ग्लोबल आईएमई बैङ्क लिमिटेडले ‘ग्लोबल आईएमई प्लाटिनम गल्फ २०२६’ प्रतियोगिता आयोजना गर्ने भएको छ। बैङ्कले आगामी मङ्सिर १२ र १३ गते गोकर्ण फरेस्ट रिसोर्टमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो। दुई दिनसम्म चल्ने प्रतियोगितामा खेल प्रेमीहरूले गल्फसँगै प्रकृति र आपसी सद्भावको अनुभव लिन सक्ने बैङ्कले जनाएको छ। प्रतियोगिताका विजेतालाई पुरस्कारको समेत व्यवस्था गरिएको छ। होल इन वान गर्ने खेलाडीलाई आधुनिक स्कोडा एसयूभी प्रदान गरिनेछ। त्यस्तै, अन्य विधाका विजेतालाई चन्द्रागिरि हिल्स र डिसहोमका विशेष प्याकेज पुरस्कार प्रदान गरिने बैङ्कले जनाएको छ। प्रतियोगिता आयोजना गर्न आईएमई रेमिट, डिसहोम, चन्द्रागिरि हिल्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, एमएडब्लू तथा वाराही ग्रुपले सहकार्य गरेका छन्। खेलकुद संस्कृतिको प्रवर्द्धन, आपसी सम्बन्ध विस्तार तथा विभिन्न क्षेत्रका खेल प्रेमी व्यक्तिहरूबिच अर्थपूर्ण सम्बन्ध स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बैङ्कले जनाएको छ। आधुनिक प्रविधिको उच्चतम प्रयोगमार्फत उत्कृष्ट ग्राहक सेवा प्रदान गर्दै आएको ग्लोबल आईएमई बैङ्कले ‘बैङ्क अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैङ्क २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैङ्क नेपाल’ को उपाधि प्राप्त गरेको छ। त्यसै गरी, बैङ्कले युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैङ्क ईएसजी नेपाल २०२४ तथा बेस्ट एम्प्लोयर लगायतका प्रतिष्ठित सम्मानसमेत प्राप्त गरेको छ। मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्न सफल ग्लोबल आईएमई बैङ्क निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। बैङ्कले हाल ३४१ शाखा, ३६६ एटिएम, १३६ शाखारहित बैङ्किङ सेवा केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वटा विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत बैङ्किङ सेवा प्रदान गर्दै आएको छ।
ग्लोबल आईएमई बैङ्कले ‘प्लाटिनम गल्फ २०२६’ आयोजना गर्दै

Read Complete Original Article
Published originally on पर्दाफास






