Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

एनपीएल : कर्णालीको अपराजित यात्रामा ब्रेक

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल : कर्णालीको अपराजित यात्रामा ब्रेक
Photo / Coverage: पर्दाफास

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले हराएको छ । लगातार तेस्रो जितको खोजीमा रहेको कर्णालीको यात्रामा काठमाडौंले ब्रेक लगाएको हो । दुई खेलमा काठमाडौंको यो पहिलो जित हो । जितका लागि पाएको १८१ रनको विशाल लक्ष्य काठमाडौंले १९.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्याे। जसमा राशिद खानले ५० र कप्तान करण केसीले ४४ रनको योगदान गरे। कर्णालीका कप्तान सोमपाल कामी र हुसैन तलतले २÷२ विकेट लिए। यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १८० रन बनायो । जसमा अरिफूल स्लामले ४४,हुसैन तलतले ४०,पवन सराफले ३० रनको योगदान गरे । काठमाडौंका कप्तान करण केसीले २ विकेट लिए । आजै हुने दोस्रो खेलमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन् । सुदूरपश्चिम चौथो खेल खेलिरहँदा चितवन तेस्रो खेल खेल्न लागेको हो । दुबै टोली दोस्रो जित निकाल्ने लक्ष्यमा छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जापानका प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता
OthersJust now

जापानका प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइका क्रममा जापानको स्थायी आवासीय अनुमति (पीआर) लिएको विषयमा प्रश्न उठेपछि थापाले राजदूत नियुक्तिको सिफारिसबाट नाम फिर्ता लिने निर्णय गरेका हुन् । स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठेकाले नाम फिर्ता लिन लागेको संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले थापाले बताए । उनले केहीबेरमा औपचारिक निवेदन पठाउने छन् । गत असोज २८ ...

पर्दाफास
चेम्बर अध्यक्ष र पाकिस्तानी राजदूतबीच भेट, व्यापार तथा लगानी सहकार्यमा जोड
OthersJust now

चेम्बर अध्यक्ष र पाकिस्तानी राजदूतबीच भेट, व्यापार तथा लगानी सहकार्यमा जोड

१६ कात्तिक, काठमाडौं । नेपाल र पाकिस्तानबीच लामो समयदेखि कायम कूटनीतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक सहकार्य, व्यापार, लगानी र व्यावसायिक साझेदारीमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानबीच मंगलबार चेम्बर भवनमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको व्यापार तथा लगानी अभिवृद्धि… ...

अनलाइन खबर
एनपीएलको सातौं अर्धशतक राशिदको नाममा
OthersJust now

एनपीएलको सातौं अर्धशतक राशिदको नाममा

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गोर्खाजका राशिद खानले अर्धशतक हिर्काएका छन् । उनले कर्णाली याक्सविरूद्ध ३२ बलमा २ छक्का र ३ चौकाको मद्दतमा पूरा गरेका हुन् । राशिद जारी एनपीएलमा अर्धशतक हिर्काउने सातौं खेलाडी समेत बनेका छन् । यसअघि जनकपुर बोल्ट्सका तृतराज दास अर्धशतक हिर्काउने छैटौं खेलाडी बनेका थिए । तृतले पोखरा एभेन्जर्सविरूद्धको खेलमा ५१ बलमा ५० ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play