Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

अमेरिकी बजारमा प्रविधि कम्पनीको सेयरमा गिरावट बढ्दो

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकी बजारमा प्रविधि कम्पनीको सेयरमा गिरावट बढ्दो
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । यान्त्रिक बौद्धिकता (एआई)सँग सम्बन्धित ठूला प्रविधि कम्पनीहरूको सेयर मूल्यमा बुधबार पनि गिरावट आएको छ । सुरुवाती कारोबारमा एनभिडिया र एन्थ्रोपिकको सेयरमा तीव्र गिरावट आएको हो । अमेरिकी सेयर बजारका तीनवटै प्रमुख सूचकांक ओरालो लाग्दा प्रविधि क्षेत्रको बाहुल्यता रहेको नास्डाक झण्डै चार प्रतिशतले घटेको बीबीसीले उल्लेख गरेको छ । लगानीकर्ताहरू एआईको दिगोपनबारे सशंकित सेयर बजारमा गिरावट आएको विश्लेषण भइरहेको छ । अमेजन, टेस्ला, स्पेसएक्स, माइक्रोसफ्ट, मेटा लगायतका अन्य प्रविधि कम्पनीहरूको सेयर मूल्य पनि घटेको छ ।ठूला प्रविधि कम्पनीहरूको बजार भाउले अमेरिकी अर्थतन्त्रलाई आर्थिक धक्काबाट जोगाउँदै आएको थियो । पछिल्लो साता एआई तथा प्रविधि कम्पनीहरूको मूल्य घट्ने क्रम जारी छ । एनभिडियाका प्रमुख जेन्सेन हुआङको विवाहेत्तर सम्बन्धको खुला र राजीनामापछि उक्त कम्पनीले धेरै गुमाएको थियो । त्यसले अमेरिकी पुँजीबजारमा एआई कम्पनीका सेयरमा सिर्जना गरेको अस्थिरताको असर व्यापक छ । लगानीकर्ताहरू हाल त्रसित रहेको विश्लेषण पनि भइरहेको छ । अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले हासिल गरेको सफलताबाट लगानीकर्ताहरू त्रसित बन्दा प्रविधि कम्पनीमा असर पुगेको बताइएको छ । एआई र प्रविधिमा डेमोक्र्याटको कडा नियमन र डेटा सेन्टर निर्माणमा रोक लगाउने नीतिका कारण लगानीकर्ता अन्योलमा रहेको क्रसचेक म्यानेजमेन्टका प्रमुख लगानी अधिकृत टड सोएनबर्ग बताउँछन् । ”एआई कम्पनीले गरिरहेको खर्च सार्थक छ भन्ने भन्ने प्रमाणित गर्नुपर्ने चुनौती थपिएको छ । वालस्ट्रिट अहिले अन्योलमा छ,” उनले भनेका छन् । लगानी बैंक गोल्डम्यान स्याक्सले भने सन् २०२६ मा एआईमा १० खर्ब डलर लगानी नाघ्ने अनुमान गरेको छ । बैंकले आगामी वर्ष पनि व्यावसायिक लगानी वृद्धिको मुख्य सूचीमा प्रविधि कम्पनी रहने उल्लेख गरेको छ। हुआङको पुनरागमनपछि एनभिडियाको सेयर मूल्य ८ प्रतिशतले घटेको छ। एन्थ्रोपिकको सेयर गत हप्ता बजारमा प्रवेश गर्दाको ८३ डलरभन्दा तलै कारोबार भइरहेको छ भने अमेजनको सेयर पाँच प्रतिशतभन्दा बढीले घटेको छ। बिहीबार ‘थ्याङ्क्सगिभिङ’ पर्वका कारण अमेरिकी सेयर बजार बन्द हुनुअघि र शुक्रबार छोटो अवधिका लागि मात्र खुल्नुअघि बजारमा यस्तो गिरावट देखिएको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गुगलविरुद्ध मलेसियाको मुद्दा : जुवा र अनलाइन ठगी हटाउन पर्याप्त प्रयास नगरेको आरोप
Latest NewsJust now

गुगलविरुद्ध मलेसियाको मुद्दा : जुवा र अनलाइन ठगी हटाउन पर्याप्त प्रयास नगरेको आरोप

काठमाडौं । युट्युबमा जुवा, ठगी तथा मानहानिकारक सामग्री हटाउन असफल भएको आरोपमा मलेसियाले गुगलविरुद्ध १४ करोड ६० लाख अमेरिकी डलरको मुद्दा दायर गरेको छ । मलेसियाली सञ्चार तथा मल्टिमिडिया आयोगले बुधबार गुगलले कानूनी दायित्व र इजाजतपत्रका सर्त पालना नगरेको भन्दै दुई छुट्टाछुट्टै मुद्दा अघि बढाएको जनाएको छ । आयोगका अनुसार पहिलो मुद्दा जुवा, अनलाइन ठगी र धोखाधडीसहित हजारौँ हानिकारक सामग्री हटाउन युट्युबले ...

केन्द्रबिन्दु
हिरोइन बन्न काठमाडौँ छिरेकी रोजी ४० कटेपछि बनिन् ‘क्लासिक मिसेस एसिया’
Latest NewsJust now

हिरोइन बन्न काठमाडौँ छिरेकी रोजी ४० कटेपछि बनिन् ‘क्लासिक मिसेस एसिया’

विवाह गरेपछि धेरै नेपाली महिलाहरू घरायसी जिम्मेवारी र सामाजिक बन्धनभित्र आफ्ना रहर थन्क्याउन बाध्य हुन्छन् । त्यसमाथि उमेरको चार दशक पार गरिसकेपछि त उनीहरू घरपरिवारभन्दा बाहिरको कुरा सोच्नै सक्दैनन् ।... ...

रातोपाटी
पाल्पाका उद्यमी सम्मानित
Latest NewsJust now

पाल्पाका उद्यमी सम्मानित

पाल्पा। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका पाल्पाका दुई उद्यमी सम्मानित भएका छन् । १२औँ उद्योग दिवसका अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले जिल्लाका सफल उद्यमीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो । जिल्लामा उद्यमशीलता, उत्पादन र रोजगारी सिर्जनामा योगदान पुर्याएका तानसेन नगरपालिका–४ का पौड्याल ढाका उद्योगका सञ्चालक मनोजराज शर्मा पौड्याल र रामपुर नगरपालिका–६ ...

नेपालन्युज
दशौं राष्ट्रिय खेलकुद: बिहिबार ८ विधामा प्रतिस्पर्धा
Latest NewsJust now

दशौं राष्ट्रिय खेलकुद: बिहिबार ८ विधामा प्रतिस्पर्धा

सुर्खेत । १० ओैँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तेस्रो दिन आज (बिहीबार) विभिन्न आठ वटा खेल विधामा प्रतिस्पर्धा हुँदै छन् । मंगलबारदेखि सुरु भएको प्रतियोगिताको आजको खेल तालिकाअनुसार सुर्खेत, नेपालगञ्ज र बर्दियामा खेलहरू सञ्चालन हुनेछन् । सार्वजनिक खेल तालिका अनुसार आज सुर्खेतका विभिन्न मैदान तथा कभर्ड हलमा ६ वटा खेल विधामा प्रतिस्पर्धा तय भएका छन् । बाँकेको नेपालगञ्जमा पौडी र बर्दियामा टेनिसको ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement