Friday, November 27, 2026||
MultiKhabarMultiKhabar
पर्दाफास

पर्दाफास

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from पर्दाफास.

NEPAL NEWS FROM पर्दाफास

अस्ट्रेलियामा प्रविधि कम्पनीलाई विश्वव्यापी आम्दानीको ५ प्रतिशतसम्म जरिवाना
Others23h ago

अस्ट्रेलियामा प्रविधि कम्पनीलाई विश्वव्यापी आम्दानीको ५ प्रतिशतसम्म जरिवाना

अस्ट्रेलियाले सामाजिक सञ्जाल तथा ठूला प्रविधि कम्पनीहरूलाई प्रयोगकर्ताको अनलाइन सुरक्षाप्रति थप जिम्मेवार बनाउने उद्देश्यसहित नयाँ कानुन पारित गरेको छ । संसद्बाट पारित ‘डिजिटल ड्युटी अफ केयर’ नामक कानुनले अनलाइन सेवामार्फत हुने हानिकारक गतिविधि नियन्त्रण गर्न प्रविधि कम्पनीहरूलाई बाध्यकारी जिम्मेवारी तोकेको छ । नयाँ कानुनअनुसार प्रयोगकर्ताको सुरक्षामा आवश्यक कदम नचालेका कम्पनीलाई उनीहरूको विश्वव्यापी वार्षिक आम्दानीको पाँच प्रतिशतसम्म जरिवाना गर्न सकिनेछ । जरिवानाको ...

पर्दाफास
अस्ट्रेलियाको राजनीतिमा फेरि उथलपुथल, लिबरल सिनेटर लिआ ब्लिथ वान नेशनमा प्रवेश
Others23h ago

अस्ट्रेलियाको राजनीतिमा फेरि उथलपुथल, लिबरल सिनेटर लिआ ब्लिथ वान नेशनमा प्रवेश

अस्ट्रेलियाको विपक्षी राजनीतिमा नयाँ हलचल पैदा गर्दै दक्षिण अस्ट्रेलियाकी सिनेटर लिआ ब्लिथले लिबरल पार्टी छाडेर पाउलिन ह्यान्सन नेतृत्वको वान नेशन पार्टी रोजेकी छन् । लिबरल पार्टीबाट निर्वाचित ब्लिथले बिहीबार आफ्नो राजनीतिक दल परिवर्तनको घोषणा गरेकी हुन् । उनको यो निर्णयसँगै संघीय संसद्को माथिल्लो सदन सिनेटमा वान नेशनको उपस्थिति थप बलियो बनेको छ । ब्लिथको पार्टी परिवर्तनलाई लिबरल पार्टीका लागि अर्को राजनीतिक चुनौतीका ...

पर्दाफास
एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन
Others1d ago

एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन

बुधबारदेखि १६ दिने लैङगीक हिंसा बिरुद्धको अन्तराष्ट्रिय अभियान सुरु भएको छ । सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका १२ वटै स्थानीयतहमा १६ दिने लैङगीक हिंसा बिरुद्धको अभियान सुरु भएको हो । तर सुनसरी दुहबी नगरपालिका–३ का रमेश यादवले आफ्नै छोरीलाई खोजी गरिदिनका लागि आन्दोलन गर्नुपर्ने अवस्थाको सृजना भएको छ । छोरी दुहबी –९ का अन्दाजी १७ वर्षीय फयाज हुसेनले गत कात्तिक ७ ...

पर्दाफास
बस्ती बगाएको भोटेकोशी : जहाँ घर थिए, अहिले बगर
Others1d ago

बस्ती बगाएको भोटेकोशी : जहाँ घर थिए, अहिले बगर

कुनै समय मानिसहरूको चहलपहल हुने, घर बस्ती र परिवारको बसोबास रहेको रसुवाको भोटेकोशी नदी किनार अहिले बगरमा परिणत भएको छ । बाढीले सबै चिज गुमे त्यहाँका मानिसहरूको वर्षौँको मेहनत, सपना र सम्झनासमेत उजाडिदिएको छ । जहाँ पहिले घरहरू थिए, अहिले ढुङ्गा, बालुवा र गेग्रान मात्रै देखिन्छ । आफ्नो घर आँगन र बस्ती रहेको ठाउँलाई बगरमा परिणत भएको देख्दा स्थानीयवासीहरू भावविह्वल छन् ...

पर्दाफास
लागुऔषधसहित देशका विभिन्न स्थानबाट २६ जना पक्राउ
Others1d ago

लागुऔषधसहित देशका विभिन्न स्थानबाट २६ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागु औषधसहित २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँबाट दश, सुनसरीबाट सात , झापा र बाराबाट छ, इलामबाट एक तनहुँबाट दुई र दाङबाट एक जनालाई पक्राउ गरिएको हो । अभियुक्तहरूबाट खैरो हेरोइन, गाँजा, ट्रामाडोल ट्याब्लेटलगायत प्रतिबन्धित पदार्थ बरामद भएको छ । केही अभियुक्तहरूबाट नगद पनि बरामद भएको जनाइएको छ । ...

पर्दाफास
लामो समयदेखि सम्पर्कविहीन १४ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
Others1d ago

लामो समयदेखि सम्पर्कविहीन १४ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

लामो समयदेखि आफूखुसी गैर हाजिर रहेका १४ जना प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै बाटोको म्याद बाहेक ७ दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोलीसहित सम्बन्धित कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो। खोजतलास गर्दा तथा प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम ११५ ...

पर्दाफास
गाउँगाउँमा क्रिकेटको लहर, खेतबारीमै चम्किँदै ग्रामीण प्रतिभा
Others1d ago

गाउँगाउँमा क्रिकेटको लहर, खेतबारीमै चम्किँदै ग्रामीण प्रतिभा

बझाङका गाउँगाउँमा पछिल्लो समय क्रिकेटको आकर्षण बढ्दै गएको छ । कुनै समय मोबाइल तथा टेलिभिजनका स्क्रिनमा राष्ट्रिय टोलीको खेल हेरेर रमाउने ग्रामीण क्षेत्रका युवा अहिले आफैँ मैदानमा उत्रिएर क्रिकेट खेल्न थालेका छन् । दसैँ, तिहार र छठ पर्वको अवसर पारेर आयोजना हुने सांस्कृतिक तथा खेलकुद कार्यक्रमसँगै गाउँगाउँमा क्रिकेट प्रतियोगिता सञ्चालन हुन थालेपछि स्थानीय खेलाडीमा नयाँ उत्साह थपिएको हो । खेलमैदानको अभाव, सीमित ...

पर्दाफास
२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ९१० जनालाई कारबाही
Others1d ago

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ९१० जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९१० वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १००, सिसिटिभिमार्फत ४४, रातोबत्तीमा ३७ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ८२, हर्न निषेधमा २०, अवस्था ठिक नभएको ४४ र अन्यमा ५४४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले ...

पर्दाफास
नवलपुरमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु ११ जना घाइते
Others1d ago

नवलपुरमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु ११ जना घाइते

नवलपुरको मध्य बिन्दु १० अरुण खोलामा बोलेरो जिप दुर्घटना भएको छ । कावासोती १६ डण्डाबाट दुम्कीबासतर्फ जन्ती लिएर जाँदै गरेको बोलेरो जिप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । प्रहरी चौकी अरुण खोलाका प्रहरी सहायक निरीक्षक भीम बहादुर थापाका अनुसार मृत्यु हुनेमा विनयी त्रिवेणी ४ का ३० वर्षीय चुरेन्द्र चौधरी रहेका छन् । घाइतेहरू मध्य ९ जनाको मध्य विन्दु प्रादेशिक अस्पताल डण्डामा ...

पर्दाफास
आज देशभरको मौसम मुख्यतया सफा रहने, तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने
Others1d ago

आज देशभरको मौसम मुख्यतया सफा रहने, तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल बाँके, दाङलगायत तराईका अधिकांश स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ ...

पर्दाफास
यामाहाको दशैं–तिहार अभियानका विजेता सम्मानित, सरस्वतीले जितिन् १० लाख
Others1d ago

यामाहाको दशैं–तिहार अभियानका विजेता सम्मानित, सरस्वतीले जितिन् १० लाख

यामाहा नेपालले दसैँ–तिहारलाई लक्षित गरी सञ्चालन गरेको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ उपहार योजना सफलतापूर्वक सम्पन्न गरेको छ। योजनामार्फत देशभरका ग्राहकलाई नगद पुरस्कार तथा विभिन्न आकर्षक उपहार जित्ने अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ। योजनाको मुख्य पुरस्कारअन्तर्गत बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख ३० हजार रुपैयाँ नगद जितेकी छन्। उनले बुटवलस्थित यामाहाको आधिकारिक विक्रेता बाइकर्ज बुटवल प्रालिबाट यामाहा रेजेडआर १२५ एफआई ...

पर्दाफास
सिद्धार्थ बैंक र भिसाबीच डिजिटल भुक्तानी सेवा विस्तार गर्न सम्झौता
Others1d ago

सिद्धार्थ बैंक र भिसाबीच डिजिटल भुक्तानी सेवा विस्तार गर्न सम्झौता

सिद्धार्थ बैंक लिमिटेड र विश्वव्यापी डिजिटल भुक्तानी संस्था भिसाबीच कार्ड व्यवसाय विस्तार तथा डिजिटल भुक्तानी सेवालाई सुदृढ बनाउने सम्बन्धमा सम्झौता भएको छ। सम्झौताअनुसार बैंकले आफ्नो भिसा कार्ड पोर्टफोलियो विस्तार गर्नुका साथै ग्राहकलाई उपलब्ध गराउँदै आएको डिजिटल भुक्तानी सेवालाई थप प्रभावकारी बनाउनेछ। यस सहकार्यबाट कार्ड सेवाको पहुँच र भुक्तानी स्वीकार्यताको दायरा बढाउने तथा नयाँ सेवा विकास गर्ने लक्ष्य राखिएको छ। सिद्धार्थ बैंकका प्रमुख ...

पर्दाफास
अन्तःशुल्कको उल्झनले रोकियो ‘मार्फा’ ब्रान्डीको उत्पादन, खेर जाँदै मुस्ताङका स्याउ
Others1d ago

अन्तःशुल्कको उल्झनले रोकियो ‘मार्फा’ ब्रान्डीको उत्पादन, खेर जाँदै मुस्ताङका स्याउ

मुक्तिनाथबाट फर्केर मार्फामा कोसेली स्वरुप मार्फा ब्रान्डको मदिराजन्य पेयपर्दाथ खरिद गर्न चाहेका बैतडीका नरेन्द्र भट्ट (नाम परिवर्तन) यस पटक मार्फा खरिद गर्न पाएनन् । यसअघि उनले मार्फामा रहेको सरकारी स्वामित्वको शीतोष्ण बागवानी विकास केन्द्रबाट मार्फा (मदिराजन्य सामाग्री) खरिद गर्ने गरेका थिए तर यसपटक भने उक्त केन्द्रले रक्सी उत्पादन बन्द गरेका कारण उनको चाहना पूरा हुन सकेन । हिमालपारिको जिल्ला मुस्ताङको मार्फा ...

पर्दाफास
नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याउने प्रस्ताव
Others1d ago

नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याउने प्रस्ताव

नागरिक लगानी कोषको पुँजी वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव गरिएको छ । नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि प्रतिनिधि सभा अर्थ समितिको बैठकमा भएको सैद्धान्तिक छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कोषको पुँजी, लगानीको क्षेत्र र कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव गरिएको जानकारी दिए । अर्थमन्त्री वाग्लेले बदलिँदो आर्थिक परिवेशअनुसार नागरिक लगानी कोषलाई आधुनिक वित्तीय उपकरण तथा नयाँ लगानीका क्षेत्रमा ...

पर्दाफास
हिमताल विस्फोटको जोखिम घटाउन ५० मिलियन डलरको ‘सञ्जीवनी’ परियोजना, चार हिमतालको सतह घटाउने तयारी
Others1d ago

हिमताल विस्फोटको जोखिम घटाउन ५० मिलियन डलरको ‘सञ्जीवनी’ परियोजना, चार हिमतालको सतह घटाउने तयारी

सरकारले हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न ५० मिलियन डलरको ‘सञ्जीवनी’ परियोजना सञ्चालन गर्ने भएको छ । जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रका हिमनदी तिब्र गतिमा पग्लिँदै गएर हिमतालहरू अस्थिर बन्दै गएपछि नेपालले उच्च जोखिममा रहेका चार हिमतालको जोखिम न्युनिकरण गर्न करिव ७ अर्ब रुपैयाँ बराबरको ‘सञ्जीवनी’ परियोजना कार्यान्वयनमा ल्याउन लागेको हो । हिमताल विस्फोटबाट आउने बाढी (ग्लेसियल लेक आउटबस्र्ट फ्लड–ग्लोफ) तथा जलवायु परिवर्तनजन्य ...

पर्दाफास
१२.२६ प्रतिशत विद्युत चुहावट १२.१६ मा झर्‍यो
Others1d ago

१२.२६ प्रतिशत विद्युत चुहावट १२.१६ मा झर्‍यो

सरकारले विद्युत चुहावट नियन्त्रणलाई तीव्रता दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत चुहावट नियन्त्रणमा उल्लेख्य प्रगति हासिल गर्दै लक्ष्य भेटाएको हो । सरकारले यस वर्ष विद्युत चुहावटलाई १२.२० प्रतिशतमा झार्ने लक्ष्य लिएको थियो । लक्ष्य पूरा गर्न ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले नीतिगत र संरचनागत सुधारका लागि पहल लिएका थिए । उनले चुहावट नियन्त्रणका लागि आवश्यक दक्ष प्राविधिक जनशक्तिको परिचालनदेखि ...

पर्दाफास
घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने
Others1d ago

घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने

पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न थप तीन दिन लाग्ने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार अप्ठेरो भूगोल भएकाकारण काम गर्न कठिन भएकाले समय बढी लागेको हो । गत शनिबार दिउँसोदेखि दैनिक पाँच घण्टा सवारी रोकेर जोखिमपूर्ण भाग झार्ने काम भइरहेको छ । उनले भने “थप समस्या आएन भने अबको ...

पर्दाफास
पूर्वमन्त्री सञ्जय साहको मुद्दा छिनोफानो गर्न समर्थकको माग, प्रशासनमा बुझाए ज्ञापनपत्र
Others1d ago

पूर्वमन्त्री सञ्जय साहको मुद्दा छिनोफानो गर्न समर्थकको माग, प्रशासनमा बुझाए ज्ञापनपत्र

पूर्वमन्त्री संजय साहको मुद्दा लामो समयदेखि टुंगो लाग्न नसकेको भन्दै उनका समर्थकहरूले शिघ्र न्यायिक निरूपणको माग गरेका छन् । समर्थकहरूले बुधवार जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाउँदै साहको मुद्दा तत्काल छिनोफानो गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । नेपालमा मुद्दाको तीन वर्षभित्र अन्तिम टुंगो लगाउने व्यवस्था रहे पनि साहले १३ वर्षभन्दा बढी समय कारागारमा बिताउँदासमेत मुद्दाको अन्तिम फैसला हुन नसकेको उनीहरूको ...

पर्दाफास
दानबहादुर कार्कीलाई आईजीपीमा फर्काउन सर्वोच्चले मानेन, मनोज केसीलाई काम गर्ने बाटो खुला
Others1d ago

दानबहादुर कार्कीलाई आईजीपीमा फर्काउन सर्वोच्चले मानेन, मनोज केसीलाई काम गर्ने बाटो खुला

सर्वोच्च अदालतले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई तत्काल पदमा पुनर्बहाली गर्न अस्वीकार गरेको छ। बुधबार दुवै पक्षसँग अन्तरिम आदेशबारे छलफल गरेपछि न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो। अदालतले आईजीपीमा मनोजकुमार केसीलाई नियुक्त गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश नदिएपछि मुद्दाको अन्तिम फैसला नआएसम्म केसीले नै प्रहरी संगठनको नेतृत्व ...

पर्दाफास
मणिपाल शिक्षण अस्पतालमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट
Others1d ago

मणिपाल शिक्षण अस्पतालमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट

मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखरा, फूलबारी स्थित नेपाल मणिपाल शिक्षण अस्पताल बीच स्वास्थ्य सेवा तथा बैंकिङ सुविधामा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्र मा हस्ताक्षर भएको छ । उक्त समझदारी अनुसार नेपाल मणिपाल शिक्षण अस्पतालले मुक्तिनाथ विकास बैंकका कर्मचारी तथा बैंकका एटीएम/डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउनेछ । सम्झौता अनुसार अस्पतालको विभिन्न ...

पर्दाफास
Advertisement