Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

विदेशी ‘कन्टेन्ट क्रिएटर’ बोलाएर पोखराको प्रचार

Share:WhatsAppFacebookX (Twitter)Telegram
विदेशी ‘कन्टेन्ट क्रिएटर’ बोलाएर पोखराको प्रचार
Photo / Coverage: नेपालन्युज

गण्डकी।अन्तर्राष्ट्रियस्तरमा पर्यटकीय सहर पोखरालाई चिनाउन विभिन्न सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता ‘ट्राभल कन्टेन्ट क्रिएटर’ यतिबेला पोखरामा छन्। ‘प्रकृति, संस्कृति र साहस’ मा आधारित यहाँका पर्यटकीय गन्तव्यलाई सामाजिक सञ्जाललगायत डिजिटल माध्यमबाट विश्व पर्यटन बजारमा प्रवर्द्धनका लागि उनीहरु पोखरा आएका हुन्। नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा पोखरा आएका कन्टेन्ट क्रिएटरले यहाँका विभिन्न गन्तव्यमा पुगी भिडियो सामग्री निर्माण गरिरहेको बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले बताए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बङ्गलादेश र श्रीलङ्काका कन्टेन्ट क्रिएटर पोखरा आएको उनको भनाइ छ। “ट्राभल कन्टेन्ट क्रिएटरले पहिलो चरणमा पोखरा, चितवन र बर्दियाको प्रवद्र्धनात्मक भिडियो सामग्री निर्माण गरी टिकटिकलगायत सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्नेछन्”, बोर्डका कार्यकारी सदस्य पोखरेलले भने, “यो अभियान वर्षभरि नै सञ्चालन हुन्छ, अन्य देशका प्रभावशाली कन्टेन्ट क्रियटरलाई पनि नेपालको भ्रमण गराएर विश्वमाझ नेपालको पर्यटन प्रवद्र्धन गर्ने बोर्डको योजना छ।” पोखरा आएका कन्टेन्ट क्रियटल शनिबार साँझदेखि यहाँका प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वका गन्तव्यको स्थलगत भ्रमण गरिरहेको उनले बताए। उनीहरुले फेवाताल, पातले छाँगो (डेभिज फल्स), विश्व शान्ति स्तूपा, पुम्दीकोट, कास्कीकोट, सराङकोट, बेगनास ताललगायतका गन्तव्यस्थलमा पुगी भिडियो सामग्री तयार गर्नेछन्। यहाँको प्राकृतिक सौन्दर्य, मौलिक कला, संस्कृति, साहसिक गतिविधि र स्थानीय जीवन शैलीलाई समेटेर निर्माण गरिएका भिडियो सामग्रीले पोखरा मात्र नभएर सिङ्गो देशकै पर्यटन प्रवर्द्धन हुने बोर्डका कार्यकारी सदस्य पोखरेलले बताए। चर्चित कन्टेन्ट क्रियटरको टिकटकलगायत सामाजिक सञ्जालका माध्यमबाट पोखराको पर्यटनलाई विश्वभर प्रवर्द्धन गर्न सकिने हुँदा बोर्डको अभियान प्रभावकारी हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताए। “धेरै फलओर्स भएका कन्टेन्ट क्रिएटरले टिकटिकबाट पोखराको भिडियो राख्दा त्यो विश्वभरका लाखौं दशर्क माझ पुग्न सक्छ”, उनले भने, “गन्तव्य प्रवर्द्धनका लागि सामाजिक सञ्जालमा राखिने छोटो भिडियो सामग्री पछिल्लो धेरै प्रभावकारी देखिएको छ ।”

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
खेल पर्यटनबाट चिनाइँदै रामारोशन, ५२ बिघाको किनिमिनी मैदानमा क्रिकेटको रौनक
Latest NewsJust now

खेल पर्यटनबाट चिनाइँदै रामारोशन, ५२ बिघाको किनिमिनी मैदानमा क्रिकेटको रौनक

ताल, पाटन र हरियालीले घेरिएको किनिमिनी मैदानमा क्रिकेट हेर्न पुगेका दर्शकले खेलसँगै रामारोशनको अनुपम सौन्दर्य पनि अनुभव गरिरहेका छन्। ...

कान्तिपुर
सरकारले कांग्रेस सभापतिलाई जोडेर १८ करोडको भ्रम फैलाएको सहमहामन्त्री शिवाकोटीको आरोप
Latest NewsJust now

सरकारले कांग्रेस सभापतिलाई जोडेर १८ करोडको भ्रम फैलाएको सहमहामन्त्री शिवाकोटीको आरोप

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले बालेन सरकारले पार्टी सभापति गगनकुमार थापालाई जोडेर १८ करोड रुपैयाँको सेटिङ भएको भ्रम फैलाएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै शिवाकोटीले रोशन खड्कामार्फत फैलाइएको भनिएको सामग्रीको स्रोत र उद्देश्यबारे प्रश्न गरेका हुन् । उनले खड्का यसअघि माओवादी, एमाले हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीमा पुगेको उल्लेख गर्दै उक्त सामग्री उनी आफैँले तयार ...

केन्द्रबिन्दु
टस जितेर सुदूरपश्चिमले चितवनलाई दियो ब्याटिङको निम्तो
Latest NewsJust now

टस जितेर सुदूरपश्चिमले चितवनलाई दियो ब्याटिङको निम्तो

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । टस जितेसँगै सुदूरपश्चिमले चितवनलाई पहिले ब्याटिङको निम्तो दिएको छ । जिम्बाब्वेका स्टार अलराउन्डर सिकन्दर राजाले आज चितवन राइनोजको कप्तानी गर्ने भएका छन् । अघिल्लो खेलमा रवि बोपाराले चितवनको नेतृत्व गरेका थिए । ...

केन्द्रबिन्दु
चितवनसँगको खेलमा सुदूरपश्चिमले टस जितेर बलिङ गर्ने
Latest NewsJust now

चितवनसँगको खेलमा सुदूरपश्चिमले टस जितेर बलिङ गर्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबार हुने दोस्रो खेलमा चितवन राईनोजसँगको खेलका लागि सुदूरपश्चिम रोयल्सले टस जितेर बलिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका टसमा सुदूरका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play