Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

एन्टिबायोटिकको जथाभावी प्रयोगले स्वास्थ्य जोखिम बढाएको मन्त्रीको भनाइ

Share:WhatsAppFacebookX (Twitter)Telegram
एन्टिबायोटिकको जथाभावी प्रयोगले स्वास्थ्य जोखिम बढाएको मन्त्रीको भनाइ
Photo / Coverage: नेपालन्युज

विराटनगर। कोशी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीले चेतनाको कमी, अव्यवस्थित जीवनशैली र एन्टिबायोटिकको जथाभावी प्रयोगले स्वास्थ्य क्षेत्रमा गम्भीर चुनौती थपिएको बताएका छन्। प्रदेश स्वास्थ्य मन्त्रालयले आयोजना गरेको ‘स्वास्थ्य प्रतिजैविक प्रतिरोध न्यूनीकरण’ विषयक अन्तरमन्त्रालय तथा सरोकारवालाको गोष्ठी उद्घाटन गर्दै उनले सामान्य ज्वरो र रुघाखोकी लाग्दा पनि एन्टिबायोटिक प्रयोग गर्ने प्रवृत्तिले स्वास्थ्य जोखिम बढाएको बताए। उनले चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गर्दै यसको दीर्घकालीन असरबारे जनचेतना फैलाउनुपर्नेमा जोड दिए। औषधि पसलको अनुगमन र नियमनका लागि स्पष्ट मापदण्ड तथा कानुन आवश्यक रहेको पनि उनले बताए। स्वास्थ्य सचिव डा. कीर्तिपाल सुवेदीले एन्टिबायोटिकको अनियन्त्रित प्रयोग घटाउन र अस्पतालभित्र हुने सङ्क्रमण नियन्त्रण गर्न नियमन तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। गोष्ठीमा सहभागी विज्ञ तथा सरोकारवालाले स्थानीयस्तरमै एन्टिबायोटिकको उचित प्रयोगबारे सचेतना फैलाउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गोंगबु बसपार्कबाट चल्न मान्दैनन् पूर्व जाने बस (भिडियो)
Latest NewsJust now

गोंगबु बसपार्कबाट चल्न मान्दैनन् पूर्व जाने बस (भिडियो)

काठमाडौँ । उपत्यका बाहिर जाने दिवा तथा रात्रि बस तथा माइक्रोबस अनिवार्य रूपमा गोंगुबु बसपार्कबाट मात्रै छुट्नुपर्ने नियमको कार्यान्वयन भने फितलो देखिएको छ । काठमाडौँ महानगरपालिकासँगको समन्वयमा काठमाडौँ उपत्यका ट्राफिक... ...

रातोपाटी
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने कर्मचारीविरुद्ध अख्तियारको आरोपपत्र
Latest NewsJust now

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने कर्मचारीविरुद्ध अख्तियारको आरोपपत्र

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी करार सेवामा जागिर खाएको आरोपमा भोजबाबु सोमै मगरविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। प्यूठानको सरुमारानी गाउँपालिका–४ का मगरले रुम्जाटार माध्यमिक विद्यालय हुँदै खानेपानी मन्त्रालयअन्तर्गत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, बुटवलमा करारमा सबइन्जिनियर पदमा काम गरेको आयोगले जनाएको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मगरले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ...

नेपालन्युज
यातायात कार्यालय रुपन्देहीमा बिचौलियाको काम गर्ने ७ जना पक्राउ
Latest NewsJust now

यातायात कार्यालय रुपन्देहीमा बिचौलियाको काम गर्ने ७ जना पक्राउ

बुटवल बेलबासस्थित यातायात व्यवस्था कार्यालयबाट पक्राउ पर्नेहरूमा गुल्मी मालिकाका २३ वर्षीय मनोज अर्याल, रूपन्देही तिलोत्तमाका ४२ वर्षीय हेमप्रसाद भट्टराई, बुटवल बस्ने ४३ वर्षीया लक्ष्मी खनाल र ६२ वर्षीय खोमलाल भुसाल रहेका छन् । ...

कान्तिपुर
नेपाललाई लगानी र उत्पादनको केन्द्र बनाउन भारतीय लगानीकर्तालाई अग्रवालको आग्रह
Latest NewsJust now

नेपाललाई लगानी र उत्पादनको केन्द्र बनाउन भारतीय लगानीकर्तालाई अग्रवालको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई व्यापारमा मात्र सीमित नराखी लगानी, उत्पादन र औद्योगिक सहकार्यमा जोड दिनुपर्ने बताएका छन् । भारतको नयाँदिल्लीस्थित होटल ताजमा भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गरेको ‘इन्डिया–नेपाल बिजनेस फोरम’ कार्यक्रममा बोल्दै उनले दुवै देशले एकअर्कालाई बजारका रूपमा मात्र नभई लगानी, प्रविधि, उत्पादन […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement