Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन

Share:WhatsAppFacebookX (Twitter)Telegram
एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन
Photo / Coverage: पर्दाफास

बुधबारदेखि १६ दिने लैङगीक हिंसा बिरुद्धको अन्तराष्ट्रिय अभियान सुरु भएको छ । सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका १२ वटै स्थानीयतहमा १६ दिने लैङगीक हिंसा बिरुद्धको अभियान सुरु भएको हो । तर सुनसरी दुहबी नगरपालिका–३ का रमेश यादवले आफ्नै छोरीलाई खोजी गरिदिनका लागि आन्दोलन गर्नुपर्ने अवस्थाको सृजना भएको छ । छोरी दुहबी –९ का अन्दाजी १७ वर्षीय फयाज हुसेनले गत कात्तिक ७ गते भगाएर लगेको आरोप लगाउदै खोजी गरिदिनका लागि आग्रह गरेको भएपनि सुनवाई नगरेको भन्दै परिवारले इलाका प्रहरी कार्यालय दुहबीमा टाइर बालेर बिरोध प्रदर्शन गरेका छन् । घटनाको भोलिपल्टै अर्थात् कात्तिक ८ गते आरोपितको हुलिया सहित इलाका प्रहरी कार्यालय दुहबीमा किटानी जाहेरी दिएको भएपनि एक महिनादेखि बेपत्ता रहेकी छोरीको खोजी तथा घटनामा संलग्न भनिएका व्यक्ति माथि कारबाहीको माग गर्दै बिरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले प्रहरी कार्यालय अगाडि टायर बालेर विरोध गर्नुका साथै कोशी राजमार्ग समेत केही बेर चक्काजाम गरेका थिए । छोरी बेपत्ता भएको एक महिना भएपनि न्याय नपाएको र आरोपित व्यक्ति पक्राउ नपरेको भन्दै परिवार तथा स्थानीयवासी आक्रोशित हुँदै प्रदर्शनमा उत्रिएका हुन् । यता सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्ले दुबै जना बीच प्रेम सम्बन्ध रहेको र प्रेममा परेर भागेको बताएका छन् । केही दिन अगाडि मात्र एक पटक केटा र केटी दुबैलाई परिवारको जिम्ममा लगाएको भएपनि पुनः भागेको प्रहरी उपरीक्षक मल्लले बताए । केटा र केटीको खोजी कार्य जारी रहेको बताउदै छिट्टै दुबै जनालाई कानुनी दायरामा ल्याउने उनले प्रतिक्रिया दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बस्ती बगाएको भोटेकोशी : जहाँ घर थिए, अहिले बगर
OthersJust now

बस्ती बगाएको भोटेकोशी : जहाँ घर थिए, अहिले बगर

कुनै समय मानिसहरूको चहलपहल हुने, घर बस्ती र परिवारको बसोबास रहेको रसुवाको भोटेकोशी नदी किनार अहिले बगरमा परिणत भएको छ । बाढीले सबै चिज गुमे त्यहाँका मानिसहरूको वर्षौँको मेहनत, सपना र सम्झनासमेत उजाडिदिएको छ । जहाँ पहिले घरहरू थिए, अहिले ढुङ्गा, बालुवा र गेग्रान मात्रै देखिन्छ । आफ्नो घर आँगन र बस्ती रहेको ठाउँलाई बगरमा परिणत भएको देख्दा स्थानीयवासीहरू भावविह्वल छन् ...

पर्दाफास
नारच्याङमा हावाहुरीको वितण्डा
OthersJust now

नारच्याङमा हावाहुरीको वितण्डा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा मङ्गलबार चलेको भीषण हावाहुरीले घर, विद्यालय, जलविद्युत् आयोजना र पर्यटकका अस्थायी आवासमा ठूलो क्षति पुर्याएको छ । हावाहुरीले नारच्याङस्थित १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको सुरक्षा बेसक्याम्पका संरचना भत्काउनाका साथै स्थानीयवासीका घर र विद्यालयका छाना उडाएको छ । अन्नपूर्ण आधार शिविर क्षेत्रमा पर्यटकको बसोबासका लागि राखिएका टेन्ट उडाएको […] ...

मकालु खबर
लागुऔषधसहित देशका विभिन्न स्थानबाट २६ जना पक्राउ
OthersJust now

लागुऔषधसहित देशका विभिन्न स्थानबाट २६ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागु औषधसहित २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँबाट दश, सुनसरीबाट सात , झापा र बाराबाट छ, इलामबाट एक तनहुँबाट दुई र दाङबाट एक जनालाई पक्राउ गरिएको हो । अभियुक्तहरूबाट खैरो हेरोइन, गाँजा, ट्रामाडोल ट्याब्लेटलगायत प्रतिबन्धित पदार्थ बरामद भएको छ । केही अभियुक्तहरूबाट नगद पनि बरामद भएको जनाइएको छ । ...

पर्दाफास
मेचीनगरलाई सडकआश्रित मानवमुक्त घोषणा गर्ने
OthersJust now

मेचीनगरलाई सडकआश्रित मानवमुक्त घोषणा गर्ने

झापा । मेचीनगर नगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगरपालिका घोषणा गरिने भएको छ । मानवसेवा आश्रम र नगरपालिकाको संयुक्त पहलमा यही मङ्सिर १५ गते घोषणाका लागि आवश्यक तयारी भइरहेको मानवसेवा आश्रम झापा जिल्ला संयोजक खगेन्द्र विश्वकर्माले जानकारी दिए । हालसम्म मेचीनगर नगरपालिकाभित्रबाट १०६ जना सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार गरिएको उनले जानकारी दिए । नगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त […] ...

मकालु खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement