Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

तर्साउने धेरै आए, तर्सिने बानी परेन : गगन थापा

Share:WhatsAppFacebookX (Twitter)Telegram
तर्साउने धेरै आए, तर्सिने बानी परेन : गगन थापा
Photo / Coverage: नेपालन्युज

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार साँझ १८:०० बजे सामाजिक सञ्जालमार्फत एउटा सन्देश सार्वजनिक गरेका छन्। थापाले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘अहिले ठीक १८:०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन।’ थापाको यो टिप्पणीलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन्। धेरैले यसलाई हालै चर्चामा रहेको कांग्रेसको आधिकारिकता विवाद र त्यससँग जोडिएको १८ करोड रुपैयाँको डिलको दाबीसँग जोडेर हेरेका छन्। केही अनलाइन सञ्चारमाध्यमले बिचौलिया इनम सापकोटाले कांग्रेसको आधिकारिकताका लागि उक्त रकमको लेनदेन भएको बयान दिएको दाबी गर्दै समाचार सार्वजनिक गरेका थिए। सोही समाचारमा सर्वोच्च अदालतकी न्यायाधीश शारंगा सुवेदीलाई तीन करोड रुपैयाँ दिइएको आरोपसमेत लगाइएको छ। थापाको यो स्टाटस प्रधानमन्त्री वालेन्द्र शाहको हालैको टिप्पणीप्रति लक्षित रहेको पनि चर्चा छ। प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जालमा लेखेका थिए, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ!’ यसअघि सानेपामा बसेको बैठकमा महामन्त्री थापाले सरकारको कार्यशैलीको आलोचना गरेका थिए। उनले कर्मचारीलाई उठाउने र प्रेसलाई धम्क्याउने शैली राज्य सञ्चालनको मान्यताविपरीत भएको टिप्पणी गरेका थिए। थापाको सचिवालयले भने यो स्टाटसको सन्दर्भबारे थप जानकारी दिएको छैन।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सरकारले अब सबै सुकुम्बासीलाई लालपूर्जा दिन्छ, आश्वासन होइन : मन्त्री रावल
Latest NewsJust now

सरकारले अब सबै सुकुम्बासीलाई लालपूर्जा दिन्छ, आश्वासन होइन : मन्त्री रावल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरकारले सुकुम्बासी समस्या समाधान गरी लालपूर्जा वितरण गर्ने तयारी गरिरहेको बताएकी छन्। सोमबार झापाको कनकाई नगरपालिका–सुरुङ्गामा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीसँग भेट गर्दै उनले यसपटक आश्वासन मात्र नभई लालपूर्जा नै वितरण गर्ने प्रतिबद्धता जनाइन्। ‘तपाईंहरूलाई जो आउँछन्, आश्वासन मात्र दिएर जान्छन् भन्ने लागेको हुन सक्छ,’ उनले भनिन्, ‘ढुक्क हुनुहोस्, यो सरकारले ...

नेपालन्युज
मेची करिडोरको बेलासे–सोमबारे सडक खण्डमा यातायात बन्द
Latest NewsJust now

मेची करिडोरको बेलासे–सोमबारे सडक खण्डमा यातायात बन्द

प्रकाश नेपालइलाम, कार्तिक १६ गते । मेची करिडोर सडक अन्तर्गत इलामको बेलासे–सोमबारे–गोदामधारा सडक खण्डमा सडक निर्माण तथा मर्मत सम्भारको कामका लागि केही दिन यातायात बन्द गरिने भएको छ... ...

गोरखापत्र
भारतीय विदेश सचिव विक्रम मिस्री कात्तिक १८ गते नेपाल आउँदै
Latest NewsJust now

भारतीय विदेश सचिव विक्रम मिस्री कात्तिक १८ गते नेपाल आउँदै

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी... ...

रातोपाटी
स्वार्थको द्वन्द्व देखिएपछि जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता
Latest NewsJust now

स्वार्थको द्वन्द्व देखिएपछि जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

मन्त्रिपरिषद्ले संसदीय सुनुवाइका लागि सिफारिस गरेका १३ मध्ये दुई राजदूतलाई अस्वीकृत गरिएको छ भने स्वार्थको द्वन्द्व देखिएपछि जापानका लागि प्रस्तावित राजदूत जिग्यानकुमार थापाले आफूलाई संसदीय सुनुवाइ र नियुक्तिको प्रक्रियाबाट अलग गराएका छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play