Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

पूर्वमन्त्री सञ्जय साहको मुद्दा छिनोफानो गर्न समर्थकको माग, प्रशासनमा बुझाए ज्ञापनपत्र

Share:WhatsAppFacebookX (Twitter)Telegram
पूर्वमन्त्री सञ्जय साहको मुद्दा छिनोफानो गर्न समर्थकको माग, प्रशासनमा बुझाए ज्ञापनपत्र
Photo / Coverage: पर्दाफास

पूर्वमन्त्री संजय साहको मुद्दा लामो समयदेखि टुंगो लाग्न नसकेको भन्दै उनका समर्थकहरूले शिघ्र न्यायिक निरूपणको माग गरेका छन् । समर्थकहरूले बुधवार जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाउँदै साहको मुद्दा तत्काल छिनोफानो गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । नेपालमा मुद्दाको तीन वर्षभित्र अन्तिम टुंगो लगाउने व्यवस्था रहे पनि साहले १३ वर्षभन्दा बढी समय कारागारमा बिताउँदासमेत मुद्दाको अन्तिम फैसला हुन नसकेको उनीहरूको भनाइ छ । न्यायिक प्रक्रियामा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै समर्थकहरूले यसलाई गम्भीर विषयका रूपमा उठाएका छन् । ज्ञापनपत्र बुझाउने क्रममा समर्थक रामअशिष दासले लामो समयसम्म मुद्दाको किनारा नलाग्नुले आफ्नो नेताको जीवन नै समाप्त पार्ने षड्यन्त्र भइरहेको आशंका जन्माएको बताए । उनले न्यायिक प्रक्रियालाई तिब्रता दिई साहको मुद्दा छिटो टुंग्याउन माग गरे । समर्थकहरूले साहको मुद्दा मात्र नभई अदालतमा वर्षौंदेखि विचाराधीन रहेका अन्य मुद्दाहरूको समेत शिघ्र सुनुवाई र फैसला गर्न माग गरेका छन् । तीन वर्षभित्र मुद्दाको अन्तिम टुंगो लगाउने कानूनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनीहरूको जोड छ । त्यस्तै, खुला इजलासमा हुने सुनुवाइलाई प्रत्यक्ष प्रशारण (लाइभ स्ट्रिमिङ) गर्ने व्यवस्था मिलाउन पनि उनीहरूले माग गरेका छन् । यसबाट न्यायिक प्रक्रियामा पारदर्शिता बढ्नुका साथै नागरिकले अदालतका कामकारबाही प्रत्यक्ष अवलोकन गर्न पाउने उनीहरूको तर्क छ । ज्ञापनपत्रमा फौजदारी मुद्दाको अनुसन्धान तथा न्याय निरूपणका क्रममा फरेन्सिक, नार्को, पोलिग्राफ र ब्रेन म्यापिङजस्ता वैज्ञानिक परीक्षणबाट प्राप्त प्रमाणलाई महत्व दिनुपर्ने मागसमेत गरिएको छ । साथै, झुटा मुद्दा लगाउने व्यक्तिहरूमाथि छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ । समर्थकहरूले न्यायमा हुने ढिलाइ अन्त्य गर्दै पूर्वमन्त्री साहको मुद्दासहित लामो समयदेखि विचाराधीन मुद्दाहरूको निष्पक्ष र शीघ्र निरूपण गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
उखु किसानको बक्यौता रकम अविलम्ब दिलाउन कांग्रेसका माग
OthersJust now

उखु किसानको बक्यौता रकम अविलम्ब दिलाउन कांग्रेसका माग

‘यस सन्दर्भमा उखु किसानहरूले पाउन बाँकी रहेको भुक्तानी अविलम्ब दिलाउन समेत यो बैठक माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । ...

अनलाइन खबर
डलर कमजोर हुँदा सार्वजनिक ऋणमा राहत, तिर्न बाँकी पौने ३० खर्ब
OthersJust now

डलर कमजोर हुँदा सार्वजनिक ऋणमा राहत, तिर्न बाँकी पौने ३० खर्ब

नेपालको अहिलेको सार्वजनिक ऋणको अवस्थालाई विज्ञहरू ‘मुलुक धनी नहुँदै ऋणी’ बनेको अवस्था मान्छन् । यसलाई व्यक्तिको जीवनसँग तुलना गर्दा ऋण तिर्न पुन: ऋण लिनुपर्ने दलदलमा फस्नु हो । अहिले मुलुकको अवस्था यस्तै बनेको छ । ...

अनलाइन खबर
ट्रमा सेन्टरमा बिरामीको चाप बढ्दो, ओपीडीमै एक वर्षमा एक लाख २४ हजारभन्दा बढी
OthersJust now

ट्रमा सेन्टरमा बिरामीको चाप बढ्दो, ओपीडीमै एक वर्षमा एक लाख २४ हजारभन्दा बढी

बिरामीको चापसँगै सेन्टरमा शल्यक्रियाको सङ्ख्या पनि उल्लेख्य छ । वार्षिक करिब आठ हजार शल्यक्रिया हुने गरेको डा. मरासिनीले बताए । ...

अनलाइन खबर
आईजीपी विवाद : यी तीन आधार देखाउँदै सर्वोच्चले दिएन अन्तरिम आदेश
OthersJust now

आईजीपी विवाद : यी तीन आधार देखाउँदै सर्वोच्चले दिएन अन्तरिम आदेश

रिट निवेदनमा निवर्तमान आईजीपी दानबहादुर कार्कीले राज्यको शान्ति सुरक्षा र प्रहरी संगठनको नेतृत्व र नियन्त्रण प्रणाली (चेन अफ कमाण्ड)को नेतृत्व गर्ने आफ्नो भूमिका खोजिएको भन्दै सरकारको निर्णयमाथि प्रश्न उठाएका थिए । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement