काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी करार सेवामा जागिर खाएको आरोपमा भोजबाबु सोमै मगरविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। प्यूठानको सरुमारानी गाउँपालिका–४ का मगरले रुम्जाटार माध्यमिक विद्यालय हुँदै खानेपानी मन्त्रालयअन्तर्गत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, बुटवलमा करारमा सबइन्जिनियर पदमा काम गरेको आयोगले जनाएको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मगरले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), सानोठिमीबाट जारी भएको देखिने सिभिल इन्जिनियरिङमा डिप्लोमा तहको झुट्टा तथा नक्कली प्रमाणपत्र पेस गरी सार्वजनिक पद, ओहदा, लाभ र सुविधा लिएका थिए। उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार कसुर गरेको आरोपमा सोही कानुनी व्यवस्थाबमोजिम कैद र जरिबाना सजायको मागदाबीसहित विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने कर्मचारीविरुद्ध अख्तियारको आरोपपत्र

Read Complete Original Article
Published originally on नेपालन्युज






