नेपाली कांग्रेसभित्रको शक्ति संघर्ष निर्वाचित जनप्रतिनिधिको पदसम्म पुगेको छ । सभापति गगन थापाले देउवा पक्षमा लागेका जनप्रतिनिधिलाई पदबाट राजीनामा दिन वा कारबाहीको सामना गर्न चेतावनी दिएपछि कांग्रेसभित्रको विवाद थप चर्किएको हो । मंगलबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले देउवा पक्षले आयोजना गरिरहेको महाधिवेशनलाई कांग्रेसको महाधिवेशन मान्न नसकिने बताएका थिए । एउटै पार्टीका दुईवटा महाधिवेशन हुन नसक्ने भन्दै उनले देउवा पक्षको गतिविधिलाई अर्को पार्टीको गतिविधिका रूपमा व्याख्या गरेका थिए । ...
के गगनले खोस्न सक्छन् देउवा पक्षका सांसदको पद ?

Read Complete Original Article
Published originally on फरकधार






