Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

सरकारले कांग्रेस सभापतिलाई जोडेर १८ करोडको भ्रम फैलाएको सहमहामन्त्री शिवाकोटीको आरोप

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारले कांग्रेस सभापतिलाई जोडेर १८ करोडको भ्रम फैलाएको सहमहामन्त्री शिवाकोटीको आरोप
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले बालेन सरकारले पार्टी सभापति गगनकुमार थापालाई जोडेर १८ करोड रुपैयाँको सेटिङ भएको भ्रम फैलाएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै शिवाकोटीले रोशन खड्कामार्फत फैलाइएको भनिएको सामग्रीको स्रोत र उद्देश्यबारे प्रश्न गरेका हुन् । उनले खड्का यसअघि माओवादी, एमाले हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीमा पुगेको उल्लेख गर्दै उक्त सामग्री उनी आफैँले तयार पारेका हुन् वा उनका राजनीतिक नेतृत्वको निर्देशनमा फैलाइएको हो भन्ने प्रश्न उठाएका छन् । कांग्रेस सभापति थापाले प्रतिपक्षीको भूमिका निर्वाह गर्दै सरकारमाथि प्रश्न उठाएपछि सरकार निकटका व्यक्ति तथा सञ्चारमाध्यमबाट भ्रम फैलाइएको शिवाकोटीको दाबी छ । उनले यसलाई ‘फेक कन्टेन्ट’ र प्रोपागान्डाको संज्ञा दिएका छन्। शिवाकोटीले सरकार र सत्तारुढ दल कांग्रेससँग डराएर कांग्रेसलाई कमजोर बनाउन कांग्रेसको आन्तरिक मामिलामा चलखेल गरेको आरोप पनि लगाएका छन्। कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवालाई शुरूमा रेड कर्नर नोटिस जारी गरेको सरकारले कांग्रेसलाई कमजोर बनाउन देउवालाई संरक्षण गर्दै गगनपक्ष विरुद्ध पटक पटक भूमिका खेलेको उनले दाबी गरेका छन् । अदालतमा वा प्रहरीसँग भएको बयान सार्वजनिक नै नभए पनि सार्वजनिक भएको भन्दै हल्ला फैलाउनुले सत्तापक्षको संलग्नता पुष्टि भएको सहमहामन्त्री शिवाकोटीको तर्क छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एकल बहुमतको सरकारलाई सडक र सदनबाट दबाब दिने रणनीतिमा विपक्षी
Latest NewsJust now

एकल बहुमतको सरकारलाई सडक र सदनबाट दबाब दिने रणनीतिमा विपक्षी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको एकल बहुमतको सरकारविरुद्ध विपक्षी दलहरूले सडक र सदन दुवैबाट दबाब सिर्जना गर्ने रणनीति बनाएका छन् । सरकारका कामकारबाही, प्रधानमन्त्रीका अभिव्यक्ति, न्यायालयमा उठेका प्रश्न र... ...

रातोपाटी
निर्वाचन आयोगमा अद्यावधिक भयो गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति
Latest NewsJust now

निर्वाचन आयोगमा अद्यावधिक भयो गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमिति निर्वाचन आयोगमा अद्यावधिक गरिएको छ । सोमबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई नयाँ केन्द्रीय कार्यसमितिको विवरण बुझाएका हुन् । राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार महामन्त्री पौडेलले केन्द्रीय कार्यसमितिको विवरण आयोगमा […] ...

लोकपथ
भूमिहीनलाई पुर्जा वितरणमा ढिलाइ स्वीकार्य छैन : मन्त्री रावल
Latest NewsJust now

भूमिहीनलाई पुर्जा वितरणमा ढिलाइ स्वीकार्य छैन : मन्त्री रावल

झापा। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणलाई तीव्रता दिन निर्देशन दिएकी छन्। जिल्ला प्रशासन कार्यालयमा जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी, जिल्लाका १५ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा भूमि शाखाका कर्मचारीसँगको अन्तरक्रियामा उनले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरणको हालसम्मको प्रगति सन्तोषजनक नरहेको धारणा व्यक्त गरिन्। मन्त्री रावलले ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play