यामाहा नेपालले दसैँ–तिहारलाई लक्षित गरी सञ्चालन गरेको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ उपहार योजना सफलतापूर्वक सम्पन्न गरेको छ। योजनामार्फत देशभरका ग्राहकलाई नगद पुरस्कार तथा विभिन्न आकर्षक उपहार जित्ने अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ। योजनाको मुख्य पुरस्कारअन्तर्गत बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख ३० हजार रुपैयाँ नगद जितेकी छन्। उनले बुटवलस्थित यामाहाको आधिकारिक विक्रेता बाइकर्ज बुटवल प्रालिबाट यामाहा रेजेडआर १२५ एफआई स्ट्रिट र्याली हाइब्रिड स्कुटर खरिद गरेपछि उक्त पुरस्कार प्राप्त गरेकी हुन्। त्यस्तै, पोखराका तेजबहादुर थापाले नयाँ यामाहा आर१५ एस मोटरसाइकल जितेका छन्। उनले पोखरास्थित यामाहाको आधिकारिक विक्रेता भिएडब्लू इन्टरप्राइजेज प्रालिबाट यामाहा रेजेडआर १२५ एफआई स्ट्रिट र्याली हाइब्रिड स्कुटर खरिद गरेका थिए। कम्पनीका अनुसार योजनाअन्तर्गत देशभरका हजारौँ ग्राहकले १० हजारदेखि १० लाख रुपैयाँसम्मका नगद पुरस्कार जितेका छन्। यसका साथै साप्ताहिक विजेताहरूलाई एप्पल कम्पनीका विभिन्न आकर्षक विद्युतीय सामग्रीसमेत प्रदान गरिएको थियो। योजनाको अवधिभर १० हजारभन्दा बढी ग्राहकले यस्ता उपहार जित्न सफल भएका छन्। यामाहाले आफ्ना मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई थप मूल्य र खुसी प्रदान गर्ने उद्देश्यले यो योजना सञ्चालन गरेको जनाएको छ। कुल एक लाखभन्दा बढी ग्राहकले नाम दर्ता गराएको यस योजनामा देशभरबाट उत्साहजनक सहभागिता रहेको कम्पनीको भनाइ छ। नेपालभर १०५ भन्दा बढी आधिकारिक विक्रेताको सञ्जाल रहेको यामाहाले आफ्ना मोटरसाइकल तथा स्कुटर देशभरका ग्राहकलाई उपलब्ध गराउँदै आएको छ। कम्पनीले बिक्री, मर्मतसम्भार र आवश्यक पाटपुर्जासम्बन्धी एकीकृत सेवामार्फत ग्राहकलाई सवारीसाधन खरिददेखि बिक्रीपछिको सेवा तथा सक्कली पाटपुर्जासम्मको सुविधा प्रदान गर्दै आएको जनाएको छ। गुणस्तर, नवीनता र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै आएको यामाहाले नेपालको दुईपाङ्ग्रे सवारी बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाउँदै लगेको छ।
यामाहाको दशैं–तिहार अभियानका विजेता सम्मानित, सरस्वतीले जितिन् १० लाख

Read Complete Original Article
Published originally on पर्दाफास






