्शन व्यवस्थित गर्ने र बक्स अफिस प्रणाली अनिवार्य गर्ने प्रस्ताव छ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप, प्रविधि र भूमिकालाई सम्बोधन गर्न नयाँ कानुन ल्याउन लागिएको बताए। चलचित्रलाई मनोरञ्जनको साधनमा मात्र सीमित नराखी कला, संस्कृति, भाषा, सूचना, सिर्जनशीलता र आर्थिक विकासमा योगदान गर्ने उद्योगका रूपमा विकास गर्ने उद्देश्य रहेको उनले बताए। मन्त्री तिमिल्सिनाले सेन्सर र वर्गीकरणबीचको भिन्नता स्पष्ट पार्दै अन्तर्राष्ट्रिय अभ्यासअनुसार कानुनी व्यवस्था परिमार्जन गर्नुपर्ने बताए। चलचित्र विकास बोर्डको भूमिका, अधिकार र नेतृत्वसम्बन्धी व्यवस्था स्पष्ट गरी संस्थागत क्षमता, स्वायत्तता र अधिकार बढाउनुपर्ने उनको धारणा थियो। समिति सभापति शेरचनले सरोकारवालासँग थप छलफल गरी विधेयकलाई परिष्कृत बनाइने बताइन्। सरकारले २०२६ सालदेखि कार्यान्वयनमा रहेको पुरानो चलचित्र ऐन प्रतिस्थापन गर्न विधेयक अघि बढाएको हो। विधेयकमा चलचित्र विकास बोर्डलाई स्वायत्त र अधिकारसम्पन्न बनाउने, निर्माण, वितरण तथा प्रदर्शन व्यवस्थित गर्ने र बक्स अफिस प्रणाली अनिवार्य गर्ने प्रस्ताव छ। चलचित्रकर्मीको श्रम अधिकार र सामाजिक सुरक्षा, मातृभाषाका चलचित्रको प्रवर्द्धन, आदिवासी जनजातिका कलात्मक तथा बौद्धिक चलचित्रको संरक्षण, विदेशी लगानी आकर्षण र नयाँ प्रविधिको प्रयोगलाई व्यवस्थित गर्ने विषय पनि समेटिएका छन्। नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण, विदेशी चलचित्र छायाङ्कनका लागि नेपाललाई आकर्षक गन्तव्य बनाउने र चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसमेत विधेयकले राखेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
काभ्रेमा पाँच महिनामा ५४ जनामा डेङ्गी सङ्क्रमण
Latest NewsJust now

काभ्रेमा पाँच महिनामा ५४ जनामा डेङ्गी सङ्क्रमण

बनेपा । काभ्रेपलाञ्चोकमा चालु आर्थिक वर्षको साउन १ देखि मङ्सिर ७ गतेसम्म ५४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रागीश्री कक्षपति श्रेष्ठका अनुसार सङ्क्रमितमध्ये ३० पुरुष र २४ महिला छन्। जिल्लाका पाँचखाल, बनेपा, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकामा सङ्क्रमण देखिएको छ। पाँचखालमा सबैभन्दा बढी २४ जनामा सङ्क्रमण पुष्टि भएको छ। त्यस्तै बनेपामा १९, मण्डनदेउपुरमा नौ र नमोबुद्धमा दुई जनामा ...

नेपालन्युज
एनभिडिया विवादले हुआङको पुनरागमनमाथि प्रश्न
Latest NewsJust now

एनभिडिया विवादले हुआङको पुनरागमनमाथि प्रश्न

न्युयोर्क। अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक जेन्सेन हुआङको पुनरागमनले शेयर बजारमा सकारात्मक प्रभाव पारे पनि उनीसँग जोडिएका अनुसन्धान र कम्पनीको भविष्यबारे प्रश्नहरू कायमै छन्। चीनको सम्भावित जासुसी गतिविधिको निशानामा हुआङ परेको आशङ्कापछि कम्पनीभित्र स्वतन्त्र सञ्चालकको निगरानीमा अनुसन्धान भइरहेको छ। अमेरिकी न्याय मन्त्रालयले एनभिडियाका चिप निर्यात प्रतिबन्ध छल्दै चीन पुर्‍याएको आरोपमा सिङ्गापुरस्थित मेगास्पिडमाथि अनुसन्धान गरिरहेको छ। धितोपत्र तथा विनिमय आयोगले पनि ...

नेपालन्युज
टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
Latest NewsJust now

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धादिङ । धादिङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । गल्छी गाउँपालिका–७, गल्छी बजारस्थित पृथ्वी राजमार्गमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । मंगलवार बिहान करिब ११ बजे काठमाडौँबाट गजुरीतर्फ जाँदै गरेको बा ४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको बा ९८ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक डडेलधुराको अजयमेरु गाउँपालिका निवासी अन्दाजी ...

लुम्बिनी सञ्चार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement