Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

दशौं राष्ट्रिय खेलकुद: बिहिबार ८ विधामा प्रतिस्पर्धा

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशौं राष्ट्रिय खेलकुद: बिहिबार ८ विधामा प्रतिस्पर्धा
Photo / Coverage: नेपालन्युज

सुर्खेत । १० ओैँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तेस्रो दिन आज (बिहीबार) विभिन्न आठ वटा खेल विधामा प्रतिस्पर्धा हुँदै छन् । मंगलबारदेखि सुरु भएको प्रतियोगिताको आजको खेल तालिकाअनुसार सुर्खेत, नेपालगञ्ज र बर्दियामा खेलहरू सञ्चालन हुनेछन् । सार्वजनिक खेल तालिका अनुसार आज सुर्खेतका विभिन्न मैदान तथा कभर्ड हलमा ६ वटा खेल विधामा प्रतिस्पर्धा तय भएका छन् । बाँकेको नेपालगञ्जमा पौडी र बर्दियामा टेनिसको खेल हुनेछ । महिला क्रिकेटतर्फ वीरेन्द्रनगर रंगशालामा पहिलाे खेल बिहान ९ बजे र दाेस्राे दिउँसो १:३० बजे हुनेछन् । कालुन्चोक मैदानमा बिहान ९ बजेदेखि पुरुष क्रिकेट सुरु हुँदैछ । पुरुष फुटबल वीरेन्द्रनगरस्थित मुख्य रंगशालामा पहिलाे खेल बिहान ९ बजेदेखि र दाेस्राे दिउँसो २:३० बजेदेखि हुनेछन् । महिला बास्केटबल कर्णाली रंगशाला भित्रको कोर्टमा बिहान ९ बजे सञ्चालन हुनेछ । बाँकेको नेपालगञ्जमा बिहान ९ बजेदेखि पौडीतर्फका खेलहरू सुरु हुनेछन् । बर्दियामा आज टेनिसतर्फका प्रतिस्पर्धाहरू हुनेछन् । सुर्खेतस्थित मुख्य कभर्डहलमा मध्यान्ह १२ बजेदेखि बक्सिङका खेलहरू सुरु हुनेछन् भने सुर्खेतको मिनी कभर्डहलमा आज जिम्न्यास्टिकतर्फका प्रतिस्पर्धा हुँदैछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गौतमबुद्ध विमानस्थलका लागि हवाई मार्गमा नयाँ सहमति
Latest NewsJust now

गौतमबुद्ध विमानस्थलका लागि हवाई मार्गमा नयाँ सहमति

काठमाडौं। नेपाल र भारतबीच काठमाडौं-भैरहवा-लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमति भएको छ। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको यस सहमतिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तारमा देखिएका अवरोध हटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। हालसम्म बी-३४५ हवाई मार्ग एकतर्फी मात्र सञ्चालनमा थियो, जसले गर्दा भैरहवामा उडान र अवतरणमा व्यावहारिक कठिनाइ हुँदै आएको थियो। सरोकारवालाहरूले यस सहमतिलाई लुम्बिनी क्षेत्रको आर्थिक विकासका लागि ...

नेपालन्युज
एकपक्षीय रूपमा उखुको मूल्य निर्धारण गर्ने तयारीमा सरकार, किसानले दिए आन्दोलनको चेतावनी
Latest NewsJust now

एकपक्षीय रूपमा उखुको मूल्य निर्धारण गर्ने तयारीमा सरकार, किसानले दिए आन्दोलनको चेतावनी

सरकारले चालु सिजनका लागि एक पक्षीय रूपमा उखुको न्यूनतम खरिद मूल्य निर्धारण गर्ने तयारी अघि बढाएपछि किसानले आन्दोलनको चेतावनी दिएका छन्।  उखु उत्पादक महासंघका अध्यक्ष श्यामबाबु यादवले किसानको सहमतिबिनै सरकारले उखुको मूल्य निर्धारण गरे आन्दोलनमा जाने बताए।  ‘यस सिजनको लागि उखुको मूल्य निर्धारण गर्न हामी दुई–तीनपटक कृषि मन्त्रालयमा वार्तामा... ...

नेपालखबर
नारायणगढ-हेटौँडा सडक स्तरोन्नतिमा ५१ कम्पनीको चासो
Latest NewsJust now

नारायणगढ-हेटौँडा सडक स्तरोन्नतिमा ५१ कम्पनीको चासो

काठमाडौं। पूर्व-पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ: हेटौँडा सडक खण्ड विस्तारका लागि ५१ निर्माण कम्पनीले आवेदन दिएका छन्। ७० किलोमिटर लामो उक्त सडकलाई तीन प्याकेजमा विभाजन गरी स्तरोन्नति गर्न ठेक्का आह्वान गरिएको थियो। सडक विभाग आयोजना निर्देशनालय (एडीबी) का अनुसार आवेदन दिनेमा अधिकांश चिनियाँ र भारतीय कम्पनी छन्, जसमध्ये केहीले नेपाली निर्माण व्यवसायीसँग संयुक्त उपक्रम (जेभी) मा प्रस्ताव पेस गरेका छन्। आयोजना निर्देशक चुडाराज ...

नेपालन्युज
पारिश्रमिक विवाद चर्किएपछि भर्जिन अस्ट्रेलियाका कर्मचारी हडतालमा, चार प्रमुख विमानस्थलमा उडान प्रभावित हुने चेतावनी
Latest NewsJust now

पारिश्रमिक विवाद चर्किएपछि भर्जिन अस्ट्रेलियाका कर्मचारी हडतालमा, चार प्रमुख विमानस्थलमा उडान प्रभावित हुने चेतावनी

• अस्ट्रेलियाको भर्जिन अस्ट्रेलियाका कर्मचारीहरूले पारिश्रमिक र कामका सर्तहरूमा विवादका कारण हडतालमा उत्रिएका छन्, जसले प्रमुख विमानस्थलहरूमा उडान रद्द र ढिलाइको सम्भावना बढाएको छ। • कर्मचारीहरूले उचित पारिश्रमिक, स्पष्ट कामको समय र अतिरिक्त कामको उचित भुक्तानीको माग गर्दै हडताल गरेका हुन्। • भर्जिन अस्ट्रेलियाले हडतालका कारण उडान सेवामा असर नपर्ने अपेक्षा गर्दै कर्मचारीलाई पारिश्रमिक वृद्धि र अन्य सुविधाहरूको प्रस्ताव गरेको ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement